ट्रेंडिंग:

>> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा

श्रमिक कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्ति सम्पन्न हुन्छ : पूर्णबहादुर सिंह

१६ श्रावण २०८१, बुधबार
१६ श्रावण २०८१, बुधबार

बुटवल ।

श्रमिक कम्युनिष्ट पार्टी नेपालका संयोजक पूर्णबहादुर सिंह “समरजङ्ग“ ले आफ्नो पार्टी पुष्पलालको सच्चा क्रान्तिकारी उत्तराधिकारी रहेको बताएका छन् । पार्टीले बुटवलमा मङ्गलबार आयोजना गरेको नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालका योगदानहरु विषयक विचारगोष्ठीमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै संयोजक समरजङ्गले भने, “पुष्पलालले सामन्तवाद, विस्तारवाद, दलाल पुँजीवाद, साम्राज्यवादलगायत सम्पूर्ण उत्पीडनबाट उत्पीडित श्रमिक सर्वहारा वर्गलाई मुक्त पारेर नेपाललाई जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवाद–साम्यवादमा पुर्याउन पार्टी स्थापना गरी निरन्तर सङ्घर्ष गर्नुभयो । साम्राज्यवादी÷अवसरवादी षड्यन्त्रका कारण आफ्ना नीति÷कार्यक्रमलाई सफल बनाउन सक्नुभएन। श्रमिक कम्युनिस्ट पार्टीले विकसित ’वैज्ञानिक समाजवादी जनक्रान्ति’ को माध्यमबाट क्रान्ति पूरा गर्नेछ ।”

आफूहरूले रहर वा लहडमा नभएर देशको आवश्यकताले पार्टी निर्माण गरेको स्पष्ट पार्दै संयोजक समरजङ्गले यो आवश्यकता र बाध्यताको परिणाम भएको पनि प्रस्ट पारे । यसअघि कैयौँ नेताहरूले आर्थिक, साङ्‌गठनिक स्वार्थहरुका कारण पार्टी विभाजन गराएको र माक्र्सवाद जादै सामन्तवाद लागू गरेकाले आन्दोलनहरू विघटनको शिकार बनेको धारणा राख्दै संयोजक “समरजङ्ग“ले वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशामा गोलबन्द भएर कान्ति सफल पार्न सच्चा मालेमावादी, क्रान्तिकारीहरुलाई आह्वान पनि गरे । “नेकपा (माओवादी) द्वारा २०५१ सालमा प्रस्तावित प्रतिबद्धताबाट हामी विचलित छैनौं, उनले भने, जनतासँग एकताबद्ध हुन्छौ, कम्युनिस्ट वा माओवादी नामधारी कुनै संशोधनवादी, अवसरवादी, संसद्वादी, सुधारवादी पार्टीसँग एकता हुँदैन ।”

साम्राज्यवादले रोकेको नभएर अवसरवादले नेपालको कम्युनिष्ट आन्दोलन विभाजित र असफल भइरहेको निष्कर्ष प्रस्तुत गर्दै “समरजङ्ग” ले नेताहरू बिक्ने र आन्दोलन धराशायी गर्ने रोग निर्मूल पार्दै श्रमिक कम्युनिष्ट पार्टीले क्रान्ति सफल पारेरै छोड्ने दृढता व्यक्त गरे ।

पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका तर्फबाट केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुख अशोक सुवेदीले प्रस्तुत गरेको ’नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालका योगदानहरु विषयक अवधारणापत्रमाथि वरिष्ठ माक्र्सवादी चिन्तक दिल साहनी, साहित्यकार एवम् उपप्राध्यापक ऋषिराम भुसाल, वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेल, नेकपा (माओवादी केन्द्र) का बामदेव क्षेत्री, वामपन्थी विश्लेषक बिनबहादुर कुँवर, नेकपा (एकीकृत समाजवादी) का श्रीराम यादव, प्रेस स्वतन्त्रता सेनानी बालकृष्ण चापागाईलगायत वक्ताले टिप्पणी गरेका थिए । नेकपाका संस्थापक महासचिव पुष्पलालको जन्मशताब्दीका सन्दर्भमा आयोजित विचारगोष्ठीको अध्यक्षता पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य विनोद थापाले गरेका थिए । विचार गोष्ठीमा आयोजक समितिका सदस्य माधव गौतम “विनय“ ले सम्मेलन आयोजक समितिका सदस्य दिग्दर्शनलगायतले पनि आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?