ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल

३ श्रावण २०८१, बिहीबार
३ श्रावण २०८१, बिहीबार

बुटवल, ३ साउन ।

विपक्षमा दुई तिहाइ भन्दा धेरै मत हुँदा र सहज तरिकाले राजीनामा दिन सुझाउँदा समेत लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले अस्वभाविक अटेर गरिरहेका छन् ।

प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले, दोस्रो ठूलो दल नेपाली कांग्रेसका नेताहरूले माथिको नयाँ समीकरण बन्दा साथ मुख्यमन्त्री महरालाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले त दुईपटक सम्म भेटेरै मुख्यमन्त्री महरालाई यस्तो सुझाव दिइसकेका छन् ।

तर मुख्यमन्त्रीले कहिले के कहिले के भन्दै अटेर गरिरहेको नेताहरूको प्रतिक्रिया छ । अनौपचारिक छलफलका क्रममा मुख्यमन्त्रीले केही भुक्तानी दिनुपर्ने दिएपछि, केही सरुवा बढुवाका फाइल अगाडि बढाएपछि छाडिहाल्नु भन्दै प्रतिक्रिया दिने गरेको स्रोतले बताएको छ ।

महराको त्यो भनाइ र स्रोतको दाबीलाई बल पुग्ने गरी कर्मचारी सरुवाको निवेदन माग गर्दै हतारो सूचना सार्वजनिक भएको छ ।

यसअघि कम्तीमा एक महिनाको समयावधि दिएर निवेदन पेश गर्न सूचना जारी हुने गरेकोमा यसपटक सात दिनको मात्रै समय दिइएको छ । (हेर्नुस् सूचना) ।

माओवादी यो सदनमा तेस्रो दल हो । सभामुख सहित माओवादीका ११ सांसद मात्रै छन् । एमालेका २९, कांग्रेसका २७ सांसद छन् । ८७ सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ । तर अब माओवादी संग जम्मा १३ जना सांसद साथमा छन् ।
यो हालतमा हुँदाहुँदै पनि मुख्यमन्त्री महराले राजीनामा दिएर सहज बनाउनतिर लागेका छैनन् ।

दोस्रो ठूलो दल कांग्रेसमा को सिनियर र कसको नेतृत्वमा एमाले नेतृत्वको सरकारमा जाने भन्नेमा केही विवाद छ । तर त्यो पनि समाधानउन्मुख भएको नेताहरु बताउँछन् । अम्बिका काफ्लेले समर्थन फिर्ता लिएको मितिले यहीँ साउन ७ गते ३० दिन पुग्छ ।

लुम्बिनीमा नयाँ सरकार गठनका लागि राजीनामा दिएर सहयोग गर्न एमालेले मुख्यमन्त्री जोखबहादुर महरालाई र सहजीकरणका लागि प्रदेश प्रमुख अमिक शेरचनसँग दुई पटक अनुरोध गरिसकेको छ । महरा एमालेसहितको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सरकारमा सहभागी जसपा नेपालले असार ९ गते र एमालेले असार २० गते समर्थन फिर्ता लिएपछि महरा अल्पमतमा परेका छन् । केन्द्रमा भएको सरकार गठनको अवस्थाअनुसार अहिले ८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा माओवादीका १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक÷एक गरी १२ मत मात्र देखिएको छ । अन्य साना दललले अब बन्ने सरकारालाई समर्थन गर्ने जानकारी दिएका छन् ।

स्पष्ट अल्पमतमा परेपछि लुम्बिनी प्रदेश सभाका एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले २५ गते नै मुख्यमन्त्रीलाई जानकारी पत्र बुझाउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । त्यसको भोलिपल्ट प्रदेश प्रमुख अमिक शेरचनको सचिवालयमा पुगेर पनि जानकारी पत्र बुझाएका थिए ।

लुम्बिनी प्रदेशमा एमालेका २९ सदस्य छन् । कांग्रेसका २७ जना छन् । दुई दलको मात्र जोड्दा ५६ पुग्छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेश सभा सदस्य आवश्यक पर्छन् । ठूला दलले सरकार बनाउने भएपछि प्रदेशका राप्रपा, नागरिक उन्मुक्ति, लोसपा, जनमत, जसपा, जसपा नेपाल लगायतका दलले पनि एमाले कांग्रेसको सरकारलाई समर्थन गर्ने जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?