ट्रेंडिंग:

>> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ

वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा

४ श्रावण २०८१, शुक्रबार
४ श्रावण २०८१, शुक्रबार

 अर्घाखाँची, ४ साउन ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडा अध्यक्षले वडाको शिक्षा सुधारको लागि ट्युसन कक्षा सुरु गरेका छन् । वडाअध्यक्ष कृष्णप्रसाद पौडेल बिहानमा विद्यार्थीलाई नियमित रूपमा ट्युसन कक्षा आफै सञ्चालन गर्दै आएका हुन ।
वडामा रहेको एउटा विद्यालयमा एसईईको नतिजा सोचेअनुसारको नआएपछि वडा अध्यक्ष पोडेलले गणित विषयको टिउसन पढाउदैँ आएका हुन । वडामा निर्वाचित भएर आएसँगै विगतका दुईवर्ष पनि धातिवाङ्ग माविका विद्यार्थीहरूलाई निःशुल्क टिउसन पढाएको थिए, यसवर्ष पनि विद्यार्थीहरूलाई ग्रेड वृद्धि गराउँन टेवा पुग्ला भनेर ट्युसन पढाएको छु । वडा अध्यक्षको घरमा विहान गणित विषयको ग्रेडवृद्धि गराउँने ६ जना विद्यार्थीहरू ६ बजे नै टिउसन पढ्न आउँछन् ।
१० वर्षअगाडी कक्षा ११/१२ मा कृष्ण माविमा अध्ययन गर्दा देखि नै मेरो घरभरी ट्युसन पढ्न आउँने विद्यार्थीहरूको ताँती हुन्थ्यो, पहिला विद्यार्थीहरू धेरै हुन्थे, उनीहरू अहिले देशको सरकारी क्षेत्रदेखि विदेशमा सम्म पुगेका छन्, मैले जानेको क्षमता विद्यार्थीहरूलाई सिकाउदा टेवा पुग्ने भएकाले समय व्यवस्थापन गरेर टिउसन पढाएको छु ।
वडा अध्यक्ष पौडेल भन्छन् ‘भौतिक क्षेत्रको मात्र विकास होईन, सामाजिक क्षेत्रको विकास पनि गर्नुपर्छ, मैले टिउसन पढाउँदा शुल्क लिदैँन, सामाजिक काम गर्न जनताले ५ वर्षका लागी जिम्मेवारी दिएका हुन, तिनै जनताका छोराछोरीलाई पढाउँन पाउँदा मन हर्षित हुन्छ ।’ हाम्रो वडामा १ मावि र ४ आधारभूत विद्यालय गरी ५ वटा विद्यालयहरू छन्, शिक्षा क्षेत्रको लागि पुर्वाधार विकास देखि अतिविपन्न, जेहेन्दार विद्यार्थीहरू लक्षित कार्यक्रम पनि गर्र्दै आएका छौँ, सकारात्मक सोच सहित शिक्षा सुधार्न वडाबाट गर्ने काममा कुनै कसुर बाँकी राखेको छैन, पौडेलले भने ।’ विद्यार्थी राजनितिबाटै उदाएका पौडेल वडाअध्यक्षमा निर्वाचित ३० वर्षका युवा हुन, उनी स्नाकोत्तर तहमा गणित विषय उत्तीर्ण वडा अध्यक्ष हुन् ।
निर्वाचत भएको सुरुको वर्ष नै शिक्षकहरूका लागि कम्प्युटर शिक्षा तालिम सञ्चालन गरिएसँगै धातिवाङ्गका ५ वटै विद्यालय प्रविधीमैत्री रूपमा अगाडि बढेका छन् । बालबालिकाहरूको क्षमता विकास र बालबालिका शिक्षित भएमा गाउँको विकास हुने भएकाले पनि शिक्षा विकासको मेरुदण्ड रहेको वडाअध्यक्षको बुझाई छ । निशुल्क टिउसन पढाउँने काम राम्रो भएको भन्दै पाणिनी गाउँपालिकाका पुर्व अध्यक्ष अच्युत गौतमसहित शिक्षाविदहरूले वडाअध्यक्षको प्रशंसा गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?