ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि

५ श्रावण २०८१, शनिबार
५ श्रावण २०८१, शनिबार

वैदिक सनातन हिन्दू धर्ममा गुरुको अत्यन्तै ठूलो महत्त्व रहेको छ । ब्रह्मप्राप्ति नै अन्तिम लक्ष्य रहेका हामी सनातनीहरूका लागि गुरुको स्थान उच्च रहेको छ । त्यसैले पनि शास्त्रहरूले गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्थानमा मात्र नराखेर परब्रह्मकै स्थानमा राखेका हुन् । किनकि ब्रह्मको बोध गर्ने बाटो देखाइदिन सक्ने गुरु ‘अहम् ब्रह्मास्मि’को बोध गरी परब्रह्मकै स्थानमा पुगिसकेको हुन्छ । संस्कृतको गुरु शब्दको अर्थ हुन्छ – अविद्यालाई नाश गरेर ज्ञान दिने पुरुष । यस कुराले गुरुले शिष्यलाई ज्ञान मात्र भरिदिएर हुँदोरहेनछ, शिष्यमा रहेको अविद्यालाई पनि नाश गरिदिनुपर्ने रहेछ भन्ने बुझिन्छ । यहाँ ज्ञान भरिदिइसकेपछि त अविद्याको नाश त स्वतः हुनुपर्ने हो । तर संसारमा रहेका सबै किसिमका ज्ञानले अविद्याको नाश गर्न नसक्ने हुनाले, शिष्यले पनि त्यस्तो किसिमको ज्ञानको खोजीमा हिँड्नुपर्यो, जसले अविद्याको नाश गर्न सकोस् । आखिरी ज्ञान भनेको जान्नु हो । त्यसैले त्यो जानाई विश्वकल्याणका लागि हुनुपर्यो नकि विश्वलाई तहस नसह पार्नका लागि । यहाँ अविद्या भनेको इन्द्रियहरूको दोष र संस्कारको दोषबाट उत्पन्न दुष्ट ज्ञान हो । त्यसैले त्यो संस्कार दिने व्यक्ति अर्थात् गुरु पनि असल हुनुपर्यो । असल गुरुबाट आर्जित विद्याले मात्र व्यक्तिलाई अविद्याबाट मुक्त गराई ज्ञानको सागरमा डुबाउन सक्दो रहेछ, जुन ज्ञानले व्यक्ति, समाज, देश र विश्वकै कल्याण गर्दो रहेछ ।

यस्तै किसिमका अत्यन्तै दुर्लभ गुरुहरूमध्ये ब्रह्मलीन स्वामी श्री १००८ डा. रामानन्द गिरि पनि एक हुनुहुन्थ्यो । मनुस्मृतिमा भनिएको ‘अध्यापनं ब्रह्मयज्ञ’को सिद्धान्तमा जीवनलाई व्यतित गर्नुभएका स्वामीजीलाई गुरु भनेर सम्बोधन गर्न पाउनु नै हाम्रा लागि अत्यन्तै ठूलो भाग्यको विषय रह्यो । रामप्रसाद सुवेदीका रूपमा धादिङमा मितिः २००३ जेठ १० गते जन्मिएको गुरुको शरीरले वाल्मीकि विद्यापीठबाट आचार्य परीक्षा उत्तीर्ण गर्यो । यसपछि अध्ययन÷अनुसन्धानप्रति गहिरो रुचि भएका गुरुलाई गृहस्थाश्रमतिर प्रवेश गर्ने, जागिर खाने रुचि लागेन । तेरा बच्चा र मेरा बच्चा भनेर सङ्कोचित तरिकाले जीवन बिताउनुभन्दा संसारलाई कुटुम्ब बनाएर अध्ययन र अनुसन्धानमै जीवन बिताउनु नै श्रेयस्कर लाग्यो । त्यसको फलस्वरूप वि. सं. २०४१ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजर्षि जनकको विदेहसिद्धान्तमा विद्यावारिधिको उपाधि पनि हासिल गर्नुभयो । परा विद्या र अपरा विद्याका बारेमा शास्त्री तहदेखि नै अध्ययन गरिरहनुभएका स्वामीजीले अपरा विद्याका साथमा परा विद्याको साधनामा बढी तल्लीन हुनुभयो । व्यवहारका लागि अपरा विद्याको पनि महत्त्व भए तापनि ब्रह्मप्राप्तिका साथ वास्तविक शान्ति प्राप्त गर्नका लागि परा विद्या नै चाहिने भएकाले यस विद्याकै साधनामा जीवनको अधिक समय विताउने सङ्कल्प गर्नुभयो । यही कारणले गर्दा उहाँको भेट उहाँलाई संन्न्यास दीक्षा दिनुभएका स्वामी महेशानन्द गिरिसँग हुन गयो । गुरुको सान्निध्यमा रही जीव, जगत् र ब्रह्मको बारेमा बुझ्ने मौका पाउनुभएका स्वामीजी नेपाली मात्रका नभई वैदिक सनातन धर्म मान्ने सबैका साझा गुरुका रूपमा पूजित हुनुभयो ।

