ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बुहारीलाई कन्यादान

३ श्रावण २०८१, बिहीबार
३ श्रावण २०८१, बिहीबार

चन्द्रौटा (कपिलवस्तु)
दीपक पौडेल अर्घाखाँची जिल्लाको जलुकेमा २०४७ जेठ ५ जन्मिएका थिए । बुवा घनश्याम पौडेल र आमा जलपा पौडेलको कोखबाट जेठो छोराको रूपमा जन्मिएका दीपक १२ बर्ष हुँदा शिवराज नगरपालिकाको चन्द्रौटामा बसाईसराई भयो । उनी चन्द्रौटाकै पुजा पौडेलसँग उनी २०७२ असार १ गते वैवाहिक बन्धनमा बाँधिए ।
केहि बर्षपछि एउटा छोरीको जन्म भयो । शिवराज नगरपालिकामा विगत ४ बर्षदेखि आइ.टी इन्जिनियर भएर उनको दैनिकी राम्रै चल्दै थियो । आजभन्दा करिब आठ महिना अगाडि दीपक बिरामी भए, चेकजाँच गर्दा उनलाई ब्रेन ट्युमर भएको ठहर भयो । यतिबेला उनको छोरी ८ बर्ष भएकी छन् । दीपकलाई बचाउन उनको परिवारले हरेक किसिमका प्रयास गर्दा पनि बचाउन असमर्थ भयो ।

अन्ततः उनको २०७८ असोज २७ गते मृत्यु भयो । त्यसपछि समय बित्दै गयो केही समय अघि एकल जीवन विताएकी पूजालाई पुनः विवाह गर्न घरपरिवार समक्ष प्रस्ताव आयो । सामाजिक परम्परागत परिबन्धले पुनः विवाह कसरी गर्न सकिन्छ भन्ने प्रश्न पनि परिवारमा बहसको बिषय बन्यो । पूजाको ससुरा घनश्यामले बुहरीको रूपमा आएकी पूजालाई सहज रूपमा स्वीकार गरे । उनले भने– “छोराको निधनपछि बुहारीको सामाजिक, मानसिक, शारीरिक लगायत हरेक दृष्टिकोणले सहज रूपमा लिएर परम्परागत मूल्य मान्यतालाई थाती राख्दै बुहारीको पुनः विवाह गर्ने निर्णय हामीले गरेका हौँ ।”

श्रीमानको मृत्युपछि विधुवा भएका महिला आजीवन विधुवा नै बस्ने हिन्दु मान्यता छ । यसै त समाजमा महिला आजीवन विधुवा बस्ने परम्परागत रुढीबाढी चालचलनलाई तोड्दै समाजमा परिवर्तन गर्न श्रीमानको मृत्युपछि विधुवा बस्न बाध्य नहुने गरी विवाह गरिएको छ । महिलाले चाहे अनुसारे विवाह गर्न सक्ने स्थानीय सामाजिक अगुवा दिलिप कुमार यादवले बताए ।

बुहारीको रूपमा भित्रिएका नारीलाई उनीहरूको इच्छा विपरीत कार्य गर्न नहुने बताए । हरेक अभिवावकले घरमा ल्याएका बुहारीलाई छोरीको स्थान दिन आवश्यक रहेको उनको भनाइ छ । बुहारीलाई माग्न आएको प्रस्तावलाई स्वीकार गर्दै रूपन्देही रानीबगियाका दीपक पौडेलसँग गत असार २ गते चन्द्रौटामै आफ्नै घरमा हिन्दु परम्परा अनुसार विवाह गरी विदाई गरिएको घनश्यामले बताए ।

पूजा र दीपक पुनः विवाह पश्चात् जोडी खुसी रहेको पारीवारिक स्रोतले जनाएको छ । श्रीमानको मृत्युपछि विधुवा भएको महिलालाई विवाह गर्ने यो कपिलवस्तुमै तेस्रो विवाह भएको मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ता विष्णु प्रसाद खतिवडाले बताए । समय परिवर्तनशील भएका कारण अवस्थानुसारको व्यवस्था हुन आवश्यक रहेको बताउँदै उदाहरणीय कार्य गरेको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?