Butwal Today

महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

४ श्रावण २०८१, शुक्रबार
अ+
अ-

 काठमाडौँ । 

महिला एसिया कपको पहिलो खेलमा नेपालले यूएईविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। टस जितेको नेपालले फिल्डिङ रोजेको हो।

एसिया कपमा नेपाल रहेको समूहमा नेपालसहित यूएई, भारत र पाकिस्तान छन् । आइतबार पाकिस्तान र मङ्गलबार भारतसँग खेल्नेछ । सन् २०१२ र २०१६ मा सहभागी भएको नेपालको यो तेस्रो सहभागिता हो ।

अर्को समूहमा थाइल्यान्ड, मलेसिया, श्रीलंका र बङ्गलादेश छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् ।