Butwal Today

अपाङ्गता भएकी महिलालाई बलत्कार गरेको आरोपमा एकजना पक्राउ

१६ श्रावण २०८१, बुधबार
अ+
अ-

सल्यान, १६ साउन ।

जन्मजात अपांगता भएकी एक महिलालाइ बलात्कार गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ दिआर गाउँ बस्ने ४९ बर्षिय सुमन घर्तीमगरलाइ सल्यान प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो ।

साउन १३ गते बिहान करिव ११ बजेको समयमा वर्ष ३० की दाँया हात र दाँया खुट्टा जन्मजात रुपमा अपांगता भई राम्रोसंग हिँडडुल गर्न नसक्ने महिलालाई घरमा एक्लै रहेको अवस्थामा बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।

महिलाको अपांगताको गलत फाइदा उठाइ जवरजस्ती करणी गर्ने सुमनलाइ इलाका प्रहरी कार्यालय लुहाम सल्यानका प्रहरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा खटी गएको टोलीले साउन १४ गते नै पक्राउ गरी सल्यान जिल्ला अदालत खलंगाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको सल्यान प्रहरीले जनाएको छ ।