ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

राहदानीबाट ६ करोड राजस्व

४ श्रावण २०८१, शुक्रबार
४ श्रावण २०८१, शुक्रबार

गुल्मी, ३ साउन ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०/८१ मा राहदानीबाट मात्र ६ करोड भन्दा बढीको राजस्व सङ्कलन गरेको छ । कार्यालयले एक आर्थिक वर्षमा सम्पादित गरेका मुख्य–मुख्य कार्य प्रगतिको बिबरण सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उक्त जानकारी गराएका हुन ।
कार्य सम्पादन मूल्याङ्कनको आधारमा आर्थिक बर्ष २०७९/०८९ मा देश भरबाट पहिलो बनेको गुल्मी जिल्ला यस वर्ष पनि त्यसलाई पछ्याउने दिशामा अघि बढिरहेको छ । प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लास्थित राजनैतिक दल एवं सञ्चारकर्मीहरूसँग कार्यालयबाट प्रदान गरिएको सेवा र सम्पादन गरिएका कामहरूको बारेमा जानकारी गराए ।

कार्यालयमा राजस्वका अन्य शीर्षकहरू मध्ये सबैभन्दा बढी राजस्व राहदानीबाट सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६ करोड ३३ लाख रूपैंया राहदानीबाट सङ्कलन गरिएको हो । गत आर्थिक वर्षमा राहदानीबाट ७ करोड भन्दा बढी रकम सङ्कलन भएको थियो । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १२ हजार ४ सय ५० राहदानी वितरण गरेको छ ।

कार्यालयबाट आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार सात सय ३६ नागरिकताको प्रतिलिपि, ४८ वटा गैरआवासीय नागरिकता र १२ हजार दुई सय ७३ राहदानी सिफारिस गरिएको छ । त्यसैगरी सात सय ६६ नाबालक परिचयपत्र, १६ हजार आठ सय ४४ राष्ट्रिय परिचयपत्र विवरण दर्ता र एक हजार नौ सय राष्ट्रिय परिचयपत्र बितरण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । जिल्ला प्रशसनमा आर्थिक वर्ष २०८०/०८१ मा २८ वटा मुद्दा दर्ता भएकोमा २३ वटा फर्र्छौट भएका छन । त्यसैगरी ७८ वटा ठाडो उजुरी, एक हजार एक सय ४४ नाता प्रमाणित, २६ वटा संस्था, एक सय ७९ वटा संस्था नबिकरण, ७४ वटा हातहतियार नबिकरण, चार सय ५३ दलित, चार सय ९२ जनजाति र ६६ वटा खस आय बिबरण प्रमाणित गरिएको छ ।

प्रशासनले नागरिक मैत्री सेवा प्रवाहका लागि कार्यालयमा राहदानी र नागरिकताको लागि विद्युतीय टोकन, जेष्ठ नागरिक विश्राम स्थल, बजार अनुगमन, विकास निर्माणमा सहजीकरण, विपदमा तत्काल राहत बितरण, जेष्ठ नागरिक एवं अपाङ्गता भएका सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएको जनाएको छ । त्यसैगरी जिल्लाका १२ वटै स्थानीय तहमा गएर नागरिकलाई सेवा प्रवाह सम्बन्धी अभिमुखीकरण, लागूऔषध नियन्त्रण, कारागार सुधार लगायतका काम गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताएका छन ।

नागरिकलाई सेवा प्रवाह गर्ने काममा जिल्ला प्रशासन कार्यालयले खेलेको भूमिका सह्रानीय रहेको भन्दै राजनैतिक दलका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीलाई आउँदा दिनमा पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?