ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

बुटवल कोरा २०२४ को तयारी पुरा

२ सय बढी साईक्लिष्ट सहभागी हुदै
२ श्रावण २०८१, बुधबार
२ श्रावण २०८१, बुधबार

बुटवल, २ साउन । साईकलमार्फत पर्यावरण जोगाउने र पर्यटन प्रर्वद्धनको उदेश्यका साथ बुटवलमा कोरा २०२४ हुने भएको छ । ‘साईकल चलाऔ, स्वस्थ्य र पर्यावरण जोगाऔ’ भन्ने मुल नारासहित बुटवल साईकल ग्रुपको आयोजनामा बुटवल युनाईटेड साईक्लिङ क्लब, साईकल सिटि बुटवल, ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लबको सहकार्य र मुख्य प्रायोजकका रुपमा जिटिए साईकल र मणिमुकुन्द कलेजको सहयोगमा साउन ५ गते सचेतनामुलक ‘बुटवल कोरा २०२४, माई कोरा च्यालेन्ज’ कार्यक्रम हुन लागेको हो ।

बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बुटवल साईक्लिङ क्लबका अध्यक्ष शिव चौधरीले बताए । कोरा शब्दको शाब्दिक अर्थ कुनै पनि पवित्र उदेश्यका साथ आफनो क्षेत्रमा रहेका धार्मिक पर्यटकिय स्थलहरुको दाहिने पारेर गोलाकार रुपमा साईकलमा एक फन्को घुम्ने भन्ने हुदा पनि त्यसै अनुसार रुपन्देहीका ३ पालिकाहरुको महत्वपूर्ण धार्मिक पर्यटकिय स्थलको परिक्रमा गरिने उनले बताए । यसैगरि कार्यक्रममा नै विभिन्न साइकल इभेन्ट समेत आयोजना हुने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश साईक्लिङ संघका अध्यक्ष स्वस्तिक श्रेष्ठले केही अभियन्ताहरुबाट शुरु भई अहिले विश्वका अधिकास देशहरुमा यो हुने गरेको बताए । जुलाई २० तारिकका दिन विश्वभर नै यो महत्वपूर्ण साईकल रयाली पर्वको रुपमा मनाइदै आएको भन्दै कोरा साईकलमार्फत भातृत्व विकास र पर्यावरण संरक्षणको महत्वपूर्ण अभियान भएको बताए । साईकल साहसिक खेलका रुपमा रहेको भन्दै नया र युवा खेलाडी उत्पादन गर्ने गरि संघको योजना रहेको उनले बताए । कोरा कार्यक्रमबाट बुटवलबाट एक जना मृगौला ट्रान्सप्लान्ट गरेकी भैरहवाका आयुषा पाण्डेलाई नगद ४६ हजार रुपैया, नेपालगंज शाखामार्फत १० हजार रुपैया सहयोग गरेको उनले स्मरण गरे ।

कार्यक्रममा मणिमुकुन्द कलेजका क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीले खेल विकासमा सरकारसंगै नीजि क्षेत्रको लगानी जरुरी रहेको बताए । विगत लामोसमयदेखी कलेजबाट भलिबल, बास्केटबल, साईकलका विभिन्न ईभेन्टमा सहकार्य गरेको भन्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । विद्यार्थीहरुमा शैक्षिकसंग खेलकुद महत्वपूर्ण पाटोका रुपमा हुने उनको तर्क थियो । यसवर्ष कोरामा दुई सय ५० बढी साईक्लिष्टहरु सहभागी हुने कार्यक्रम आयोजनाका गर्न विभिन्न ब्यवसायीक प्रतिष्ठान, खेलप्रेमी तथा सामाजिक संघसंस्थाहरुबाट सहयोग भएको छ ।

कार्यक्रममा क्लबका उपाध्यक्ष चन्द्र सुवेदी, सचिव धनु जिसीले मणिमुकुन्द कलेजबाट शुभारम्भ भएर श्रृगेश्वरधाम, योगीकुटी, मिलनचोक, हिलपार्क, चरङे, धागोकारखाना, कालिका कलेज, योगीकुटी तपाहा, शंकरनगर बनबाटिका, मणिग्राम, गरगरे, फर्साटिकर, नरेनापुर मन्दिर, पिसपार्क ढवाहा, जितगढी किल्ला, जलबिनायक मन्दिर, दुर्गामन्दिर, गोलपार्क, ट्राफिक चोक, कालिकापथ हुदै योगीकुटी पुनः मणिमुकुन्द कलेज परिसरमा कार्यक्रम समापन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?