ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

कथाकार गोपी मैनालीको ‘विशृङ्खलित सपना’ लोकार्पित

१५ श्रावण २०८१, मंगलवार
१५ श्रावण २०८१, मंगलवार

काठमाडौं ।

कथाकार गोपी मैनालीको कथा संग्रह विशृंखलित सपना लोकार्पित भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले साहित्यकार एवं प्रशासकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा शनिबार विशृंखलित सपना लोकार्पण गरेका हुन्।

प्राज्ञ काइँलाले कथाकारबाट विशृंखलित सपनामा समाजका विषयबस्तुलाई सरल ढंगबाट प्रस्तुत गरेको बताउँदै आउँदा दिनमा अझै गहकिला कथा प्राप्त होस भन्ने शुभकामना दिए। गुरुप्रसाद मैनालीपछि अर्को मैनालीले सोही स्तरको कथा पस्किएकोमा उनले खुसी व्यक्त गरे।

समालोचक प्रा। डा। लेखप्रसाद निरौलाले कृतिमाथि  समीक्षा गर्दै शब्द, संरचना, प्रस्तुति र कथाबस्तुका आधारमा मैलालीका कथा उच्च कोटिको भएको बताए। प्रत्येक कथा मानवीय संवेदना र अनुभूतिको विशिष्ट प्रस्तुति रहेको उनको भनाइ छ। मैनालीको समालोचनाको कृति समीक्षा गरेको प्रसंग उल्लेख गर्दै उनका अभिव्यक्ति परिस्कृत घनत्वतर्फ रहेको उनको बुझाइ छ।

अर्का समीक्षक अनिता कोइरालाले कथा मानवीय संवदना, मनोविज्ञान, सामाजिक परिवेश, माया, बात्सल्यका आधारमा निकै उच्च श्रेणीको भएको विचार व्यक्त गरिन्।

पूर्वमहालेखा परीक्षक टंकमणि शर्माले इमान्दारी र सदाचारका उदाहरणीय पूर्वप्रशासककाट मैनालीबाट यति राम्रा कथा सिर्जना भएकोमा बधाइ दिँदै सबै पूर्वप्रशासकलाई आफूले भोगे(देखेको कुरा लेखेर राष्ट्रसेवा गर्न अनुरोध गरे।

वरिष्ठ कथाकार विजय चालिसेले आफू मैनालीका सबै विधाका सबै रचनाको पाठक भएको बताउँदै उनका प्रस्तुतिमा नवीनता र विशिष्ट अभिव्यक्ति रहने उल्लेख गरे। मैनालीका कथामा पनि उनको निबन्धकीय व्यक्तित्वको छाप रहेको प्रसंग उनले कोट्याए।
प्राज्ञ दिनेशराज पन्तले पनि मैनालीका कथा प्रवृत्तिका विविध कोणबाट प्रकाश पार्दै गुरुप्रसाद मैनालीपछि अर्का जाजल्व कथा प्रतिभा पाएको उल्लेख गरे।

नायक सरोज खानालले राम्रा कथा लेखेर चलचित्र र नाटकको स्तर उकास्न मैनालीजस्तै अरुले पनि योगदन दिनुपर्ने आवश्यकता औंल्याए।

सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वेदमणि घिमिरे, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका तर्फबाट राजेन्द्र केसीले कथाकार मैनालीले समाजमा रहेका पात्रलाई उठाएर आफ्नै समय, समाज र पात्रको अनुभूतिमा कथा लेखेको उल्लेख गरेका थिए।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले आफ्नो परिवारका विषयमा बोल्न असजिलो हुने भए पनि दार्शनिक र साहित्यिक सन्दर्भ उल्लेख गरे। सुरभि साहित्य प्रतिगठानका अध्यक्ष वरिष्ठ आख्यानकार बाजुराम पौडेलले मन्तव्य दिँदै नेपाली निबन्धमा लक्ष्मीप्रसाद देवकोटा र शंकर लामिछानेपछि शीर्ष स्थान लिएका मैनालीले कथा क्षेत्रमा पनि अलग्गै पहिचान दिएको बताए।

कार्यक्रममा संवैधानिक निकायका पूर्वप्रमुखहरू, पूर्वगभर्नरहरू, पूर्वप्रहरी प्रमुखहरू, समाजसेवी, चालीस दशकदेखि साहित्यमा कलम चलाउने पुरानो पुस्ता र नवीन पुस्ताका सर्जक, साहित्यानुरागीलगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?