Butwal Today

खोलाले बगाउँदा एकजनाको ज्यान गयो

३ श्रावण २०८१, बिहीबार
अ+
अ-

सुर्खेत, ३ साउन ।

रुकुम पश्चिममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका– १२ निवासी ५५ वर्षीय चन्द्रे पुन रहेका छन् । खोला तर्ने क्रममा एक्कासी बाढी आएपछि पुनलाई खोलाले बगाएको हो ।

स्थानीय काफलचौर खोला तर्ने क्रममा आज बिहान बगेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरी नायव उपरिक्षक नवराज पोखरेलका अनुसार स्थानीयलाई खोलाले बगाएको सूचना प्रहरीमा दिएपछि प्रहरीको टोली उक्त घटनास्थलसम्म पुगेको थियो ।

‘खोलाले बगाएको सूचना पश्चात् इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक नवीन मरासिनीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो’ पोखरेलले भने, ‘प्रहरीको टोलीले् खोजी गरेपश्चात शव फेला परेको थियो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?