ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

किसानलाई तान्दै तरकारी

१५ श्रावण २०८१, मंगलवार
१५ श्रावण २०८१, मंगलवार

सल्यान, १५ साउन ।

सात वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका सल्यान त्रिवेणी गाउँपालिका वडा नं.४ का युवा कृषक भोला प्रसाद बुढाथोकी भन्छन्, ‘वर्षमा ५/७ लाख कमाउन विदेश जान पर्दैन ।’ यो बर्ष उनले साढे ८ रोपनी भन्दा बढी क्षेत्रमा तरकारी खेती गरेका छन् ।

टमाटर, काउली, बन्दागोभी लगायतका तरकारी खेती गर्दै आएका भोला प्रसादको खेतबारीमा हिजोआज लटरम्म टमाटर फलेका छन् । उत्पादीत तरकारीले राम्रो मुल्य पाएमा आम्दानी मनग्ये हुने उनको भनाइ छ ।

परम्परागत रूपमा धान, मकैँ, गहुँ लगायतका बाली लगाउदैँ आएका त्रिवेणीका किसानहरू पछिल्लो समय तरकारी खेतितर्फ आकर्षित भएका छन् । व्यवसायिक तरकारी खेतिबाटै मनग्ये आम्दानी हुन थालेपछि यसतर्फ किसानहरू आकर्षित भएका हुन । आफूहरूले गर्दै आईरहेको तरकारी खेतीबाट आर्थिक उपार्जनमा टेवा पुगिरहेको किसानहरूको भनाइ छ ।

त्रिवेणी ६ सल्लेखोलाका ललित सिंह रावतले पनि तरकारी खेति गर्न लागेको ५ वर्ष भयो । एक सिजनमा ३ देखि ४ लाख रूपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ । तरकारी खेतीले राम्रो खान, लाउन, छोराछोरीलाई पढाउनका साथै बचत समेत हुने गरेको किसान बताउँछन् । परम्परागत खेतीले परिवारका सबै सदस्यलाई साँझ–बिहानको छाक टार्नसमेत समस्या झेल्दै आएका किसानहरूले तरकारी खेति गर्न थालेपछि राम्रो आम्दानी गर्न सफल भएका हुन ।

यस्तै त्रिवेणी ४ कै लिलावती रानाले ३ रोपनी क्षेत्रफलमा टमाटरसँगै बन्दागोभी, सिमि लगायतका तरकारी खेती गरेकी छिन् । गहुँ, धान, मकै खेती भन्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुने गरेको उनको अनुभव छ ।

किसानहरूको कृषि कर्मलाई थप हौसला प्रदान गर्न त्रिवेणी गाउँपालिकाले विभिन्न किसीमका पुरस्कार र अनुदान प्रदान गर्नेगरेको छ । जसले गर्दा व्यवसायिक कृषि पेशा अंगालेका किसानहरूलाई थप हौषला मिलेको देखिन्छ । कृषि सामग्री, बीउविजन सहयोग र विभिन्न बाली लगाउने तरिका, गोडमेल, उत्पादन र बजारीकरणका सम्बन्धमा कृषि प्राविधिक बोलाएर कृषकलाई तालीम दिइरहेको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले जनाए । किसानलाई व्यवसायीक बनाउन र उत्पादीत कृषिजन्य उत्पादन बजारिकरणका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उनको भनाई छ । माटोको उर्वरा शक्तिमा ह्रास आएको कुरालाई मध्येनजर गर्दै जिल्लामै पहिलो माटो परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको त्रिवेणी गाउँपालिकाका कृषि अधिकृत रमेश बुढाथोकीले जानकारी दिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?