ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

आम्दा अस्पतालको स्तरवृद्धिमा जोड

११ श्रावण २०८१, शुक्रबार
११ श्रावण २०८१, शुक्रबार

बुटवल, ११ साउन । २५ वर्ष अघि बुटवलमा स्वास्थ्य सेवा शुभारम्भ गरेको आम्दा सिद्धार्थ बाल तथा महिला अस्पताललाई स्तरवृद्धि गर्नुपर्ने एक कार्यक्रममा जोड दिईएको छ । आम्दा सिद्धार्थ बाल तथा महिला अस्पताल बिस्तार गरि शिक्षण अस्पतालको रुपमा छिटोभन्दा छिटो विकास गर्न जरुरी रहेको उनिहरुले सुझाव दिए । रोटरी क्लब अफ बुटवल डाउनटाउनको ९८९ औ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा अस्पतालका मेसु डा बिनोद पराजुलीले काठमाण्डौ बाहिर बाल तथा महिला मृत्यु दर घटाउन योगदान दिने गरि शुरु भएको अस्पतालको स्तरवृद्धि गर्न बुटवलबासीको सहयोग जरुरी रहेको बताए । ‘अस्पताललाई चिकित्सा अध्ययन केन्द्रका रुपमा विकास गर्न जरुरी छ ।’—उनले भने । हाल एक सय बेडमा संचालनमा रहेको अस्पतालको क्षमता विकास पहिलो प्राथमिकता भएको उनले बताए । अस्पतालले वार्षिक ५० हजार बिरामीको सेवा दिदै आएको छ । अस्पताललाई २ सय बेडमा बिस्तार गरि मेडिकल कलेजका रुपमा संचालन गर्ने गरि डिपिआरको काम अघि बढेको उनले बताए ।

काठमाण्डौ बाहिर बाल तथा महिला मृत्यु दर घटाउन योगदान दिने गरि पहिलो अस्पतालको रुपमा आम्दा नेपाल अन्तरगत सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षिय सम्झौतामा बिसं २०५५ साल कार्तिक १६ गते शुरु भएको थियो । नेपालमा विभिन्न समयमा केहि रोगको संक्रमण देखिने गरेको भन्दै यसबारे समयमा नै सचेत हुन जरुरी रहेको उनले बताए । ‘रोग लाग्नदिनुभन्दा रोकथाम जरुरी छ ।’–उनले भने । पछिल्लोसमय डेगुको संक्रमण बढ्दो भएको भन्दै सामान्य मानिने कतिपय रोगको परिणाम घातक देखिने उनले बताए । घरघरबाट रोगका बारेमा सचेत जगाउनुपर्ने बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष शिव ज्ञवालीले रोटरीको सात मुख्य सेवा क्षेत्रमध्ये एक स्वस्थ्य भएका हुदा पनि रोटरी फण्डमार्फत स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान हुदै आएको बताए । विशिष्टकृत सेवा दिने अस्पताललाई आवश्यक प्रविधिका साथै अस्पताल परिसरमा रोटरी चिल्ड्रेन पार्क, रोटरी पार्क निमार्ण गरिएको उनले बताए । स्वस्थ्य क्षेत्रमा आम नागरिकमा सहज र सर्वसुलभ पहुचमा पुग्ने गरि सेवा दिनुपर्ने उनले बताए ।

कार्यक्रममा यसैगरि हिलपार्क परिषदको अधिवेसनबाट अध्यक्ष पदमा संस्थाका पुर्वअध्यक्ष टंक पराजुली, कोषाध्यक्षमा राजेन्द्र ढकाल निर्वाचित हुनुभएकोमा बधाई तथा सम्मान गरिएको थियो । क्लब फाईभ स्ट्याण्ड कमिटिलाई कर्ड तालिम सम्पन्न गरेको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष कमला हमालले रोटरीबाट पिछडिएको समुदायलाई उकास्ने गरि विविध कार्यक्रमहरु वार्षिक रुपमा हुदै आएको भन्दै सचेतनालाई विशेष जोड दिनुपर्ने बताईन । कार्यक्रममा सचिव कमल नेपालले क्लबबाट निमार्ण भएको पार्क ब्यवस्थापन र संरक्षणलाई जोड दिनुपर्ने बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?