Butwal Today

नवलपुरमा पुलबाट खसेर एकको मृत्यु

२ श्रावण २०८१, बुधबार
अ+
अ-

नवलपुर, २ साउन ।

पूर्वी नवलपरासीको कावासोतीमा पुलबाट खसेर एक जना पुरुषको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बुधबार विहान कावासोती १४ र १७ को सिमानामा पर्ने अघरीघाट पुलबाट खसेको अवस्थामा एक जनाका पुरुषको शव भेटिएको हो । कावासोती १७ ढोकी निवासी २७ बर्षीय डिल्लीराम महतो हिजोदेखि घरबाट निस्केको र बुधबार विहान पुल मुनी मृत भेटिएको स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुगेको हो ।

प्रहरीले अहिले घटनाको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पतालमा लेराइएको प्रवक्ता पौडेलले जानकारी दिए।