ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

विश्व स्तनपान सप्ताहः स्तनपान बच्चाका लागि बरदान

१८ श्रावण २०८१, शुक्रबार
१८ श्रावण २०८१, शुक्रबार

विश्व स्तनपान सप्ताह सन् १९९२ बाट मनाउन सुरु गरिएको हो । हरेक बर्षको अगस्त (१ देखि ७ अगस्त २०२४) अर्थात साउन १७ देखि २३ साउनसम्म यो दिवस मनाउने गरिएको छ । बिभिन्न तथ्यांक अनुसार विश्व स्तनपान सप्ताह अहिले आएर १२० भन्दा बढी देशहरूले आयोजना गर्ने गरेको पाईन्छ । विश्व स्तनपान संगठन, युनिसेफ लगायतका संस्थाहरू र अन्य सम्बन्धित संस्था र अभियानहरूको प्रत्यक्ष संलग्नतामा हरेक बर्ष अगस्त १ देखि ७ गतेसम्म बिश्व स्तनपान सप्ताह विश्वभरी भब्यताका साथ मनाउने चलन चलिआएको छ । हुन त आफ्नो बच्चालाई स्तनपान गराउनु सबैलाई जानकारी भएकै कुरा हो । तर, यस बारेमा अलि विस्तृत रूपमा जानकारी पाउन आवश्यक छ । प्रारम्भिक स्तनपान अर्थात बच्चा जन्मिएको एक घन्टा भित्र वा यसमा पनि जतिसक्दो चाँडो स्तनपान गराउने, पूर्ण स्तनपान गराउने अर्थात ६ महिनासम्म नवजात शिशुलाई आमाको दूधमात्र खुवाउने र बच्चा जन्मेको कम्तिमा दुई बर्षसम्म अन्य खानेकुराको सँगसंगै आमाको दूधपनि पर्याप्तमात्रामा खुवाउने कुरामा सबै आमाहरूलाई अनिबार्य जानकारी हुनु आवश्यक छ ।
स्तनपानमा निम्न कुरा जानकारी हुनुपर्दछः
– शिशु जन्मिएपछि जतिसक्दो चाँडो (१ घन्टाभित्र) आमाको बिगौती दूध खुवाऔं ।
– शिशुलाई जन्मेदेखि ६ महिना पूरा नभएसम्म आमाको दूधमात्र खुवाऔं ।
– बालबालिकालाई ६ महिना पूरा भएपछि पुरक खानाका साथै कम्तिमा दुईबर्षको उमेरसम्म निरन्तर स्तनपान गराऔं ।
– आमाको दूध शिशुको लागि सर्बोत्तम आहार हो । यसले शिशुको रोगसंग लड्न सक्ने क्षमता बढाउँछ ।
– स्तनपानले महिलाहरूमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिमलाई कम गर्दछ । साथै मानसिक समस्यालाई समेत कम गर्दछ ।
– चिकित्सकको सल्लाह बिना शिशुलाई आमाको दूध बाहेक अन्य कुनै किसिमको दूध नखुवाऔं ।

