ट्रेंडिंग:

>> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी

साउनमा हरियो चुरा : संस्कृति कि फेसन ?

अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने नारीहरू प्रायः त्यही चिजमा रमाउँछन् । त्यसैलाई मध्यनजर गर्दै साउन महिना सुरु हुनेवित्तिकै विगत जस्तै यसपालि पनि काठमाण्डौंमा चुरा पसलहरू हरिया चुरा र पोतेले भरीभराउ देखिएका छन् । चुरा पसलहरूमा मात्र नभई फुटपाथ, मन्दिर प्रांगणमा समेत चुरा, पोते र मेहन्दी बेच्न राखिएका छन् । ब्यापारीहरु पनि असारको अन्तिमदेखि नै चुरा बेच्न भ्याईनभ्याइ हुने गरेको बताउँछन् ।
११ श्रावण २०८१, शुक्रबार
११ श्रावण २०८१, शुक्रबार

खेमकुमारी पोखरेल (दीपु)काठमाडौ, ११ साउन ।

काठमाण्डौं बानेश्वरकी बिन्दु शर्मा साउन महिनामा हातभरी हरियो चुरा र मेहन्दीमा सजिएकी हुन्छिन् । उनी साउनमा व्रत बस्ने र प्रायः कपडादेखि सबै श्रृंगार हरियो लगाउने गर्छिन् । साउनमा हरियो चुरा र हातमा मेहेन्दी नभए उनी खल्लो महशुस गर्छिन् । ‘साउनमा सबैले हरियो लगाएको देखेर मलाई पनि लगाउन मन लाग्यो’ उनी भन्छिन्, ‘हरियो चुरा लगाएपछि राम्रो हुन्छ रे भन्ने सुनेर यो लगाउने गरेकी छु । बानी नै परिसकेछ नलगाए के नपुगे नपुगे जस्तो हुन्छ ।’

सबैले हरियो चुरा लगाएको देखासिकीमा बुढानिलकण्ठकी पवित्रा सुनार पनि साउन सुरु भएदेखि नै हरियो चुरा र पहिरनमा सजिएकी छन् । उनी साउनको सोमबार ब्रत बस्ने र शिव मन्दिर जाने पनि गर्छिन् । ‘सबैले हरियो लगाएको देखेपछि मलाई पनि लगाउन मन लाग्यो’ साउनको पहिलो सोमबार पशुपतिमा पूजाको लागि लाइनमा बसेकी उनले भनिन्, ‘साउन शिवको महिना हो, हरियो चुरा र कपडा लगाएर ब्रत बसे महादेव खुसी हुने भन्छन् ।’

शर्मा र सुनार मात्र होईन हिन्दु नारीहरूका लागि बिशेष महिना साउन सुुरु भएलगत्तै महिलाहरु ह्रियो चुरा, मेहेन्दी र हरियो पहिरनमा सजिएका देखिन्छन् । साउनको पहिलो सोमबार काठमाण्डौको पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो थियो । मन्दिरमा विशेषगरी विवाहित महिला धेरै देखिन्थे । उनीहरु हरियो चुरा, हरियो, पहेलो कपडामा सजिएका देखिन्थे । अधिकांश महिलाहरूले साउन शिवजीको प्रिय महिना भएको र प्रकृति पनि त्यस्तै हुने भएकाले साउनमा हरियो चुरा, मेहेन्दी र हरियो पहेलो कपडा लगाएर श्रीमानको सुख, शान्ति र दीर्घायुको कामना गर्दै ब्रत बस्ने, पुजा आराधना गर्ने गरेको बताउँछन् । भने केहीले आत्मसन्तुष्टीका लागि ब्रत बसेको र फेसनका रुपमा चुरा, मेहेन्दी र कपडा प्रयोग गर्ने गरेको बताउछन् । हरियो कपडा र हरियो श्रृगांर गरेर सोमबार व्रत बसेमा श्रीमानको आयु बढ्ने र अविवाहितलाई राम्रो श्रीमान पाउने धार्मिक विश्वास रहेको छ ।

साउन महिना बर्षा ऋतु हो । बर्षा ऋतुलाई हरियो ऋतु पनि मान्ने गरिन्छ । हरियो रंगसँग वर्षा ऋतुको सम्बन्ध भएको कारणले पनि साउनमा हरियो चुरा, कपडा, मेहेन्दी लगाउनु प्रकृतिसँग सम्बन्धित छ । प्रकृति नारीसँग नजिक भएको विषय पनि हो । नारी प्रकृतिमा अलि बढी खुल्ने भएको कारणले हरियो रंग नारीले प्रयोग गर्नु पारम्पारिक रुपमा चलिआएको चलन भएको बताउछन् विश्व ज्योतिष महासंघका केन्द्रीय सदस्य धार्मिक अभियन्ता जनार्दन न्यौपाने ।

