Butwal Today

पहिरोमा बेपत्ता गोरखा धार्चेका चार जनाको शव भेटियो

१४ श्रावण २०८१, सोमबार
अ+
अ-

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका ५, सिङ्लास्थित रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका चार जनाको शव फेला परेको छ । सोमबार नेपाली सेनासहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा भएको खोजी कार्यमा चार जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ ।

शनिवार राति भीषण पहिरामा पाँच जना बेपत्ता भएका थिए । बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको थियो ।