Butwal Today

बाबुले कुकुर मारे, छोराले बाबु

२ श्रावण २०८१, बुधबार
अ+
अ-

जिल्ला प्रहरी कार्यालयका डीएसपी बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई कुटेर मारेको निहुँमा बाबुछोराको झगडा भएको थियो ।

‘कुकुरलाई कुटेको निहुँमा झगडा हुँदा निराजनले ढुंगाले टाउकोमा हानेको र बुवाको घटनास्थलमै मृत्यु भएको पाइयो’, पौडेलले बताए ।

प्रहरी टोलीले छोरा निराजनलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।