ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन

१० श्रावण २०८१, बिहीबार
१० श्रावण २०८१, बिहीबार

रुपन्देही, १० साउन ।

यात्रु र सवारी साधनको सुरक्षाको कारण देखाई गत महिनादेखि स्थगित गरिएको रात्री बस सेवा पुनः संचालन हुने पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले जनाएको छ । अविरल बर्षाका कारण बिभिन्न स्थानमा आएको बाढी पहिरोले सडक क्षतिग्रत भएकोले यात्रु र सवारी साधनको सुरक्षाका लागि स्थगित गरिएको रात्री बस सेवा साउन १० गते बिहिबारबाट पुनः संचालन भएको हो । मौसम र सडक दुबैमा सुधार आएकोले सतर्कताका साथ रात्री सेवा संचालन गर्ने निर्णय भएको प्रा.लि.ले जनाएको छ ।

पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि. बुटवलका अनुसार यहाँबाट काठमाडौंका लागि छुट्ने दैनिक ६४ वटा र अन्य स्थानका लागि छुट्ने ५४ वटा रात्री बस १० गते बिहिबारदेखि पुनः संचालन हुने भएका छन् । हाल अति आवश्यक प्रयोजनका लागि दैनिक ४ वटा मात्र रात्री बस संचालन गरिएकोमा अव दैनिक १ सयभन्दा बढी रात्री बसहरु नियमित संचालन हुने प्रा.लि.का प्रबन्ध संचालक रामचन्द्र भुसालले बताएका छन् । भुसालले भने मौसम र सडक दुवैमा सुधार आएको छ रात्री सेवा उच्च सतर्कताका साथ सुरक्षा निकायसँग समन्वय गरेर सुचारु गर्छौं ।

प्रबन्धक भुसालका अनुसार रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलबस्तुबाट काठमाडौं, पोखरा, बिरगन्ज, बिराटनगर लगायतका स्थानमा संचालन हुने रात्री बसहरु नियमित संचालन हुनेछन् । बर्षायामका कारण सडकमा हुने संभावित घटना र सवारी दुर्घटनाको कुरालाई पनि मध्येनजर गर्दै प्राबिधिकरुपले पनि जोखिम न्यूनिकरण गर्दै सुरक्षित तवरले यात्रा गराउने प्रा.लि.ले तयारी गरेको प्रबन्धक भ्ुसालले जानकारी गराएका छन् ।

प्रमुख राजमार्ग लगायतका सडकहरुमा रहेका पहिरो र ढुंगाहरु हटाइएको र क्षतिग्रस्त सडकहरु मर्मत संभार गरिएको कारणले पनि बाढी पहिरो र संभावित जोखिम पनि न्यूनिकरण भएकोले यात्रुहरुलाई सुरक्षित यात्रा गराउने उद्देश्य रहेको प्रा.लि.का संचालक एवं दुर्घटना न्यूनिकरण अभियानका संयोजक नारायण घिमिरेले बताएका छन् । मौसम र सडक दुबैक्षेत्रमा सुधार आएकोले रात्री बस संचालन गर्ने निर्णय गरिएको र सोही अनुसार सुरक्षा निकाय र ब्यबसायीहरुलाई परिपत्र समेत गरिएको संयोजक घिमिरेले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?