ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

हरायो मौलिकता !

३१ असार २०८१, सोमबार
३१ असार २०८१, सोमबार

पाल्पा, ३१ असार ।

माथागढी गाउँपालिका कसेनीकी माया राना उमेरले तीन दशक पुग्न लागिन् । सानो उमेरदेखि नै कृषि कर्ममा रमाएकी रानालाई आजभोलि निकै खल्लो लाग्ने गरेको छ ।

विगतलाई सम्झिदै खेतमा धान रोपाई गर्न ११ बजे खेतमा पुग्दा, हलीले खोकमा गोरु दौडाउँदा, आलीमा चिटिक्क परेर बसेका खेतारीलाई हिलाले हिलाम्मे बनाउँथे । सफा कपडा लगाएर रोपाई गर्न गएका खेतारीहरु क्षणभरमै हिलाम्मे हुन्थे । आपसमा हिलो छ्यापाछ्याप गरी धान रोपाई गरेको उनको मानसपटमा अहिले पनि ताजै छ । पानी परेको बखतमा कसैले स्यागू ओडेर त कसैले प्लाष्टिक कागज ओढेर रोपाई गर्ने चलन थियो ।

“रोपाई गर्दा खेतारीले गाउने गित पनि छुट्टै भाकाको हुन्थ्यो र यो गित अरु समयमा गाइँदैन थियो । बेग्लै रमाइलो हुन्थ्यो”–मायाको साथी खेम कुमारी घर्ती भन्छिन् । रोपाईमा माया पिरतीका साथै आर्थिक असमानता, ठुलो वर्गका समुदायबाट तल्लो वर्ग वा महिला व्यथाहरुका यथार्थ चित्रण असारे गितबाट व्यक्त हुन्थे । चरीले नौ भाका फे¥यो लपक्कै डालीमा बसेर) (पातली नानीलाई फरिया दिदा तीन बिसै ऋण लाग्यो) (असारै मासको दवदवे हिलो छि मलाई घिन लाग्यो) जस्ता गितहरु गाइन्थ्यो । यसरी गित गाउँदा दिन बितेको पत्तै हँुदैनथ्यो । खाजा पनि फुवा, सेल पुरी संग अचार अति मिठो हुन्थ्यो । खेतमा धान लगाउदा मात्र होइन बारीमा काम गर्दा समेत पाखुरा साटासाट हुन्थ्यो । रोपाई भ्याउँदा भ्याउँदै फेरी धान गोड्ने समय भएको उनले बिगतको सम्झना बताइन् ।

दिनभर हिलाम्मे भएर रोपाई ग¥यो । बेलुका मेलो सकिएपछि सफा पानीले हिलो पखाल्यो सालको पातको टपरीमा चामलको पुवा, कर्कलाको अचार, सेल, पुरी खायो, घर जाँदा झमक्क रात पथ्र्यो । घर जाँदा साना साना छोराछोरीहरुले आँगनको छेउँमा बसेर बाटो हेरि रहन्थे । आमाले खेतबाट ल्याइदिएको पुवा अचार खाएर बच्चाहरु भोक बिसाएर सुत्ने गरेका दिनहरु आज कथा जस्तै लागेको स्थानीय वाल कुमारी कुमाल बताउँछिन्

मानिस उनै हुन । दिन रात एउटै हो । सुर्य पुर्वबाट उदाउँछन् । समय एउटै हो तर के फेरियो के फेरियो ? विगत जस्तो वर्तमान छैन । नया पुस्ताले पुराना गित गाउनै जान्दैनन् । अर्कोतर्फ छिटो र सजिलोका लागि कृषिमा पनि यान्त्रिकरण समय बढ्दै गयो । त्यतिबेला हल गोरु नभएको घरै हुँदैनथ्यो । सबैले यसरी नै खेत रोप्ने हो । कही सम्पन्न परिवारमा पनि कृषिकै लागि भनेर हरोवा चरोवा राखेका हुन्थे । त्यतिबेला भनेको अर्कौ रमाइलो भएको हिम कुमारी कार्की बताउँछिन् तर आजभोलि ठिक त्यसको विपरित भएको उनले बताइन् ।

वैसाख सकिन नपाउँदै आकाशबाट झमझम पानी आउँदै थियो । ब्याड राख्यो जेठको अन्तिम सातामा रोपाई हुन्थ्यो । त्यसपछि धानमा झार गोड्ने हो । खेत गोडेर भ्याउँदा पर्वहरु सुरु हुन्थे । आज भोलि गोरु पाल्ने भन्ने नै छैन । गोरुको काम अव ट्रयाक्टरबाट हुन थाल्यो । अरिमो परिमोको चलनचल्ती हट्दै गयो । खेतारी ज्यालामा हो । फेरी जलवायु परिवर्तन हँुदा समयमा पानी पर्दैैन । हिजो गित गाएर रोपाई गर्ने पुराना पुस्ताहरु सबै हराउँदै गए । नया पुस्ताहरु शहर र विदेशतिर लागे । जसले गर्दा समय परिवर्तन भएको स्थानीय विमला डाला मगर बताउँछिन् ।

पहिले पहिले जस्तो के खाने, के लगाउने भन्ने छैन । जनसंख्या कम हुँदै गयो । ठुला ठुला जमिनका भागहरु साना साना ट्क्रामा बिभाजन भए । त्यतिबेला आम्दानी श्रोत पनि कृषि भन्दा अन्य विकल्प नै नभएकाले पैसा देख्न निकै कठिन भएकाले पनि अरिम परिमबाट समाज चलेको थियो । पुराना कुराहरु नयाँ पुस्तााई सुनाउँदा कथा जस्तै भएको स्थानीय कृष्ण कुमारी राना बताउँछिन् ।

यसरी रोपाई गर्ने परम्परा २०६२÷०६३ साल तिरबाट बिस्तारै हराउँदै गयो । विभिन्न परिस्थितिका कारण मानिसहरु गाउँबाट शहर पस्न लागे । यो समस्या माडी फाँटको मात्र होइन रामपुर, पुर्वखोला, सर्देवा, अर्गली कचल जस्ता फाँटहरुमा उस्तै समस्या रहेको स्थानीयहरु बताउँछन् । सबै कुरा एकपछि अर्को गर्दै हराउँदै गयो पहिले पहिले जस्तो छैन गाउँघरमा उर्वरा भूमीमा वनमारा र पातीले ढाक्न लागे । गाई भैसी चर्ने ठाउँमा वन्यजन्तुले डर लाग्दो भयो । समथर फाँटहरु अग्ला न अग्ला भवनहरुले भरिदै गए । अर्कोतर्फ आधुनिकीकरणले मानिसले दिनभरी लगाएर गर्ने काम मेसिनको प्रयोग गरी क्षणभरमै पूरा हुन थाले ।

पृथ्वीको जलवायु परिवर्तनका कारणले पनि पानीका मुहानहरु सुक्दै जानु समयमा आकासबाट पानी नआउनु जस्ता समस्या भएको पुर्वखोला इश्वरी खनाल बताउँछन् । पहिला पहिला खेति लगाउँदा सस्तो हुन्थ्यो । अब जति जति पछि भयो त्यति त्यति महङ्गो हुँदै गएपछि खेति गरेर भन्दा किनेर खानेको संख्या बढ्दै गयो । खेतमा काम सकिएपछि गोरुलाई नुवाइदिने हलीलाई अरु दिन भन्दा मिठो खान दिन पर्ने प्रचलन थियो । समयको विकाससंगै हाम्रो केही राम्रो मौलिकता, संस्कृति र परम्पराहरु हराउन पुगेको खनाल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?