ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

साउन महिनामा हरियो चुरा र मेहन्दी

१३ श्रावण २०८१, आइतबार
१३ श्रावण २०८१, आइतबार

अहिले साउन महिना चलेको छ । यो महिनामा महिलाहरूले हरियो चुरा र हात खुट्टामा मेंहन्दी लगाउने चलन चलेको छ । हाम्रो देशमा यो चलन चलेको करिब दुई दशक भएको छ । यो महिनामा बिशेषगरी हिन्दु महिलाहरू हरियो चुरा र मेहेन्दीमा सजिने गर्दछन । शिव महादेव पातालबाट पृथ्वीमा सयल गर्न आउने महिना भनेर यो महिनालाई बुझ्ने गरिन्छ । महादेवको प्रिय महिना भनेरपनि साउनमा पुजा गर्न महिलाहरू सजिएर पुजा गर्ने गरेको पाइन्छ । हुन त यो कुनै प्रमाणित बिषय होइन, जे भएपनि आस्था र बिश्वासको आधारमा यो सबै गरिन्छ । सबै कुराको प्रमाण खोज्यो भने नभेटिन पनि सक्छ । धेरै कुराहरू परम्पराका रूपमा चलेको हुँदा पनि साउन महिनालाई हरियो र पहेँला चुरा र मेहेन्दीको महिना भनेर हिन्दु धर्मावलम्बी महिलाहरूले बुझ्ने गर्दछन ।

यो महिनामा मुलुकभरका देवालयहरूमा शिव महादेवको शिव लिड्गमा जल चढाउने गरिन्छ । टाढा टाढा रहेका बिभिन्न तिर्थस्थलका तलाउबाट जल ल्याई शिव लिड्गमा चढाउन धर्मावलम्बीहरूको घुइंँचो हुने गरेको देख्न सकिन्छ । बोलबम बोलबमको चिच्याहटमा भक्तजनहरू नदी किनारमा जल भरिरहेका हुन्छन । निकै रमणिय साउन महिनामा मठ मन्दिरको वरिपरी भक्तजनको भिड लागेको देख्न सकिन्छ । पहँेंला बस्त्रमा सजिएका भक्तजनहरू कतिपय खाली खुट्टानै हिँंडीरहेका हुन्छन । आध्यात्मिक बिचार बोकेका र भगवान प्रति समर्पित उनीहरू यस महिनाको प्रत्येक सोमबार ब्रत बसेर पुजा गरिरहेका हुन्छन । साउन महिनाभर नै माछा मासु तथा लसुन प्याज नखाएर पुजा आजामा लाग्ने कैयौँ भक्तजन छन जसले गर्दा यस महिनामा माछा, मासु तथा अण्डाको बिक्रीमा पनि कमी आउने गरेको ब्यापारीहरू बताउंँछन ।

असार महिना सकिन लाग्दा नै बोलबमको सुरुवात हुन्छ । महिलाहरू मेहेन्दी र हरिया पहेँला चुरामा सजिएका हुन्छन । समय अनुसार ब्यापारीहरू पनि यस महिनामा महिलाहरूले प्रयोग गर्ने सामानहरू बिक्री गर्न तल्लीन हुन्छन । हाम्रो मुलुकमा साउनको शुरुवातदेखि नै चाडवाडले घेर्दै जान्छ । बिषेशगरि साउने सक्रान्तिबाट शुरु भएका पर्वहरू तिहारको भाईटिकासम्म पुग्ने गर्दछन । नाग पञ्चमी पुजा, जनै पुर्णिमा, कृष्ण जन्माष्टमी, हरितालीका तिज, सोह्रसराद हुँदै दशैंँ तिहार आदी लगातार चाडपर्वहरू चलिरहन्छन । यी चाडहरू भनेका हर्ष र मनोरन्जनसँगै घर परिवारमा खर्च बढाउने बाटो पनि हुन । कोरोनाको महामारी पछी मुलुकभर आर्थिक संकट छाएको छ । अझै भनौँ भने यतिखेर नेपाली घर परिवारमा खर्चाभावले अरू गाह्रो भएको अवस्था छ । शहरका भाडा बुझेर खाने घरहरू धेरै खाली छन । जुन घर हे¥यो फल्याट खाली छ वा सटर खाली छ भनि सूचना टांँसेको मात्र देख्न सकिन्छ । मुलुकमा ब्यापार कारोवार ठप्प छ, उद्योग धन्दाहरू लगभग बन्द छन । केही चलेकाहरू पनि खर्च धान्न गाह्रो अवस्थामा छन् । बैंकको ऋण तिर्न नसकेर कारोवारेहरू छट्पटिएका छन । कालोसूचीमा आफ्नो नाम पर्ने हो कि भन्ने डरले कापीरहेका छन । प्रसंग साउनमा लगाउने हरियो चुराको छ । साउन लागे लगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको हुन्छ । रातो, पहेंलो र हरियो चुरा पोते तथा कपडामा सजिएका महिलाको मन्दिर तथा बाटोघाटोमा चहल पहल देखिन्छ । पछिल्ला बर्षमा बालिका र किशोरीमासमेत मेहेन्दी र हरियो चुरा लगाउने क्रेज बढ्दो छ । धेरैले यसलाई फेसनका रूपमा लगाएका छन भने कतिले धार्मिक महत्वको विश्वासमा यसो गरेका छन । साउनमा चुरापोते र कपडासंँगै हातभरि मेहेन्दी लगाउने चलन छ । यस्तो पनि भनाई छ– हत्केलामा जति बढी गाढा मेहेन्दीको रंग राख्यो उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्नेहरू उत्तिकै छन । हरियोलाई प्रेम र वातावरणको अनि रातोलाई सौभाग्यको एवं पहेंलो रंगलाई पवित्रताको प्रतिक मानिन्छ । माथिका बिभिन्न कुराहरूमा बिश्वास गर्ने कारणले साउनमा मेहेन्दी तथा हरियो चुरा पोतेको क्रेज कतिसम्म छ भने घरायसी महिलामात्रै नभएर कार्यालयमा काम गर्नेदेखि डयुटीमा खटिएका महिला प्रहरीले समेत हरियो चुरा पोते लगाउंँदै आएका देखिन्छन । धार्मिक मान्यता अनुसार साउन शिवको आराधना गर्ने महिनाका रूपमा लिइन्छ । पौराणिककालमा पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको धार्मिक बिश्वासको आधारमा महिलाहरूले यसलाई बढी महत्वको रूपमा लिने गरेको पाइन्छ । साउनमा हरियो पहिरिँंदा भगवान शिव खुसी हुने धार्मिक बिश्वास छ । हरियो रंग सौभाग्यको प्रतिक हो । साउन हरियालीको महिना भएकोले प्रकृतिसंँग आफुलाई जोडन र नजिकिन पनि हरियो लगाउने गरिन्छ ।