स्तनपान सम्बन्धि उचित परामर्श तथा थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सम्पर्क गरी थाहा पाउन सकिने छ । बच्चालाई पूर्ण स्तनपान गराउनको लागि प्राकृतिकरूपले आमाको महत्वपूर्ण भूमिका भएतापनि यसमा परिवारका हरेक सदस्यको जिम्मेवारी पनि त्यत्तिकै महत्वपूर्ण रहन्छ । हरेक परिवारका अन्य सदस्यहरूले स्तनपान जस्तो महत्वपूर्ण कार्यमा आमालाई सहयोग नगरेमा कुनैपनि हालतमा उसको बच्चाले पूर्ण स्तनपान गर्न सक्दैन् । स्वास्थ्यका बिभिन्न निकायहरूले साथसाथै स्वास्थ्यको क्षेत्रमा काम गर्ने हरेक सरोकारवालाहरूले आ– आफ्नो क्षेत्रबाट काम गर्दै जाँदा र बिभिन्न सञ्चारका माध्यमहरूले सूचना र सन्देश फैलाउदै जाँदापनि नेपालमा अझैपनि शिशु जन्मेको एकघन्टा भित्र दूध चुसाउने आमाको संख्या जम्मा ६३ प्रतिशत रहेको छ । त्यस्तै शिशुलाई ६ महिनासम्म आमाको स्तनपान मात्र गराउने आमाको संख्या ६८ प्रतिशत र शिशुलाई दुई बर्ष भित्र निरन्तर स्तनपान गराउने आमाको संख्या बल्ल ९४ प्रतिशत रहेको कुरा बिभिन्न सर्बेक्षणबाट देख्न सकिन्छ । त्यस्तैगरेर पहाडी गाउँहरूमा जन्मेको एक घन्टाभित्र स्तनपान गराउनेको संख्या ६३ प्रतिशत शहरमा ५१ प्रतिशत रहेको तथ्याङ्क पाईन्छ । सुदूर पश्चिम प्रदेशमा ६ महिनासम्म स्तनपान गराउने आमाको संख्या ७४ प्रतिशत छ । त्यस्तै बागमतीमा ४३ प्रतिशत छ भने लुम्बिनी प्रदेशमा जम्मा ३६ प्रतिशत स्तनपान गराउने आमाको संख्या रहेको ल्म्ज्क् द्दण्द्दद्द को रिपोर्टले देखाएको छ । त्यसैले यो प्रतिशतलाई आधार मानेर भन्ने हो भने अझैपनि हाम्रा समुदायहरूमा शिशुलाई जन्मेको एक घन्टाभित्र आमाको कोलोस्ट्मयुक्त बिगौती दूध खुवाउनेप्रतिको गलत धारणालाई चिर्नु आवश्यक छ । आमाको बिगौती दूध बच्चाको लागि रोगसंग लड्न सक्ने क्षमता बढाउने एक प्रकारको पहिलो खोप नै हो भनेर बुझाउनुु निकै आवश्यक छ । शिशुलाई जन्मेको एक घन्टाभित्र जतिसक्दो चाँडो आमाको दूध अनिवार्य खुवाऔं । जन्मेको ६ महिनासम्म आमाको दूध मात्र पूर्णरूपमा खुवाऔं । स्तनपान गराउँदा २४ घन्टामा कम्तिमा १० देखि १२ पटकसम्म गराऔं । एउटा स्तनको स्तनपान गराउँदा कम्तिमा १५ मिनेटको समय अवधिसम्म दूध चुसाऔं । एउटा स्तनको दूध पूरै मात्रामा सकाएर मात्र अर्को स्तनको दूध खुवाउन सुरुवात गरौं । यसो गरेमामात्र बच्चाले दूधबाट प्राप्त गर्नुपर्ने पानीदेखि सम्पूर्ण पोषक तत्व समेत प्राप्त गर्न सक्दछ । जन्मेको कम्तिमा दुई बर्षको उमेरसम्म थप खानाको साथमा पूर्ण स्तनपान गराऔं ।

यसरी शिशुुलाई पूर्ण स्तनपान गराउन घरदेखि अफिसमा कार्यरत रहने आमाहरूलाई सम्पूर्ण सरोकारवालाहरूले आ–आफ्नो स्थानबाट सहयोग गरेमा जागिरे आमाहरूको लागि हरेक कार्यालयमा स्तनपान कक्षको ब्यवस्था गरी दिई समय व्यवस्थापनको साथै स्तनपानको बारेमा नीति निर्माण गर्ने, लगानी गर्ने र कार्यान्वयन गर्नेदेखि सम्पूर्ण सरोकारवालाहरूले आ– आफ्नो जिम्मेवारीलाई सहि तरिकाले पूरा गरेमामात्र विश्व स्तनपान सप्ताह २०८१ को नारा ‘खाडल पुर्न सबैलाई स्तनपान सम्बन्धि सेवाको सहायता’ भन्ने नाराले बल्ल सार्थकता पाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?