ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

भूकम्प पीडितको समस्या समाधान गर

२ श्रावण २०८१, बुधबार
२ श्रावण २०८१, बुधबार

सोमबार राति रुकुम पश्चिमको आठबिसकोटमा बाढी र पहिरोले मानवीयसँगै भौतिक रूपमा ठूलो क्षति पुयाएको छ । भूकम्पपछि बनाइएको अस्थायी टहरामा बाढी पस्दा तीनजना बालिकाहरूको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । भुकम्प पीडितको घरमा पीडामाथि पीडा थपिएको छ । आठबिसकोट नगरपालिका–१२ झिमचौरमा माथिबाट आएको झिमचौर र तातोपानी खोलाको बाढीले स्थानीय शेरबहादुर पुनको अस्थायी टहरा बगाएको थियो । उनको घरमा ७ जना बसिरहेका थिए । ७ मध्ये तीनको मृत्यु भएको हो । पुनको घर गत कार्तिकमा गएको जाजरको भूकम्पमा परेर ध्वस्त भएको थियो । उनीमात्र हैन उक्त गाउँका अधिकांशको घर भूकम्पले भत्काएको थियो । अहिले अस्थायी टहरामा उनीहरू बसिरहेका थिए । जाजरकोट र रुकुम पश्चिममा सात महिनाअघि शक्तिशाली भूकम्प गएको थियो । सरकारले भुकम्प प्रभावितलाई राहतको घोषणा गरेको भएपनि अझैपनि करिब ५० हजार जनताले प्रभावकारी राहत पाउन सकेका छैनन् । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको १८ घण्टामै भूकम्पमा परेका, थिचिएकाहरूको उद्धार हुनु सुखद विषय थियो । तर उद्धार भएकालाई राहत दिन नसक्नु सरकारको लाचारीपन हो । भुकम्पको सात महिना वितिसक्दा पनि जनता अहिलेपनि खुला आकाशमुनि बस्न बाध्य छन् । ज्येष्ठ नागरिकले औषधि पाउन सकेका छैनन् । बालबालिका झाडापखाला लगायतका महामारीको त्रासमा छन । सात महिना अघिको घाउमाथि पुनः प्रकृतिले नुनचुक छर्किएको छ । भूकम्प प्रभावितको अवस्था बुझ्न राष्ट्रपति रामचन्द्र पौडेल, तत्कालीन सरकारका मन्त्रीहरू, विभिन्न पार्टीका नेतादेखि उच्चपदस्थ नेता जाजरकोट र रुकुम पश्चिम पुगेपनि त्यहाँका भूकम्पपीडितहरू अहिलेपनि भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । भुकम्प पीडितलाई छिमेकी मुलुक भारत र चीनले समेत राहत उपलब्ध गरायो तर सरकारले उनीहरूका लागि अहिलेसम्म अस्थायी आवाससम्म बनाएर वितरण गर्न सकेको छैन । बिडम्वना के छ भने एकद्वार सहयोग वितरणका नाममा सरकारले प्राप्त सहयोग र सामग्री धेरै समयसम्म थन्क्याएर राख्यो । जसका कारण चामल लगायतका खाद्य सामाग्री कुहिने अवस्था उत्पन्न भयो । सरकारले पीडितका नाममा दुई महिनासम्म अन्तर्राष्ट्रिय समुदायसंग मागेको माग्यै ग¥यो । तर पीडितको घरमा अहिलेसम्म राम्रोगरि न चुल्हो बलेको छ, न त शरीर ढाक्ने कपडा नै सहयोग पाएका छन् । यस विषयमा नयाँ सरकार गम्भीर हुनुपर्छ । जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पमा परी हजारौं व्यक्तिहरू अझैपनि विस्थापितकै अवस्थामा छन् । त्यसमाथि प्रकृतिले पनि त्यही भुकम्प पीडितको अस्थायी टहरामा क्षति पुयायो ।

विस्थापितलाई राहत र पुनस्र्थापना अहिलेको अहम् आवश्यकता हो । यतिखेर त्यहाँका बासिन्दाका लागि सहानुभूति होइन, तत्काल राहत र पुनस्र्थापनाको खाँचो छ । प्रकृतिबाट बज्रपात भोगेका पीडितहरूलाई सरकारले नै छिटोभन्दा छिटो व्यवस्थापन गर्नुपर्छ । पीडितहरूलाई झन् पीडित हुने अवस्था कुनै हालतमा पनि आउन दिनुहुँदैन । अहिले नेपालमा नयाँ सरकार बनेको छ । नयाँ सरकारको पहिलो प्राथमिकता भुकम्प पीडितको दिर्घकालीन व्यवस्थापन र सोमबार राती गएको पहिरोमा परि ज्यान गुमाएका परिवारको लागि सहयोग हुनुपर्दछ । अहिलेपनि भुकम्प पीडितलाई ठूलो सहारा र आधारको खाँचो छ । त्यो आधार र सहारा भनेकै सरकारी स्तरबाट दिनुपर्ने उचित राहत र गर्नुपर्ने पुनस्र्थापनाको विषय हो । सरकारी स्तरबाट राहत र पुनस्र्थापनामा जुन तदारुकता देखाउनुपथ्र्यो त्यो देखिन सकेको छैन् । यसले उनीहरू झन् दुःिखत हुनुपर्ने अवस्था सिर्जना भएको छ । यसै त उनीहरू मानसिकरूपमा बिक्षिप्तजस्तै छन्, त्यसमा पनि पहिरोको त्रासले पीडामाथि पीडा थपिएको छ । नागरिकहरू संकटमा पर्दा सरकारले कुशल अभिभावकत्व दिनुपर्छ । यस्तो संकटको बेलामा सरकारले संरक्षकत्व दिन सकेन भने त्यस्तो सरकारको कुनै औचित्य रहँदैन । त्यसैलेपनि सरकारले जाजरकोट र रुकुम पश्चिममा भएको बिपद्बाट आहत जनतालाई राहत प्रदान गर्न सकोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?