ट्रेंडिंग:

>> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने

धातिवाङ्ग स्वास्थ्य चौकीः जिल्लाकै पहिलो पोषणमैत्री

१ श्रावण २०८१, मंगलवार
१ श्रावण २०८१, मंगलवार

अर्घाखाँची, १ साउन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा रहेको धातिवाङ्ग स्वास्थ्य चौकी पोषणमैत्री घोषणा भएको छ । जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले अर्घाखाँची जिल्लाकै पहिलो स्वास्थ्य संस्था घोषणा गरेका हुन् । धातिवाङ्गबाट सुरु भएको पोषणमैत्री गाउँपालिका, नगरपालिकासहित अर्घाखाँचीलाई नै पोषणमैत्री जिल्ला घोषणा गरिने जिल्ला समन्वय समितीका प्रमुख कोईरालले भने ‘अर्घाखाँचीलाई बालमैत्री जिल्लाको रूपमा पनि अगाडी बढाईनेछ।’ पोषणमैत्री स्वास्थ्य संस्था घोषणका लागि पोषण सम्बन्धी धातिवाङ्ग प्रतिवद्धता पत्र २०७९ मा गरेको १६ वटा सुचकहरूमा आधारीत रही गरेको प्रतिवद्धता अनुसार घोषणा भएको हो ।

वडाको स्वास्थ्य चौकीमा पोषण कर्नरको स्थापना, पोषण सम्बन्धि विभिन्न सूचनामूलक पोष्टहरू स्वास्थ्य संस्थामा प्रदर्शन, हरेक स्वास्थ्य संस्थाको २४ महिनासम्मका बालबालिकाहरूको नियमित वृद्धि अनुगमन गरेको ९५ प्रतिशतभन्दा माथि भएको, हरेक स्वास्थ्य संस्थामा स्तनपान सम्बन्धि पोष्टर टाँसेको, पूर्ण स्तनपान गराउने आमाहरू ९० प्रतिशतभन्दा माथि भएको, ६ महिनापछि थप खानेकुराहरू मातृशिशु तथा बाल्यकालीन पोषणको मापदण्डअनुसार खुवाएको ९० प्रतिशत भन्दा माथि भएकोले स्वास्थ्य संस्थालाई घोषणा गरिएको धातिवाङ्ग स्वास्थ्य चौकी व्यवस्थापन तथा सञ्चालक समितीका अध्यक्ष तथा वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

स्वास्थ्य संस्था भएको वार्डभित्र कुनैैपनि बालबालिका कुपोषण नभएको सुनिश्चित भएको, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत स्कुल जाने बालबालिकाले अर्धवार्षिक रूपमा जुकाको औषधि कम्तिमा ९५ प्रतिशतले खाएको, कम्तिमा ९५ प्रतिशत गर्भवती तथा सुत्केरी महिलाले २२५ चक्की आइरन फोलिक एसिड खाएको, ६ देखि ५९ महिनाका बालबालिकाहरूले अर्धवार्षिक रूपमा भिटामिन ए र १२–५९ महिनाका बालबालिकाहरूले जुकाको औषधि ९५ प्रतिशतले खाएको, स्वास्थ्य संस्थामा आउने सम्पूर्ण आमा तथा शिशुहरूलाई पोषण सम्बन्धि परामर्श दिएका, नागरिक बडापत्रमा पोषण कार्यक्रम समावेस हुनुपर्ने र अभिलेख तथा प्रतिवेदन तोकिएको बमोजिम भएकाले घोषणा गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेषकान्त घिमिरेले बताए ।

पाणिनी गाउँपालिकामा आगामी २०८२ असार मसान्तसम्ममा सबै वडाका स्वास्थ्य संस्थाहरू पोषणमैत्री बनाउँनका लागि गाउँपालिकाले निति तथा कार्यक्रम र बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए । उनले भने ‘स्वास्थ्य क्षेत्र सबैभन्दा महत्वपुर्ण हो, मानिस स्वस्थ्य भएमा गाउँपालिकाको विकास हुन्छ।’

