ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि

२ श्रावण २०८१, बुधबार
२ श्रावण २०८१, बुधबार

बुटवल, २ साउन । समिक्षा ज्ञवाली, रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मणिग्राम स्थायी बासिन्दा हुन । सैनामैनामा रहेको कालिका आधारभुत विद्यालयमा दृष्टिविहीन राहत कोटामा अध्यापन गराउँदै आएकी उनी शिक्षक सेवा आयोग मार्फत प्रतिष्पर्धाबाट प्रावि तहको स्थायी शिक्षकमा नाम निकालिन् । पूर्ण दृष्टिविहिन रहेकी उनी गत चैत २६ गते शिक्षा विकास तथा समन्वय एकाई रूपन्देहीबाट स्थायी शिक्षकको रूपमा सिफारिस भएकी हुन् ।

अहिले मर्चवारी गाउँपालिका वडा नम्बर ३ मा रहेको सिसै सेमरा आधारभूत विद्यालयमा अंग्रेजी विषय अध्यापन गराउँदै आएकी उनि त्यहाँ घरभाडामा लिएर आफ्नो आमासँगै बस्दै आएकी छिन् । विद्यालयमा उनी अंग्रेजीको साथै हिन्दी भाषा प्रयोग गरेर अध्यापन गराउँदै आएकी हुन् । नेपाली भाषा कुनै पनि विद्यार्थीले नबुझ्ने भएको कारण उनी हिन्दी भाषा प्रयोग गर्दछन् ।

रूपन्देहीको दक्षिणी क्षेत्र, पूर्ण दृष्टिविहिन भएको कारण सुरक्षाको कारण पनि उनी आफ्नो आमालाई साथमा लिएर बस्दै आएकी हुन । अन्य पहाडी समुदायिका व्याक्तिहरू नभएको नेपाली भाषा प्रयोग मा नै नआउने भएको कारण उनी यो समस्या झेल्न बाध्य भएकी हुन ।
उनि सहित ४ जना दृष्टिविहिनभएका व्याक्तिहरूलाई गत चैत २६ गते शिक्षा विकास तथा समन्वय एकाई बाट नियुक्ती सिफारिस भएपनि सुरक्षाको कारण अन्य कारण देखाउँदै पालिकाले असार २९ गते मात्रै हाजिर गराएको थियो । उनि भन्छिन्–‘हाम्रो लागि चुनौति छ, समस्या धेरै छन्, यो विषयमा कहीँ कतै बाट सहयोग भएन ।’

पूर्ण दृष्टिविहिन उनी विद्यालयको सिडीबाट लडेर खुट्टाको लिगामेन्ट च्यातिएको कारण १५ दिन प्लाष्टर लगाएर बस्न बाध्य भईन भने थप १० दिन उनी प्लाष्टर लगाएर नै विद्यालयमा गएर अध्यापन गराएको तितो अनुवभ ३ महिनामा नै रहेको बताउँिछन् । अपाङ्गता मैत्री विद्यालयको कुरा कल्पना मात्रै रहेको भन्दै उनी विद्यालयको संरचना समेत सहज नभएको कारण सिँढीबाट लडेर घाईते भई उपचार गरेको बताएकी हुन ।
उनी जस्तै रूपन्देही जिल्लाबाट अपाङ्गता कोटामा नाम निकालेका ४ जना सबै अहिले जिल्लाको विकट मानिएको मर्चवारी नगरपालिकाका विभिन्न विद्यालयमा अध्यापन गरिरहेका छन् ।

जिल्लाको सदुरमुकाम देखि टाढा, भाषाको समस्या साथै उनीहरू भाडामा बस्ने घर समेत नभएको कारण कयौं दुःख पाएको बगौली माविमा शिक्षकको रूपमा कार्यरत रेहका पूर्ण दृष्टिविहीन टिकाराम घिमिरे बताउँछन् । उनका अनुसार आफूहरूलाई पायक पर्ने स्थानमा घरपायक मिलाईदिनको लागि जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुख लगायतसँग पटक पटक आग्रह गरेपनि अन्त्यमा मर्चवारी नै पारिएको गुनासो गरे ।

