ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता

११ श्रावण २०८१, शुक्रबार
११ श्रावण २०८१, शुक्रबार

नवलपरासी, ११ साउन ।
भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप क्षेत्रमा भएको उत्खनन क्षेत्रको उचित ब्यवस्थापन हुन नसकेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार उचित ब्यवस्थापन हुन नसक्दा उत्खनन् भएका तिन वटा ट्रेन्चमा माटो पुरिए पनि अहिले भासिएर खाल्टो बनेको हो ।

पुरातत्व विभागले उत्खनन गरेर पुनः खाल्टो पुरेको थियो, तर ती क्षेत्रको उचित ब्यवस्थान गर्ने कार्य चाहे पुरातत्व विभाग होस, चाहे लुम्बिनी विकास कोष दुबैले त्यसको संरक्षणमा वास्ता गरेका छ्रैनन् । आफूले लुम्बिनी विकासको कारण काम गर्न नपाएको सधै आरोप लगाउँदै गफ ठोक्ने नगरपालिकाको समेत त्यसप्रति ध्यान गएको छैन्,नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने,जनता माझ ठूला ठूला गफ र प्रतिवद्धता जनाउने निकायको यस्तो हविगत देखिएको छ । गफ हाक्नु फरक हो, उनले थपे, तर काम नै गर्न परे विकास र प्रवद्र्धनका कार्य गर्न नसके पनि उचित संरक्षण गरिदिन पर्यो । बाहिरबाट आउने आतिथी पर्यटक र तिर्थयात्रीले उत्खनन क्षेत्रको यो अवस्था देखेर के भन्लान ? उनले प्रश्न गर्दै भने, उत्खनन क्षेत्र खुल्ला राख्ने हो भने पनि उत्खनन भएको क्षेत्रमा कम्तीमा सेड राखेर फेला परेका पोखरी र विहार क्षेत्र देखाउनलाई पनि हुन्थ्यो, पुरेरै संरक्षण गर्ने हो,पनि राम्रै तरिकाले पनि पुरेर संरक्षण गरिदिएको भए पनि हुन्थ्यो ।

विश्वसम्पदाको स्वरूप मानेर सँसारलाई देखाईने पुरातात्विक सम्पदा प्रति कोही गम्भिर देखिनन् ।
केही महिना पहिला भएको उक्त उत्खननले चिनियायात्री ह्वेगँसाँग र फाइयानले बर्णन र भूभौतिक सर्वेक्षण अनुसारका अधिकाँश संरचना भेटिएको उत्खनन टोलीले जनाएको थियो ।

रामग्राममा गत मंसिर महिनामा भएको उत्खननका क्रममा भेटिएका आधार प्रमाणबारे उत्खनन टोलीले सार्वजनिक गरेको थियो । सो उत्खननबारे वेलायत दुराम विश्वविद्यालयका पुरातत्व विद,नेपाल सरकार पुरात्व विभाग र लुम्बिनी विकास कोष लगायतका पुरात्व अधिकृत तथा विज्ञहरू तथा स्थानिय प्रशासन,स्थानियबासी विच उत्खननको उपलब्धी बारे जानकारी गराइएको थियो । भुभौतिक सर्वेक्षणमा देखिएका संकेतको आधारमा उत्खनन गरिए पछि प्राचिन पोखरी र विहारका पर्खालहरू फेला परेको पुरातत्व विद रबिन कनिघंमले जानकारी गराएका थिए । त्यसै गरि पुरातत्व विभागले गरेको अन्वेषण खोज उपलब्धी तथा अगामी योजनाबारे जानकारी पुरात्व विभागका प्रमुख राम बहादुर कँुवरले जानकारी गराएका थिए ।