भारतमैँ बसेर ब्रह्मचिन्तनमा रमाइरेका सन्तशिरोमणि रामानन्द गिरिको भेट दैवसंयोगले राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीसँग हुन पुग्यो । ईश्वरले खटाएरै पठाएका दुबै महापुरुषहरूको संयोगले नेपालमा गएर केही गर्ने सङ्कल्पको जन्म हुन पुग्यो । सिद्धपुरुष गलेश्वर बाबाको पदार्पणले दिव्य हुँदै गइरहेको पुण्यभूमि देवघाटधाम स्वामीजीहरूको आगमनले अझै सुरम्य हुँदै गयो । प्राकृतिक एवम् धार्मिक रूपले सुसज्जित पुण्यक्षेत्र नेपालको काँशीको रूपमा विकसित हुने मौका पायो । ब्रह्मलीन स्वामीहरू पछि पीठाधीश हुनुभएका वर्तमान स्वामीजीहरूले पनि गुरुहरूको कार्यलाई अझै विस्तारित रूपले सजाउने काम गरिरहनुभएको छ । यसको फलस्वरूप नेपालमा विस्तारै विस्तारै लुप्त हुँदै गइरहेको गुरुकुल शिक्षाले पनि पुनर्जीवन पायो ।

नेपालको देवघाटधाम आइसकेपछि डा. स्वामी रामानन्द गिरिले आफ्ना गुरु स्वामी महेशानन्द गिरिका नाममा महेश संन्न्यास आश्रमको स्थापना गर्नुभयो । नेपालमा धेरै गुरु भनिनेहरूले आफ्ना फोटा बाँड्ने र आफ्ना नाममा अनेकानेक संस्थाहरू खडा गर्ने गरिरहेका छन् । तर उदारमनका शिवांशपुरुष स्वामीजीले आफ्ना गुरुकै नाममा गुरुकुलको स्थापना गर्नुभयो । संसारमा गुरुहरू कहलिएर त धेरै बसेका हुन्छन् । तर उनीहरूले चेलालाई ब्रह्मबोध गराउने त कता हो कता शास्त्रले भनेको कुरा पनि गतिलरी बुझाउन सक्दैनन् । उनीहरू चेलाको चित्तको सन्ताप हर्ने भन्दा पनि चेलाको वित्तहरणमैँ समय खेर फालिरहेको देखिन्छन् । तर गुरुका जीवनका हरेक क्षण विद्यार्थीहरूलाई विद्याव्यसनी गराई कसरी शास्त्रको रक्षा गर्न सकिन्छ भन्नेमा नै बित्यो । अध्ययनमा लागिरहेको विद्यार्थी देख्दा साह्रै खुशी हुने गुरु व्यर्थमा समय बिताइरहेका प्रति भने आगो नै हुनुहुन्थ्यो । बाहिर देख्दा कठोर देखिने गुरु भित्र भने अत्यन्त नै नरम हुनुहुन्थ्यो । कथा, प्रवचन भन्ने समयमा कसैले यताउता गर्यो भने साह्रै रिसाए जस्तो देखिनुहुन्थ्यो । विद्यार्थीहरूलाई कसरी बुझाउन सकिन्छ भन्ने उद्देश्यले बेलाबेलामा ठट्टा पनि गर्ने गुरुको प्रवचन अत्यन्तै रसिलो हुन्थ्यो । प्रवचनका बीच बीचमा आउने त्यो रिस उहाँका लागि नभएर हाम्रा लागि थियो । जसले उहाँको रिस जान्यो त्यसले जीवन धन्य नै बनायो ।

