Butwal Today

मौलाकालिका केवलकारका मजदुरको चार तलाबाट खसेर मृत्यु

१८ श्रावण २०८१, शुक्रबार
अ+
अ-

नवलपुर, १८ साउन ।

पूर्वी नवलपरासीको मौलाकालिका केवलकर प्रालि टप स्टेसनमा रहेको निर्माणाधीन भवनको चौथो तलाबाट भुइँमा खसेर एक मजदुरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बारा जिल्ला २० जितपुर उपमहानगरपालिका बस्ने २२ वर्षीय युवक गोरख राउत कुगारमी पटेलको गए राति मृत्यु भएको हो ।

घटनाको अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।