घोषणासभामा गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल, कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीका प्रमुख छविन्द्र कोईराला, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिव नेपाली, पुर्व गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, वडा अध्यक्ष चन्द्रकान्त पौडेल, गुनाखर अधिकारी, काँग्रेसका का.वा. सभापति लिलापति पौडेल, एमालेका अध्यक्ष टामलाल पौडेल, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक रामप्रसाद घिमिरे, पोखराथोक स्वास्थ्य चौकी प्रमुख धुव्रराज घिमिरे, जनसेवा माविका प्रअ शालिकराम बेल्वासे, अमर आधारभुत विद्यालयका प्रअ हिमलाल पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

स्वास्थ्य संस्था पोषणमैत्री घोषणा गर्नका लागि भएका पहलहरू, सुचकहरू, प्रतिवद्धता, अवधारणाहरू पुरा गरेको प्रतिवेदन फोकल प्रर्सन हेमन्त घिमिरेले पेश गरेका हुन् । सोही अवसरमा धातिवाङ्ग स्वास्थ्य चौकीको लागि निशुल्क जग्गा दान गर्नुहुने तुल्सीराम पौडेलको परिवारलाई सम्मान गरिएको हो । धातिवाङ्ग स्वास्थ्य संस्था पोषणमैत्री घोषणा भएको प्रमाणपत्र पाणिनी गाउँपालिकाको कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले धातिवाङ्ग स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्नका लागि स्वास्थ्यकर्मीहरू मध्येबाट एक जना सम्पर्क व्यक्ति (फोकल पर्सन) को रूपमा तोकिएको, स्वास्थ्य संस्थामा पोषण विशेष सेवा दिनका लागि आवश्यक पोषण सम्बन्धी कम्तीमा एक् जना तालिम प्राप्त जनशक्ति उपलब्ध भएको, स्वास्थ्य संस्थामा खानेपानी तथा स्वच्छता सम्बन्धी निम्न पूर्वाधारहरू पुरा भएको मापदण्ड पुगेको हो ।

बच्चाको तौल लिने मेसिन, उचाई, लम्बाई लिने मेसिन, मुआक टेप उपलब्ध भएको तथा काम गर्ने अवस्थामा रहेको, पोषण विशेष सेवा प्रदान गर्नका लागि आवश्यक औषधि तथा सामग्रीहरूः भिटामिन ए क्याप्सुल, जुकाको औषधि, जिंक ट्याब्लेट, बालभिटा प्याकेट, आईरन फोलिक एसिड ट्याब्लेट, तयारी उपचारात्मक खाना (बहिरंग उपचार सेवा केन्द्रका लागि) को मौज्दात कम्तीमा एक महिनाको लागि उपलब्ध भएको, मासिक रूपमा कम्तीमा एक पटक स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बस्ने गरेको तथा पोषण सम्बन्धी छलफल भएको, पोषण सम्बन्धी विभिन्न सूचनामूलक सामग्रीहरू सेवाग्राहीले देख्ने स्थानमा प्रदर्शन गरिएको। यो सँगै निर्देशिकामा उल्लेख गरिएका विभिन्न अभिलेख तथा प्रतिवेदन फारमहरू पनि भरिएको हुनुपर्नेछ मापदण्ड छ ।

त्यस्तै पोषण सेवा गुणस्तर सुधार निर्देशिका २०७८ ले व्यवस्था गरे बमोजिमका पोषण सेवा गुणस्तर मूल्यांकन चेकलिष्टहरूको प्रयोग भएको, पोषण विशेष कार्यक्रमका सबै सेवाहरू उपलब्ध भएको, स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना भएको, आइमाम कार्यक्रममा स्पेयर स्ट्यान्डर्ड पुरा गरेको स्वास्थ्य संस्था भएसँगै धातिवाङ्ग स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्न पाणिनी गाउँपालिकाले असार २६ गते अनुमति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?