Butwal Today

सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै

५ श्रावण २०८१, शनिबार
अ+
अ-

काठमाण्डौ –

चितवनको सिमलतालमा असार २८ गते शुक्रवार पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली खटिने भएको छ ।

खोजीका लागि यसअघि नेपालले भारतको सहयोग मागेको थियो । भारतबाट उद्धार टोली गएराति हिँडेको छ । १२ सदस्यीय टोली आज घटनास्थल पुग्ने गृह मन्त्रालयको विपद् महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

अहिलेसम्म विभिन्न ठाउँमा गरी २३ वटा शव भेटिएको छ । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था थाहा हुन सकेको छैन । सिमलताल बस दुर्घटनाको आज आठौँ दिन भएको छ ।