बौद्धकालिन इतिहास अनुसार पुरातात्विक बस्तुहरू फेला परिसकिएको छ । यो उप्रान्त अब प्राचिन कोलिय गणराज्यको राजधानी पण्डितपुर र यो रामग्राम स्तुपसँगै जोडेर विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने आधार बनेको बताईको थियो । विश्वसम्पदा सुचिमा सुचिकृत गर्नका लागि अब पुरातत्व विभागले प्रतिवेदन तयार गरि नेपाल सरकार समक्ष प्रस्तुत गर्ने र सरकारले युनेस्कोमा पेश गर्ने योजना सुनाइएको थियो । युनेस्कोले थप अध्ययनका लागि टोली खटाई यसको पुष्टयाई गरेर विश्वसम्पदामा सुचिकृत हुने प्रकृयाको शुभारम्भ हुनेमा उनले विश्वास ब्यतm गरेका थिए ।
चिनियायात्रीले गरेको बर्णन र भुभौतिक सर्वेले देखाएका सँकेतको आधारमा उत्खनन गर्दा प्राचिन विहार तथा पोखरीका अवशेष भेट्ेको उत्खनन टोलीले देखाएको थियो । रामग्राम स्तुपबारे भारतीयद्धारा पनि विभिन्न दुष्प्रचार भई रहेको बेला अहिले रामग्राम स्तुपक्षेत्रको उत्खननले थप खण्डन भएको थियो । भगवान गौतम बुद्धको अस्थिधातुलाई आठ भागमा वितरण गर्दा आठ भाग मध्ये एक भाग कोलिय राजाहरूले पाएको भागलाई राखेर रामग्राम स्तुपको निर्माण गराएका थिए । पछि तत्कालिन मगध सम्राट अशोकले सबै स्तुपको उत्खनन गराई संसार भरि विगतरण गरि ८४ हजार स्पुप निर्माण गराउने अभियानमा लागेका थिए ।
अन्तिम पटक रामग्राम स्तुपको उत्खनन गर्न आउदा स्तुपको संरक्षण गरि बस्दै आएका नागबंशीले यो (रामग्राम) स्तुप नखनिदिन आग्रह गरे अनुसार सम्राट अशोकले यो स्तुप(रामग्राम) स्तुपको उत्खनन गरेरनन् । ति नागबंशी भिच्छुका लागि त्यही विहारको समेत निर्माण गराउन लगाएका थिए । त्यस पछि चिनियायात्री ह्वेगँसाँग लुम्बिनी क्षेत्रको भ्रमण गर्ने क्रममा आउदा आफुले लुम्बिनी पुर्वमा राजधानीको अवशेष भेटिएको र त्यसको दक्षिण पुर्व दिसामा एक स्तुप भएको र ति स्तुप नजिकै पोखरी र विहार समेत रहेको कुरा उल्लेख पाईन्छ ।

विगत केही बर्ष अगाडी रामग्राम स्तुपाको उत्तर पश्चिम क्षेत्रमा जिओफिजिक्स(भुभौतिक सर्वे)द्धारा पहिल्याएको विहार र पोखरी क्षेत्रमा तिन वटा ट्रेन्स लगाई उत्खनन कार्य गरिएको थियो । सुचिकृत प्रकृयाका लागि विहार र पोखरी क्षेत्रको पुरातात्विक आधार बाहिर देखाईन्छ । ततपश्चात यसको बैज्ञानिक बर्ष आधार इतिहासको आधारमा खोज्ने कार्य हुन्छ । सन १८९८ मा डा.डब्लु होयद्धारा रामग्राम स्तुप यहिँ नै हो भनेर उल्लेख गरेका थिए । त्यस पछि स्तुप क्षेत्रको भुभौतिक सर्वे गरि १९९९ र २००१ मा उक्त क्षेत्रको उत्खनन कार्य शुक्रसागर श्रेष्ठद्धारा गरिएको थियो । रामग्रामबारे बौद्ध साहित्य तथा इतिहासका आधारमा भगवान गौतम बुद्धको भारत कुशिनगरमा महापरिनिर्वाण पश्चात उनको अस्थिलाई विभिन्न ८ भागमा बाडिदा बुद्धका मावली राज्यका कोलिय राजाहरूले पाएको अस्तुको भागलाई ल्याएर आफ्नो राजधानीको पुर्व दक्षिण दिसामा अस्तु राखेर रामग्राम स्तुपको निर्माण गराएका थिए ।

ति स्तुपको संरक्षण,पुजा,पाठ,ध्यान अभ्यास निरन्तर नागबंशीहरूले गर्दै आएका थिए । रामग्राम स्तुप,प्राचिन इतिहास,धार्मिक धरोहर,बौद्धकालिन संस्कृतिको आधार र अध्यात्मिक अभ्यासका लागि संसारकै लागि हेर्न लायक स्थल हुनेमा सबैले विश्वास गरेका थिए । संसारको एक मात्र सिगोँ अष्टधातु रहेको यो रामग्राम स्तुपमा प्राचिन कालमा पनि स्तुप नजिकै अध्यात्मिक अभ्यासका लागि सुन्याघारहरू रहेको,भिच्छु बस्ने विहार पनि संगै फेला परेकोले यस क्षेत्रमा अध्यात्मिक अभ्यासका लागि विश्वकै लागि एक उपलब्धी हुनेछ । भगवान बुद्धको अस्तुधातु रहेको स्थानमा श्रद्धापुर्वक एउटा फूल मात्रै अर्पण गर्नाले मानिसको लागि देवलोकको बाटो खुल्ने बौद्ध साहित्यमा उल्लेख पाईन्छ । स्तुपमा बसेर ध्यान विपश्यना गर्नाले जरामरणको मुक्तिको बाटोसम्म पुर्याउने अध्यात्मिक मान्यता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?