ट्रेंडिंग:

>> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ?

दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य

५ श्रावण २०८१, शनिबार
५ श्रावण २०८१, शनिबार

दाङ, ५ साउन ।

जिल्ला अदालतले १८ महिना कटेको मुद्दा शुन्य बनाएको छ । दाङ जिल्ला अदालतले बितेको एक वर्षमा करीव ६६ प्रतिशत मुद्धा फछ्र्यौट गर्न सफल भएको छ । जिल्ला अदालतले गत आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेको कामको प्रगति बारे जानकारी गराउन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अदालतका स्रेस्तेदार दामोदर घिमिरेले एक वर्षको अवधिमा ६५ दशमलव ५८ प्रतिशत मुद्धा फछ्र्यौट भएको जानकारी दिए । अदालतका स्रेस्तेदार घिमिरेले आर्थिक वर्ष २०८०÷०८१ मा १८ महिना कटेको एउटा मुद्दा पनि बाँकी नरहने गरी काम भएको जानकारी दिए ।

यो वर्ष विगतका वर्षको तुलनामा सबैभन्दा बढी मुद्दा फछ्र्यौट भएको उनले बताए । ‘आ व २०८०÷०८१ मा ६५ दशमलव ५८ प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका २हजार सय ६७ मुद्दा थिए । यो वर्ष ५ हजार ५ सय चार मुद्धा परेकोमा ३ हजार ६ सय १० मुद्धा फछ्यौट भएका छन’ स्रेस्तेदार घिमिरेले बताए ।

उनका अनुसार, कुल ५ हजार ५ सय ४ वटा मुद्धामध्ये एक वर्षको अवधिमा ३ हजार ६ सय १० मुद्धा फछ्र्यौट भएको छ । जसमा जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलले ४ सय ४६, कृपासुर कार्कीले २ सय ९८, कुलप्रसाद पाण्डेले ४ सय ८, मनोजकुमार श्रीवास्तवले ५ सय ११, रामप्रसाद बस्यालले ३ सय ९, जगतबहादुर पौडेलले ३ सय ३, ताराकुमारी शर्माले ७ सय १८ र लोकबहादुर हमालले ६ सय १७ मुद्धा बितेको एक आर्थिक वर्षमा फछ्र्यौट गर्नुभएको हो ।

जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवका अनुसार, जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका मुद्धा सबैभन्दा धेरै पर्ने गरेका छन् । बितेको एक आर्थिक वर्षमा १ हजार २ सय १५ मुद्धा मध्ये ९ सय ७५ मुद्धा फछ्र्यौट भएको छ । यस्तै, अंश सम्बन्धि मुद्धाको संख्या पनि उल्लेख्य रुपमा बढ्दै गएको छ । अंश सम्बन्धि ५ सय ९९ मुद्धा मध्ये ३ सय ४९ मुद्धा फछ्र्यौट भएको छ ।

विभिन्न १४ वटा शीर्षकका मुद्धा जिल्ला अदालतमा दर्ता भएकोमा अधिकांश मुद्धा अपराधजन्य घटनाभन्दा सामाजिक विषयसँग जोडिएका धेरै रहेका छन् । चेक अनादरका ६ सय ३० मुद्धा मध्ये ३ सय ६५ मुद्धा फछ्र्यौट भएको छ ।

लिखत बदरका ४ सय १९ मुद्धा मध्ये २ सय ८४, लेनदेनका ३ सय ८७ मुद्धा मध्ये २ सय ५६, जालसाज किर्तेका ३ सय ३७ मुद्धा मध्ये २ सय ५, जबरजस्ती करणीका २ सय २८ मुद्धा मध्ये १ सय ४३ फछ्र्यौट भएका छन् । यसैगरी, चोरी तथा डाँकाका १ सय ८५ मुद्धा मध्ये १ सय ३१, जग्गा सम्बन्धी विवादका १ सय २६ मुद्धा मध्ये ६९, ज्यान सम्बन्धी १ सय २४ मुद्धा मध्ये ७३, लागु औषधका १ सय ५ मुद्धा मध्ये ७५, सवारी ज्यान, अंगभंगका ९४ मुृद्धा मध्ये ६५, बहुविवाहका ६१ मुद्धा मध्ये ४३ र मानव बेचबिखनका ५ मुद्धा मध्ये ४ मुद्धा फछ्र्यौट भएको छ । बिगत वर्षहरुमा दुई वर्षभन्दा माथिका मुद्धाको फाईल अघि बढाउन चुनौति भएपनि यो पटक १८ महिना नाघेका मुद्धाको संख्या शुन्यमा झरेको छ ।

२०७७ साल साउनदेखि फरक व्यवस्थापन पद्दतिबाट इजलासको काम अघि बढाईएको हुँदा मुद्धाको प्रकृति अनुसार काम भईरहेको जिल्ला न्यायाधीश श्रीवास्तवले बताए । सरल, सामान्य र विशेष प्रकृतिका मुद्धाको तोकिएको समय अनुसार किनारा लगाउन ४ वटा इजलासमार्फत काम भईरहेको उनले बताए । जिल्ला अदालतमा वर्षेनी मुद्धाको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७८–०७९ मा ४ हजार ७ सय ९९ मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष २०७९–०८० मा ५ हजार १ सय ९१ मुद्धा दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?