ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न

३ श्रावण २०८१, बिहीबार
३ श्रावण २०८१, बिहीबार

दाङ, २ साउन ।

सञ्चारिका समूह नेपाल दाङको तेस्रो साधारण सभा एवं अधिवेशन बुधवार दाङको घोराहीमा सम्पन्न भयो । सञ्चारिका समूहले पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको कार्यक्रमका सहभागीले बताएका छन् ।

उनीहरुले सञ्चारिकाले गर्दै आएको काम प्रशंसायोग्य रहेको बताएका थिए । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पत्रकार महिलाको क्षमता विकासका लागि सञ्चारिकाले सकारात्मक भूमिका निभाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले पछिल्लो समय पत्रकार महिलाहरुमा निरासा छाएकोले उनीहरुलाई प्रोत्सान गर्ने खालका कार्यक्रम गर्न सल्लाह दिइन् ।

महासंघका सल्ललाहकार लक्ष्मी आचार्यले पत्रकार महिलाहरु क्षमता विकास गर्दै सञ्चार क्षेत्रमा टिकीराख्ने वातावरण गर्नुपर्ने बताइन् । सञ्चारिका समूह दाङकी पूर्व अध्यक्ष नारायणी रजौरे, रेडियो, सञ्चारिका समूह लुम्बनी प्रदेश अध्यक्ष अमृता अनमोल, रेडियो मध्यपश्चिका सचिव शारदा शर्मा, डब्लुडब्लुजेका उपाध्यक्ष पार्वती बस्नेत, सञ्चारिका समूह नेपालका जिल्ला अध्यक्ष सुलोचना गौतमको लगायतले धारणा राखेका थिए ।

नयाँ कार्यसमिति चयन

अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । सञ्चारिका समूह दाङको नेतृत्वका लागि रञ्जिता अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सपना बोहरा, सचिवमा दिप्तिसिखा चौधरी, सहसचिवमा सुशीला ओली र कोषाध्यक्षमा उमा भण्डारीलाई सर्वसम्मत चयन गरिएको हो । यसैगरी सदस्यहरुमा भावना सुवेदी, लक्ष्मी पोख्रेल, सपना पौडेल, रिता लामा, जयन्ती चौधरी, विमला घर्ती र रमा नेपाली रहेका छन् । अन्य सदस्य आगामी बैठकमा मनोनित गर्ने गरी कार्यसमिति गठन गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?