नेपाली भाषा, अंग्रेजीमा ज्ञान भएपनि मर्चवारी क्षेत्रमा बोलीने अवधी भाषाको ज्ञान नहुँदा विद्यालयमा अध्यायपन गराउन समेत समस्या भएको घिमिरेको भनाइ रहेको छ । विद्यालयमा राम्रो शौचालय समेत नभएको कारण दृष्टिविहीन भएको व्याक्ति लाई साह्रै समस्या भएको उनको भनाइ छ । उनी भन्छन्–‘हामी आँखा देख्दैनौ, शौचालय पनि राम्रो छैन, गाउँमा बस्नको लागि कोठा समेत पाउन मुस्कील प¥यो, आफूले खाना नपाएका र बाहिर खाउँ नत भन्दा होटल नै गाउँमा छैन ।’

उनले अपाङ्गता त्यसमा पनि पूर्ण दृष्टिविहिन भएको कारण विद्यालयमा जान आउनको लागि समेत समस्या भएको रूपन्देहीको तिलोत्तमा नगरपालिका चारनम्बर घर भएका उनी सोही विद्यालय देखि केही मिटरको दुरीमा भाडामा बस्दै आएका छन् । आफू लगायत अपाङ्गता भएका व्यक्तिहरूले धेरै दुःख पाएको भन्दै उनले सोही अनुसारको घरपायक मिलाईदिनको लागि स्थानीयदेखि केन्द्र सम्म कुरा उठाएको बताए ।
सुरुवातमा जिल्ला शिक्षा विकास तथा संमन्वय एकाई बाट नियुक्ती सिफारिस लिएर जाँदा पालिकाले हाजिर नै नगराएको, पछि विद्यालयले समेत आनाकानी गरेको तितो यर्थाथ रहेको उनको भनाई रहेको छ ।

एनिहरू जस्तै पार्वती केसी, सन्दीप भट्राई, राजेन्द्र डाँगी सबै अपाङ्गता कोटा बाट नाम निकालेका सबै मर्चवारी गाउँपालिकाका विद्यालयमा सिफारिस भएका हुन । राजेन्द्र डाँगी अल्पदृष्टिविहीन हुन भने अन्य सबै पूर्ण दृष्टिविहिन हुन । राजेन्द्र जनकल्ण मावि, सन्दीप थर्ति मावि, समीक्षा सिसै सेमरा आधारभुत विद्यालय, पर्वती जनता मावि, टिकाराम बगौली मावि मा अध्यापन गराउँदै आएका छन् ।
यता, शिक्षा विकास तथा समन्वय एकाई रूपन्देहीका प्रमुख माधव बन्जाडेले दृष्टिविहिन भएका व्यक्तिहरूको लागि जवरजस्ती दुर्गम क्षेत्रमा नपारिएको बताउँछन् ।

शिक्षक सेवा आयोगले लिएको परिक्षामा प्राप्तांकको आधारमा मेरिट लिष्ट प्रकाशन हुने र सोही बमोजिम सिफारिस हुने भएको कारण यो पटक ५ जना मध्ये ५ चै जना मर्चवार क्षेत्रमा परेको बताए । उनले रूपन्देहीको लागि मागेको कुल कोटामा अन्तीमबाट ५ जनाको मेरिट लिष्ट (प्रातांक) अनुुसार आएको कारण सोही अनुसारको सिफारिस भएको बुटवल टुडेलाई जानकारी दिए ।

उनले यो विषयमा भाषागत समस्या सहित अन्य विविध समस्या दृष्टिविहिन भएका शिक्षकले भोग्नुपरेको कुरा यथार्थ भएको भन्दै यो विषयमा संघीय मन्त्रालयमा समेत लेखेर पठाएको जानकारी दिए । अघिल्लो पटक शिक्षक सरुवा मापदण्डमा दृष्टिविहीन भएका वा अपाङ्गता भएका शिक्षकको हकमा घरपायक रोज्न पाउने गरी मापदण्ड आउने अपेक्षा गरेकोमा सोही बमोजिम नआएको कारण समस्या भएको प्रमुख बन्जाडेको भनाइ रहेको छ ।
नयाँ शिक्षा मन्त्री आएको सन्दर्भमा अब केही संसोधन सहित आएमा स्थायी शिक्षक सरुवा मापदण्ड अनुसार लेखीआएमा सहजीकरण गर्न आफू जहिले पनि तयार रहेको उनको भनाई रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?