ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो

११ श्रावण २०८१, शुक्रबार
११ श्रावण २०८१, शुक्रबार

गुल्मी, ११ साउन ।
गुल्मीका कृषकहरूलाई यतिबेला खेतमा धान रोपाइँको चटारो छ । साउन महिनाको शुरुवातसँगै पानीका मुहानहरू फुटेपछि किसानहरू धमाधम खेत रोपाइँमा व्यस्त बनेका हुन । जिल्लाका अधिकाँस कृषकहरूले खेतमा रोपेको मकै र चैते धान भित्राएपछि धान रोप्ने गर्दछन ।

साउन महिनाको दोश्रो सातासम्म आईपुग्दा जिल्लामा हालसम्म ८७ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । जिल्लामा ७ हजार ९ सय ८८ हेक्टर क्षेत्रफल मध्य ६ हजार ९ सय ४९ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सम्पन्न भैसकेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताएका छन ।

भण्डारीका अनुसार गत वर्षको तुलनामा यस पटक खेत रोपाइँको प्रतिशत बढे पनि धान उत्पादन हुने क्षेत्रफल भने घटने बताईएको छ । रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण जनशक्तिको अभाव, बढ्दो बसाइँसराइँ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्याला, भनको समयमा काम गर्ने मानिस नपाउनु लगायत समस्या रहेको भण्डारीले बताए ।

गत वर्ष साउनको दोश्रोसातासम्म ७० प्रतिशत क्षेत्रफमा मात्र धान रोपाइँ गरिएको थियो । दिनहुँजसो लगातार रूपमा पानी परेका कारण किसानहरूले यस पटक छोटो अबधिमा धेरै खेत रोप्ने अवशर पाएका हुन । यस पटक जिल्लाको कुल धान उत्पादन हुने क्षेत्रफल मध्य यस वर्ष ९० प्रतिशत खेतमा मात्र धान रोपाइँ हुने कृषि ज्ञान केन्द्रका प्रमुख एवं बरिष्ठ कृषि विकास अधिकृत भण्डारीले जानकारी दिएका छन ।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार गत वर्षको तुलनामा जिल्लामा यस वर्ष समयमा वर्षा शुरु भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त भएका हुन । यस पटक धान रोप्नको लागि आकाशे पानीको भर पर्नु परेन । समयमै पानी परेपछि सिँचाईको समस्या नपरेको कारण किसानहरू पनि चाँडो खेत रोप्न पाएकोमा खुसी छन ।

जिल्लामा बडिगाढ फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदि, खैरेनी, खज्र्याङ्ग, शान्तिपुर, मजुवा लगायतका फाँटहरू धान उत्पादनको लागि मुख्य ठाउँको रूपमा चिनिन्छन । गुल्मीमा करिब पाँच सय हेक्टर क्षेत्रफलमा मात्र चैते धान र अन्य सबै खेतमा बर्खे धान रोप्ने गरिन्छ । गुल्मीमा मकैपछि दोश्रो प्रमुख बालीको रूपमा रहेको धान खेतीबाट गत वर्ष करिब २३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?