ट्रेंडिंग:

>> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए

लुम्बिनीका धनाढ्य सांसदको लोभः उपचारबापत बुझे २३ लाख, ३ हजार रुपियाँ पनि छोड्दैनन् माननीयहरु

३ श्रावण २०८१, बिहीबार
३ श्रावण २०८१, बिहीबार

बुटवल, ३ साउन ।

लुम्बिनी प्रदेशसभाका सदस्यहरुले उपचार खर्चबापत एक वर्षमा २३ लाख भन्दा बढी रकम राज्य कोषबाट खर्चिएका छन् । राज्यकोषबाट उपचार खर्च बुझ्नेमा निजी गाडी र घर हुनेहरुदेखि लिएर स्वकिय सचिव राख्नेसम्मका छन् । स्वास्थ्य उपचार खर्च लिनेमा बहालवाला र पूर्वमन्त्रीहरु पनि छन् ।

प्रदेश सभा सचिवालयका अनुसार प्रदेशसभाका सदस्यहरुले आर्थिक वर्ष २०८१÷८१ मा उपचार खर्च बापत २३ लाख ३५ हजार रकम बुझेका हुन् । यसरी उपचार खर्च बुझ्नेमा ३० जना सांसद छन् ।

उपचार खर्चबापत सबैभन्दा बढी रकम पर्यटन, उद्योग तथा सहकारी मन्त्री खड्ग बस्नेत छन् । सुविधासम्पन्न आफ्नै घरमा बस्ने र निजी गाडी चढेर हिंड्ने उनले आर्थिक वर्ष २०८०–०८१ मा प्रदेशसभाबाट उपचार खर्चबापत ४ लाख १४ हजार ८५६ रुपियाँ बुझेका छन् । उनी नेकपा माओवादीबाट विद्रोह गरी स्वतन्त्र चुनाव लडेर विजयी भएका थिए ।

त्यस्तै अर्का प्रदेशसभा सदस्य देवीप्रसाद चौधरीले पनि प्रदेशसभाबाट उपचार खर्चबापत ७७ हजार ४२३ रुपियाँ बुझेका छन् । नेपाली काँग्रेसका समानुपातिक सांसद चौधरी रुपन्देहीको मायादेवी गाउँपालिका–८ निबासी हुन् । उनले माछापालनदेखि लिएर विभिन्न क्षेत्रमा लगानी गरेका छन् भने सम्पन्न परिवारमा छन् ।

त्यस्तै अर्का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले पनि उपचार खर्च बापत ७७ हजार ६०० रुपियाँ बुझेका छन् । एमालेबाट प्रत्यक्ष निर्वाचित धनाढ्य मध्येमै गनिने श्रेष्ठको बुटवलमा आफ्नै घर छ ।

त्यस्तै गैरसरकारी संस्थामा क्रियाशिल रहँदै आएकी लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेलबासेले पनि उपचार खर्च बापत ३० हजार ६८६ रुपियाँ बुझेकी छन् ।  उनले निजी गाडी पनि किनेकी छन् । बेलबासे लोकतान्त्रिक समाजवादी पार्टीबाट समानुपातिक प्रदेशसभा सदस्य बनेकी हुन् ।

कानुन बमोजिम बिल सहित उपचार खर्च माग गरेमा उपलव्ध गराउने गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी सम्झना सुवेदीले जानकारी दिइन् । ‘विभिन्न रोगको उपचार गरेको भनेर सांसदहरुले बिल ल्याउनु हुन्छ, हामीले बिलका आधारमा भुक्तानी दिने गरेका छौं”–उनले भनिन् ।

लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य छन् । एकजना प्रदेशसभा सदस्यले उपचार खर्चबापत एक आर्थिक वर्षमा ५ लाख रुपैयाँसम्म लिन पाउने प्रदेश सभाको कार्यविधिमा व्यवस्था छ । आर्थिक रुपमा सक्षम सांसदले पनि लिएका छन्, आफैँ उपचार गर्न समस्या हुनेले पनि लिएका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार यसरी उपचार खर्च लिने सांसदहरुको सांख्या ३० छ । प्रदेशसभा सदस्यहरु अब्दुल रज्जाक गद्दी ६१ हजार ६ सय, मिनाकुमारी श्रेष्ठले ६२ हजार ३९, गीता गुरुङले ८२ हजार ४८२, रेखाकुमारी शर्माले २१ हजार १७४, गिरीधारीलाल न्यौपानेले १ लाख २२ हजार ५ सय रुपियाँ उपचार खर्चवापत बुझेका छन् । धनलक्ष्मी श्रेष्ठले २ लाख ६ हजार २४०, यामबहादुर नेपालीले ६९ हजार ६ सय, सरिता पुनले ९४ हजार ६४, तुलसीप्रसाद चौधरीले ४० हजार २७६, निर्मलादेवी चौधरीले ३३ हजार ५८७, डिल्लीराज भुसालले २ लाख ६१ हजार ३२०, अम्बिका काफ्लेले ८७ हजार ३८७ रुपियाँ उपचार खर्च बुझेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस्तै, शान्ति लोधले १२ हजार ४११, रामजी प्रसाद घिमिरेले १५ हजार ६५८, जमुना ढकालले १ लाख २४ हजार ८२०, माया पुनले ४३ हजार ३४१, दीपेन्द्र पुन मगरले ४४ हजार ४७, लोककुमारी विकले ७६ हजार ३४४, जानकी न्यौपाने १७ हजार १५०, इन्द्रकुमारी गहतराजले २७ हजार ५६५, राजुप्रसाद श्रेष्ठले १ लाख १८ हजार ५०५ रुपैयाँ उपचारखर्चबापत बुझेको प्रदेशसभाका वरिष्ठ लेखा अधिकृत खिमबहादुर सुवेदीले जानकारी दिए । तारा थापाले १८ हजार ३९९ र मिनाकुमारी बोहराले ३ हजार १५० रुपैयाँ उपचार खर्च बुझेका छन् ।

तलबभत्ता खाने सांसदलाई उपचार खर्च दिन नहुने भन्दै यसको आलोचना हुने गरेको छ । तर वर्सेनि आलोचना हुँदै आएपनि प्रदेश सांसदहले उपचार खर्च लिन छाडेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?