ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

पाँच करोड लागतमा पनाहाखोलामा पक्की पुल

१७ श्रावण २०८१, बिहीबार
१७ श्रावण २०८१, बिहीबार

गुल्मी, १७ साउन ।
गुल्मीको पनाहा खोलामा पक्की पुल निर्माण भएपछि त्यस क्षेत्रका नागरिकहरूलाई ठूलो राहत मिलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ४ र इस्मा गाउँपालिका २ को संगम स्थान पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि त्यहाँका मानिसहरूलाई दुइ पालिकाबीच आवतजावत गर्न निकै सहज बनेको छ ।

पनाहा खोला वारपार गर्नका लागि पक्की पुल नहुँदा त्यस क्षेत्रका मानिसहरू वर्षौदेखि खोला तरेर जोखिम पूर्ण यात्रा गर्न विवश थिए । पुल निर्माण भएपछि उक्त जोखिम टरेको छ । सडक डिभिजन कार्यालय पाल्पाको रु. ५ करोड ६ लाख लागतमा उक्त पुल निर्माण सम्पन्न गरिएको हो । ३५ मिटर लम्वाई र ११ मिटर चौडाई रहेको रहेको पुलको महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिले निर्माणको जिम्मा लिएको थियो ।

पुल निर्माण सम्पन्न भएपनि निर्माण व्यवसायीले भने ५३ लाख रूपैंया आफुले भुक्तानी पाउन बाँकी रहेको बताएका छन । सडक डिभिजन कार्यालय पाल्पामा पुलको रकम नआएपछि बिल बनेर पनि कार्यालयले भुक्तानी दिन नसकेको निर्माण व्यावसायी एवं श्रेष्ठ कन्सट्रक्सनका सञ्चालक हरिकुमार श्रेष्ठले बताए ।

रेसुङ्गादेखि इस्माको पालुखा र धुर्कोटको जैसीथोकसम्म आवतजावत गर्नका लागि पुलले दुरी घटाएको छ । पक्की पुल नहुँदा बर्षादको समयमा मानिसहरूलाई सहजै रूपमा आधा घण्टामा पुगिने ठाउँमा डेढ घण्टाकोे यात्रा गर्नु पर्ने बाध्यता रहेको स्थानीय टंकप्रसाद श्रेष्ठले बताए । “अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो बनाएको छ, खोला तर्दा बगाउलाकी भन्ने डर पनि भएन,” उनले भने ।
पक्की पुल निर्माण भएसँगै मानिसहरूलाई मात्र हैन सवारी साधनहरूबाट वारीपारी सामानहरू ढुवानी गर्न पनि सहज बनेको छ । खोलामा सवारी साधन तार्दा पहिले जोखिम मोल्नु पर्ने र कतिपय अबस्थामा सवारी साधननै बगाईदिने गरेको स्थानीयहरू बताउँछन । तर अहिले पुल बनेपछि जोखिम टरेसँगै त्यस क्षेत्रका स्थानीयहरूमा पनि खुसि थपिएको छ । निर्माण शुरु भएको चार वर्षपछि पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको हो । थपिएको म्याद भित्रै पुल निर्माणको काम सम्पन्न गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?