ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट

११ श्रावण २०८१, शुक्रबार
११ श्रावण २०८१, शुक्रबार

दाङ, ११ साउन ।

मिथ्या सुचनाले पत्रकारिता जगतमा संकट निम्त्याएको दाङको घोराहीमा शुक्रबार आयोजित एक कार्यक्रमका बक्ताहरुको भनाइ रहेको छ ।
नेपाल पत्रकार महासंघ दाङ र फ्रिमिडिया नेटवर्कको आयोजनामा भएको कार्यक्रमका सहभागीले युटुब र अनलाइनले समाचारको गरिमा माथी प्रश्न उठाएको बताए ।

पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महा संघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले पत्रकारितामा सचेत नागरिकले सही तरिकाले काम गर्नुपर्ने बताए । प्रविधिको समय छ यसको प्रयोग गरेर सही तरिकाले काम गर्नुपर्ने बताए । नागरिकले पनि कुन कुरा समाचार हो होइन बुझेर मात्रै अगाडि बढन आग्रह गरे ।
घोराही –१५ का अध्यक्ष रमेशकुमार पाण्डेले पत्रकारले समाचार लेख्दा बास्तबिकतामा गएर समाचार लेख्नुपर्ने बताए । महासङमा आवद्ध नभएहरुबाट गलत काम भइरहेको छ , उनले भने । यसको निगरानी हुनुपर्छ । युटुबले बढी नकारात्मक प्रभाव पारेको छ यता ध्यान दिनुपर्नेछ ।

नागरिक समाज दाङको सचीव नारायण श्रेष्ठले दाङमा पत्रकारले राम्रो तरिकाले काम गरेको छ । पत्रीकाहरु निस्पक्ष छैनन। हचुवाको भरमा समाचार लेख्दा समाजमा नकारात्मक प्रभाव परेको छ । त्यतातिर ध्यान दिनुपर्छ।

महिला माबन अधिकार रक्षक संजालका अध्यक्ष सुशिला पौडेलले मिडियामा मात्रै होइन पालिकाले नै जेसी पोलिसी बनायको छैनन् । कस्ले कहाँ के गर्नु पर्छ यसलाई सबैले ध्यान दिनुपर्ने बताइन। जेसी पोलिसी लागु गर्नका लागि सबै नागरिकले खबरदारी गर्नुपर्ने बताइन । सञ्चार माध्यमबाट लैङ्िगक मैत्री पोलिसी बनाउनुपर्ने उनको धारणा थियोे ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत निमबहादुर केसीले मिडियाका विषयमा समयमा यस्ता कार्यक्रमले पत्रकारितालाइ मार्गदर्शन गर्ने बताए । उनले भने , पत्रकार आचारसंहितामा भित्र छन कि छैनन् त्यो कुराको निगरानी गर्नुपर्छ, । पत्रकारिता खोजमुलक , तथ्य परक हुनुपर्छ । नकारात्मक कुरालाई प्राथमिकतामा राख्ने गरेको पाइन्छ । समाजमा भएका काम कुरालाई एक पक्ष तरिकाले गर्नुपर्ने बताए । दायरामा नआएका युटुब, समाजिक संजालहरुको नियमन गर्नुपर्ने बताए ।

मानव अधिकारकर्मी श्रीमन न्यौपाने युटुब चलाउने पत्रकार होइनन् । पत्रकारले दलमा आस्था राखेर मिस युज गर्नु हुदैन। आफ्नो ब्यक्तिगत स्वतन्त्रतालाई पत्रकारितामा मिसाउनु हुँदैन भन्ने धारणा राखे ।
दाङ जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले आमनागरिकले बुझेका साइबरमा कुराहरुमा मुद्दा आयो भने हेर्ने गरेको बताए । समग्रमा दाङमा मिडियाको भूमिका सकारात्मक रहेको बताए । उद्योग बाणिज्य सघको अध्यक्ष वसन्त जोसी । पत्रकार कुनै पार्टीको अंग बनाउन नहुने बताए । स्वतन्त्र तरिकाले लेखेको समाचार निस्पक्ष हुने बताए ।
कार्यक्रममा गिरीराज अधिकारीले बिषय प्रबेश गराएका थिए । पत्रकार महासंघ दाङका सचिव आर के सितलले कार्यक्रमको सहजिकरण गरेका थिए ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?