Butwal Today

सर्पदंशबाट बालकको मृत्यु

२ श्रावण २०८१, बुधबार
अ+
अ-

नवलपुर, २ साउन ।

पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ६ भण्डारामा एक जना बालकको सर्पदंशबाट ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका ६ भण्डारा निवासी टोलकुमारी महतोको १४ बर्षीय छोरा आर्यन महतोको सर्पदंशबाट निधन भएको हो ।

आफ्नै घरमा खेल्ने क्रममा आर्यन महतोलाई प्रजाति नखुलेको सर्पले मंगलबार राति डसेको थियो ।

बालकको कावासोतीको कालीगण्डकी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा बाटोमै निधन भएको र शव मोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।