ट्रेंडिंग:

>> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण
टापुको संघारमा रामनगर

कटानको त्रासले राम–राम भन्दै गाउँबासी

१८ श्रावण २०८१, शुक्रबार
१८ श्रावण २०८१, शुक्रबार

चन्द्रौटा (कपिलवस्तु), १८ साउन ।
“हामीले गाउँमा जाने बाटो नदीले काटी सकेको छ । जोतभोग गर्दै आएको हजारौँ बिगहा जमिन समेत नदीले बगाएको छ । हामी गाउँबासी असुरक्षित भएका छौँ । कुन दिन गाउँमा नदीको बाढी पसेर गाउँ नै बगाउने हो भन्ने त्रासले राम–राम भन्दै बस्न परेको छ ।”  स्थानीय बब्बु भरले भने ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–३ रामनगर डिहवा गाउँका बासिन्दा नदी कटानको उच्च जोखिममा परेका छन् । वर्षायाममा सुरही नदीमा आएको बाढीले वर्षेनी नदी कटानले उनीहरू जोेखिममा पर्दै गएका छन् । सुरही नदीको बाढीले गाउँमा जाने बाटोसमेत बगाएपछि रामनगर डिहवाबासी त्रसित भएका छन् । नदीमा आएको अत्याधिक बाढीले गाउँमा समेत पस्ने गरेपछि असुरक्षित भएको गाउँका स्थानीय बताउँछन् । १५ घर नदी कटानको उच्च जोखिममा रहेका छन् ।
नदीको मूलधारको पानीले गाउँतर्फ कटान गर्दै बग्न थालेपछि वर्षातको समयमा आवतजावतमा समस्या सिर्जना भएको बताए । तत्कालै नदी किनारमा तटबन्ध निर्माण नभए गाउँमै नदीको बाढी पस्ने उच्च जोखिममा रहेको उनको भनाई छ । यस्तै कबुत्रा केवटले नदीमा बाढी आउँदा जहिल्यै पनि गाउँमा बाढी पसेको भन्दै दुख पोखिन । गाउँ नै जोखिममा परेपछि जीउधनको जोखिम बढेको बताउँदै उनले सबैलाई बाढीको डर, त्रास रहेको बताउँछिन् । जोखिम नियन्त्रण गर्नका लागि सम्बन्धित निकाय र सरोकारवालालाई यस बिषयमा ध्यान पु¥याउन उनले आग्रह समेत गरिन् ।
बर्षातको बेला नदीको बाढीले निरन्तर किनार कटान गर्दै आएको सरेश पासवानले बताए । उनका अनुसार अब गाउँसम्म नदीले कटान हुन करिब एक सय पचास मिटर मात्र बाँकी रहेको छ । बर्षेनी निरन्तर सुरही नदीमा आउने बाढीले १० हजार बिगहा जमिन भन्दा बढी कटान गरिसकेको छ । जसमा स्थानीयले आठ नम्बरी २ हजार बिगहा जति जग्गा जोतभोग गरेका खेतीयोग्य जमिनसमेत कटान भएको छ । नदीले ४ सय मिटरको क्षेत्रमा कटान गर्दै गाउँतिर पस्दै आई रहेको छ ।
यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष हृदय विकास चौधरीले अहिले नदीले बाटो काटेपछि झन् गाउँबासी नै समस्यामा परेको बताए । नदी कटानको जोखिममा परेका गाउँसबासीहरू अति गरिब भएकोले अन्यन्त्र गएर घर बनाउन सक्ने अवस्था समेत नरहेको उनले जनाए । समयमै उनीहरूको सुरक्षाका लागि तत्कालै तटबन्धको आवश्यकता देखिएको वडाध्यक्ष चौधरीले बताए ।

यता गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पालिकाभित्र हुने बाढी, नदी कटानको उच्च जोखिममा रहेको क्षेत्रको अवलोकन गरि प्रदेश, संघ सरकारसँग बजेट माग गरेको बताए । तटबन्ध निर्माणका लागि करोडौको बजेट आवश्यक पर्ने बताउँदै उच्च जोखिममा रहेका क्षेत्रको नियन्त्रणका लागि पालिकाको प्रयास निरन्तर जारी रहेको उनले बताए । पालिकाको सिमित स्रोतले तटबन्ध निर्माणका लागि बजेट नपुग्ने भएकोले पटकपटक प्रदेश र केन्द्र सरकारसँग पहल गर्दै आएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?