ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

श्रमिक कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्ति सम्पन्न हुन्छ : पूर्णबहादुर सिंह

१६ श्रावण २०८१, बुधबार
१६ श्रावण २०८१, बुधबार

बुटवल ।

श्रमिक कम्युनिष्ट पार्टी नेपालका संयोजक पूर्णबहादुर सिंह “समरजङ्ग“ ले आफ्नो पार्टी पुष्पलालको सच्चा क्रान्तिकारी उत्तराधिकारी रहेको बताएका छन् । पार्टीले बुटवलमा मङ्गलबार आयोजना गरेको नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालका योगदानहरु विषयक विचारगोष्ठीमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै संयोजक समरजङ्गले भने, “पुष्पलालले सामन्तवाद, विस्तारवाद, दलाल पुँजीवाद, साम्राज्यवादलगायत सम्पूर्ण उत्पीडनबाट उत्पीडित श्रमिक सर्वहारा वर्गलाई मुक्त पारेर नेपाललाई जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवाद–साम्यवादमा पुर्याउन पार्टी स्थापना गरी निरन्तर सङ्घर्ष गर्नुभयो । साम्राज्यवादी÷अवसरवादी षड्यन्त्रका कारण आफ्ना नीति÷कार्यक्रमलाई सफल बनाउन सक्नुभएन। श्रमिक कम्युनिस्ट पार्टीले विकसित ’वैज्ञानिक समाजवादी जनक्रान्ति’ को माध्यमबाट क्रान्ति पूरा गर्नेछ ।”

आफूहरूले रहर वा लहडमा नभएर देशको आवश्यकताले पार्टी निर्माण गरेको स्पष्ट पार्दै संयोजक समरजङ्गले यो आवश्यकता र बाध्यताको परिणाम भएको पनि प्रस्ट पारे । यसअघि कैयौँ नेताहरूले आर्थिक, साङ्‌गठनिक स्वार्थहरुका कारण पार्टी विभाजन गराएको र माक्र्सवाद जादै सामन्तवाद लागू गरेकाले आन्दोलनहरू विघटनको शिकार बनेको धारणा राख्दै संयोजक “समरजङ्ग“ले वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशामा गोलबन्द भएर कान्ति सफल पार्न सच्चा मालेमावादी, क्रान्तिकारीहरुलाई आह्वान पनि गरे । “नेकपा (माओवादी) द्वारा २०५१ सालमा प्रस्तावित प्रतिबद्धताबाट हामी विचलित छैनौं, उनले भने, जनतासँग एकताबद्ध हुन्छौ, कम्युनिस्ट वा माओवादी नामधारी कुनै संशोधनवादी, अवसरवादी, संसद्वादी, सुधारवादी पार्टीसँग एकता हुँदैन ।”

साम्राज्यवादले रोकेको नभएर अवसरवादले नेपालको कम्युनिष्ट आन्दोलन विभाजित र असफल भइरहेको निष्कर्ष प्रस्तुत गर्दै “समरजङ्ग” ले नेताहरू बिक्ने र आन्दोलन धराशायी गर्ने रोग निर्मूल पार्दै श्रमिक कम्युनिष्ट पार्टीले क्रान्ति सफल पारेरै छोड्ने दृढता व्यक्त गरे ।

पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका तर्फबाट केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुख अशोक सुवेदीले प्रस्तुत गरेको ’नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालका योगदानहरु विषयक अवधारणापत्रमाथि वरिष्ठ माक्र्सवादी चिन्तक दिल साहनी, साहित्यकार एवम् उपप्राध्यापक ऋषिराम भुसाल, वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेल, नेकपा (माओवादी केन्द्र) का बामदेव क्षेत्री, वामपन्थी विश्लेषक बिनबहादुर कुँवर, नेकपा (एकीकृत समाजवादी) का श्रीराम यादव, प्रेस स्वतन्त्रता सेनानी बालकृष्ण चापागाईलगायत वक्ताले टिप्पणी गरेका थिए । नेकपाका संस्थापक महासचिव पुष्पलालको जन्मशताब्दीका सन्दर्भमा आयोजित विचारगोष्ठीको अध्यक्षता पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य विनोद थापाले गरेका थिए । विचार गोष्ठीमा आयोजक समितिका सदस्य माधव गौतम “विनय“ ले सम्मेलन आयोजक समितिका सदस्य दिग्दर्शनलगायतले पनि आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?