ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

बन्ला त आम्दामा मेडिकल कलेज ?

१७ श्रावण २०८१, बिहीबार
१७ श्रावण २०८१, बिहीबार

बुटवल, १७ साउन ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका बुटवल मेडिकल कलेज स्थापना गर्ने भन्दै जग्गा यकिन गरेर डिपीआर समेत बन्ने प्रक्रियामा बर्षौ बितेको छ । सरकारी स्तरबाट मेडिकल कलेज बनाउनको लागि कार्यालय समेत स्थापना गरिएको छ । यद्यपी यसको काम अहिले सम्म मुर्त हुन सकेको छैन ।
यसरी सरकारी निकायको मेडिकल कलेज सपना निरर्थक भैरहेको बेलामा बुटवलमा मेडिकल कलेज बनाउने पहल सुरुवात भएको छ । बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउन तयारी गरेको हो । इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तर्राष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी प्रस्ताव लगिने भएको हो । जसका लागि बुटवलमा रहेको स्थानीय व्यवस्थापन समिति र आम्दा नेपालले निर्णय गरिसकेका छन् । २३ राष्ट्रमा सञ्जाल रहेको आम्दा इन्टरनेशनलको सभाले अनुमोदन गरेपछि बुटवलमा आम्दा इन्टरनेशनल मेडिकल कलेज बन्ने प्रक्रिया शुरु हुनेछ ।

आम्दा बुटवलको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षता र आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरु सुगानामीको उपस्थितिमा बुधबार बसेको बैठकले बुटवलमा आम्दा इन्टरनेशनल मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । जसका लागि स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाइएको छ । जसको सदस्यमा आम्दा इन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी, आम्दा नेपालका अध्यक्ष डाक्टर सुनु दुलाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल र आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा विनोद पराजुली सदस्य सचिव रहेका छन् ।

आम्दा इन्टरनेशनलको सहकार्यमा स्तरोन्नति भइरहेको अस्पताललाई थप व्यवस्थित गर्दै जनशक्ति उत्पादन र उपचारलाई सँगै अगाडि बढाउन मेडिकल कलेजका रूपमा अगाडि बढाउन लागिएको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
उनले आम्दा अस्पताललाई यस क्षेत्रकै सुविधासम्पन्न अस्पताल र स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने कलेजका रूपमा स्थापित गर्ने योजनाअनुसार काम भइरहेको बताए । उनले सोहीअनुसार अस्पताललाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्नका लागि सम्भाव्यता अध्ययन गर्ने र बाँकी प्रक्रियाहरू पूरा गर्दै जाने गरी तयारी भएको बताए ।

उनले कार्यदलले अध्ययन गरी सबै विषयहरू अन्तर्राष्ट्रिय सभामा पेश गर्ने बताए । पाण्डेयले बुटवलका लागि सुनौलो अवसर भएको बताउँदै यस कार्यलाई सम्पन्न गर्न सबै बुटवलबासीलाई सहयोगको अपिल समेत गरेका छन् । आम्दा इन्टरनेशनलका अध्यक्ष डाक्टर सुगेरु सुगानामीले बुटवलमा मेडिकल कलेज स्थापना गर्न पाउनु आम्दाका लागि गौरवको कुरा हुने बताए । उनले चारवटै साझेदार संस्थाहरूको सहकार्यमा आम्दाले बुटवलमा स्वास्थ्य जस्तो पवित्र क्षेत्रमा काम गर्न सकिरहेको स्मरण गर्दै सबैको साथ जरुरी रहेको बताए ।
यस्तै सदस्य संस्था बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले हालसम्म आम्दा अस्पतालको विकासका लागि सहयोग गर्दै आएको बताउदै आम्दा इन्टरनेशनल मेडिकल कलेज निर्माणणका लागि संघको तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । बुधबार नै आम्दा इन्टरनेशनलका अध्यक्ष डाक्टर सुगेरु सुगानामीले आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको सेवाप्रवाहबारे अनुगमन गरेका छन् । आम्दा नेपालका अध्यक्ष डाक्टर सुनु दुलाल, आम्दा जापानका कार्यक्रम निर्देशक अर्चना जोशी र आम्दा नेपालका परियोजना निर्देशक सुरेश रेग्मी सहितको टोलीले अस्पतालको सेवाबारे अनुगमन गरेको हो ।

अनुगमनका क्रममा आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद पराजुलीले अस्पतालको सेवा र अवस्थाबारे जानकारी गराएका थिए । सो क्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पूर्व अध्यक्षहरू जीवन वझा, उज्ज्वल कसजु र अस्पतालका कर्मचारी समेको उपस्थिति रहेको थियो । डा. सुगानामीले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेल्थ असिस्टेन्ट, नर्सिङ्ग र फार्मेसी डिप्लोमा अध्ययनरत विद्यार्थीहरूसँग कुराकानी गर्दै शैक्षिक एवं भौतिक अवस्थाबारे कुराकानी गरी अध्ययनलाई प्रभावकारी रूपमा लिदै राम्रो स्वास्थ्यकर्मी बन्न आग्रह गरे ।

यस्तै आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बुटवल उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख स्वर्गीय सूर्य प्रसाद प्रधानको सम्झनामा आम्दा अस्पताल परिसरको प्रशासकीय भवनलाई सूर्य प्रसाद प्रधान स्मृति प्रशासकीय भवन नामाकरण गर्ने निर्णय गरिएको आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा पराजुलीले जानकारी दिए । १ सय सैयामा रहेको अस्पताललाई गत वर्षको जेठमा ३ सय बेडमा स्तरोन्नतिका लागि आम्दा इन्टरनेशनलसँग समझदारी भइ भवन निर्माण भइरहेका छन् । आम्दा अस्पतालमा गतवर्षदेखि नर्सिङ, एचए र फार्मेसी बिषयमा डिप्लोमा तहको अधययन सुरु भएको छ । २०५३ सालमा बुटवल–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो । ५० शड्ढयाबाट सुरु भएको अस्पतालमा हाल १ सय शड्ढया छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?