हाम्रा शास्त्रहरूमा प्रकृतिलाई इश्वरको रूपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफ्नो र पतिको आयु बढ्ने धार्मिक बिश्वास छ । साउनमा विबाहित महिलाले हरियो रंगको चुरा, पोते, सारी वा हरियो रंग धारण गर्दा परिवारमा खुसी बढ्ने तथा श्रीमानको भविष्यमा राम्रो प्रभाव पर्ने मान्यता छ । बुध ग्रहको प्रभाव व्यक्तिको भविष्य र व्यवसायमा रहने गर्दछ । यस रंगलाई शरीरमा धारण गर्दा आफ्नो क्षेत्रमा सफल हुने विश्वास गरिन्छ । हिन्दु मान्यता र ज्योतिष शास्त्रका अनुसार हरियो रंगलाई बुध ग्रहको प्रतिक पनि मानिन्छ । तसर्थ हरियो रंग धारण गर्दा बुध बलियो हुने विश्वास छ । बुध बलियो हुँदा मानिसले सन्तान सुख प्राप्त गर्ने तथा बुद्धि र समृद्धिलाई बढावा दिने मान्यता छ । भगवान शिवलाई प्रसन्न पार्न र शिव कृपा पाउन पनि हरियो रंग धारण गर्ने चलन छ । शिव आफैंमा योगी भएकाले हरियो प्रकृति र यसको रंगले शिवलाई चांँडै प्रसन्न पार्ने विश्वास छ । तसर्थ महिलाहरू साउनमा हरियो मेहेन्दी चुरा पोते र साडी लगाउने गर्दछन ।

हरियो लुगा, हरियै तथा पहेँला चुरा आदी यो सबैको फेसनका रूपमा करिब दुई दशकदेखि चलनमा आएको हो । बास्तवमा भन्दा हाम्रा आमा तथा हजुर आमाहरू करिब सयौंँ बर्ष पहिलेदेखि असारमा रोपाईं गर्दा हिलोले खाएका औंलाका कापहरूमा रुखको हाँंगाबाट मेहेन्दीको पात टिपेर सिलौटोमा पिसेर औषधीका रूपमा प्रयोग गर्थे । कपालमा पनि यस्तै पत्ता पिसेर लगाउने चलन थियो जसले गर्दा घाउका निम्ति औषधीको काम गथ्र्यो । कपालमा लगाउंँदा सितलता प्रदान गर्ने र रौं झर्नबाट रोक्ने हुन्थ्यो । अहिले फेसनका रूपमा केमिकलयुक्त मेहेन्दी प्याकेटमा किनेर हात खुट्टामा लगाउने गरिन्छ । कसैकसैले टाउकोमा पनि लगाउने गर्छन । यसले स्वास्थ्यलाई फाइदा गर्दैन बरु उल्टो असर गर्छ । साउन महिनामा परम्परा धान्न भन्ने कि फेसनका लागि पहिरिने हरियो, पहेंँलो तथा रातो चुरा र हरियै लुगा अनि कसैकसैले पहेंला लुगा पहिरिएर बोलबम बोलबमको आवाजमा शिव मन्दिर धाउने गर्छन । यो सबै नराम्रो नै हो भन्न मिल्दैन । आफ्नो धार्मिक आस्थाका रूपमा आफ्नो अनुकुलले यो सबै गर्दा राम्रै हुन्छ तर हामी आफ्नो काम ब्यबहार छोडेर यता लाग्यौं भने आर्थिक तथा अन्य कुराले गाह्रो पर्न सक्छ । आफ्नो अनुकुल मिलाएर सबै कुरामा बिचार पु¥याई यतातिर आबद्ध हुने गर्दा सबैलाई राम्रो होला । अब आउने सबै पर्वहरूको एकमुष्ठ शुभकामना सहित सबै नेपालीहरूमा सुख, शान्ति र खुसी छाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?