Butwal Today

प्रधानमन्त्री ओलीले विश्वासको मत लिंदै (लाइभ)

६ श्रावण २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम छ ।

कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ३१ गते सोमबारे पद तथा गोपनीयताको शपथ लिएका थिए ।

नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार ओलीले आज विश्वासको मत लिन लागेका हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा १३८ मत चाहिन्छ । साना दलहरूलाई पनि मिसाएर ओली दुई तिहाइ बहुमत पुराउने कसरतमा छन् । दुईतिहाइका लागि १८४ सांसद आवश्यक पर्छ ।