महेश संस्कृत गुरुकुल विद्यापीठका वर्तमान प्राचार्य उपप्रा. कमल सुवेदीजीले पटक–पटक गुरुलाई सम्झँदै भन्नुहुन्छ – गुरुको जीवननै हामीलाई जिउँदो मान्छे बनाउँदैमा गयो । जीवनमा जन्मिसकेपछि खाइसार र लाइसारमा जीवन बिताउनेलाई जिउँदो मान्छेका रूपमा हेर्न नसकिने गुरुको विचार थियो । शास्त्रले बताएका परा एवम् अपरा विद्याको अध्ययन÷अध्यापनमा जीवनको ऊर्जामय समय बिताएर संसारको कल्याण गर्न सकेन भने त्यसलाई जिउँदो मान्छे भन्न मिल्दैन, त्यो मुला बिहे गर्ने, आफ्नो मात्रै परिवार पाल्ने काम त पशुले पनि गर्न सक्दछ भन्ने उहाँको विचार थियो । त्यसैले जागिर खाने उद्देश्यले मात्र पढ्नेहरू प्रति उहाँको श्रद्धाभाव थिएन । महेश संस्कृत गुरुकुल विद्यालयका प्राचार्य उपप्रा. फणीन्द्र पौडेलले पनि गुरुका प्रत्येक वाणीहरू वेदान्तपरक कल्याणकारी थिए भन्दै नेपालको परिप्रेक्ष्य मात्र नभएर विश्वकै परिवेशमा हेर्दा यस किसिमका महापुरुषहरू विरलै जन्मिने बताउनुहुन्छ ।

पाणिनी, गुणराज, डा. बलराम जोशी, राजर्षि जनक, पृथ्वीबहादुर सिंह, भारती खरेल, प्रबल गोरखा दक्षिण बाहु आदि पुरस्कारहरूले पुरस्कृत गुरुले जनकदर्शन, माण्डुक्यकारिका, रामगीता, वेदस्तुति, श्रीमद्भागवत् महापुराण, देवीगीता, दुर्गासप्तशती, ईशादि दश उपनिषद् आदि विभिन्न ग्रन्थहरूको शास्त्रपरक व्याख्या र विश्लेषण गरिदिई गुरुले हामीलाई अमूल्य ज्ञान प्रदान गर्नुभएको छ भने युटुबमा रहेका उहाँका अमूल्य भिडियोहरूले हामीलाई हाम्रा जीवनका पाइला पाइलामा मार्गदर्शन गरिरहेका छन् । के गर्ने विधिको विधान मानव शरीरका रूपमा यस धर्तीमा आइसकेपछि एकदिन जानै पर्ने कारणले उहाँ पनि यहाँ आउनु परेको कार्य पूर्ण गरी मिति २०७४ जेठ २४ गते सूर्यको उत्तरायण समयको आषाढको शुक्ल पूर्णिमाका दिन ब्रह्मलीन हुनुभयो । यो अति संक्षिप्त लेखले उहाँको वैदिक सनातन परम्परामा रहेको योगदानको चर्चा त के पो हुन सक्थ्यो तर पनि ब्रह्मलीन महापुरुषलाई यसै लेखकै माध्यमले श्रद्धाका पुष्पहरू अर्पण गरियो । हरि ॐ तत्सत् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?