न्यौपाने भन्छन्, ‘साउन महिना शिवजीको महिना हो । पार्वतीले शिवजीलाई प्राप्त गर्नका लागि साउन महिनामै घरबाट भागेर जंगलमा गई कठोर तपस्या गरेको, उनीसँग फेर्ने वस्त्र समेत नहँुदा हरियो पात बेरेको, हरियो पात र लहराले श्रृंगार गरेको केही काव्यहरुमा उल्लेख छ । ‘तपस्याको बेलामा पार्वतीले हरियो रंगको कपडा र हातमा रातो रंग प्रयोग गरे जस्तै महिलाहरुले पनि साउन महिनामा शिवजीलाई प्रसन्न बनाउनका लागि हरियो चुरा, हरियो पोते, हरियो कपडा र हातमा मेहेन्दी लगाउने, सोमबार ब्रत पुजा गर्ने भन्ने मनोविज्ञानले काम गरेको पनि हो’, उनी भन्छन् । त्यसैले साउन महिनामा अधिकांश महिलाहरू हातभरि हरिया चुरा, हत्केलामा मेहेन्दी र गलामा हरियो पोते लगाएर हिड्ने गर्छन् यो चलिआएको परम्परा पनि हो ।

आफ्नो पतिको दीर्घायुको कामनासहित साउनको सोमबार कतिपय महिला शिवजीलाई प्रसन्न बनाउन भन्दै पानी समेत नखाई व्रत बस्ने गर्दछन् । विवाहित हुन या अविवाहित, हरियो पहिरनमा सबै युवतीहरूको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन भने अविवाहित युवती पनि आकर्षण र रमाइलोको लागि हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउने गरेको बताउँछन् ।

अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने नारीहरू प्रायः त्यही चिजमा रमाउँछन् । त्यसैलाई मध्यनजर गर्दै साउन महिना सुरु हुनेवित्तिकै विगत जस्तै यसपालि पनि काठमाण्डौंमा चुरा पसलहरू हरिया चुरा र पोतेले भरीभराउ देखिएका छन् । चुरा पसलहरूमा मात्र नभई फुटपाथ, मन्दिर प्रांगणमा समेत चुरा, पोते र मेहन्दी बेच्न राखिएका छन् । ब्यापारीहरु पनि असारको अन्तिमदेखि नै चुरा बेच्न भ्याईनभ्याइ हुने गरेको बताउँछन् । असार महिनाको अन्तिम सातादेखि नै कस्मेटिक तथा चुरा पसलहरूमा हरियो चुरा र लगाउनेको भिड बढेको छ । साउनमा लगाउने श्रृंगारका सामग्रीहरू यसले व्यापारीलाई केही मात्रामा फाइदा भएकै छ । वसुन्धरामा पशुपति कस्मेटिक पसल सञ्चालन गर्दे आएकी जमुना श्रेष्ठ असारको अन्तिम सातादेखि नै हरियो चुरा, पोते र मेहेन्दीको ब्यापार बढ्ने बताउँछिन् । उनी अन्य बेलाको तुलनामा साउनमा दोब्बर व्यापार हुने गरेको बताउँछिन् । ‘कोभिड पहिलेको जस्तो ब्यापार त अहिले छैन तुलनात्मकरुपमा अरु समय भन्दा असारको अन्तिमदेखि नै ब्यापार राम्रो छ’, उनी भन्छिन्, ‘चुरा, पोते बेच्दा खाना खाने फुर्सद नै हुँदैन ।’ विवाहित महिला नै उनका बढी ग्राहक छन् । धाार्मक आस्था र विश्वास भन्दा पनि पछिल्लो समय हरियो चुरा र मेहेन्दी फेसनको रुपमा विकास भएको उनको बुझाई छ । सामान्य रूपमा बजारमा काँचका ४० रुपैयाँ प्रतिदर्जन र मेटलका चुरा १ सयदेखि ५ सय सम्मका चुराहरुको माग बढेको उनी बताउँछिन् । ‘यो महिना त चुरा व्यापारीलाई राम्रो फाइदा हुन्छ, महिलाहरुको भिड नै लाग्छ’ उनी भन्छिन्, ‘आज सामान ल्यायो भोलि सकिन्छ ।’

हरियो चुरा पोते लगाएपछि भगवान खुसी हुने र सोचेको पूरा हुने कुरा विश्वास मात्र हो । २०६२÷०६३ को जनआन्दोलनपछि हरियो चुरा पोते र मेहन्दीको प्रचलन सुरु भएको पाइन्छ । पछिल्लो समय यसले व्यापक रूपमा फेसनको रूप लिएको छ । अहिले कुनै पनि महिला हरियो चुरा र महेन्दीबिना देखिदैनन् जताततै हरियो देखिन्छ ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा ५४ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको छ ।

यो अघिल्लो आर्थिक वर्ष २०७९÷८० को ११ महिनाको तुलनामा केही बढेको हो । उक्त आर्थिक बर्षमा ५१ करोड २१ लाख ६४ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको थियो । भारतबाट मात्रै ३७ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको थियो । यस्तै, चीनबाट २१ लाख ८० हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?