ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु ग-यो व्यावसायिक उत्पादन

३१ असार २०८१, सोमबार
३१ असार २०८१, सोमबार

बुटवल ।

रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा आफ्नो उद्योग स्थापनासँगै इको नेपाल इनर्जी इन्डष्ट्रिज प्रा.लि.ले व्यावसायिक उत्पादन सुरु गरेको छ । औद्योगिक क्षेत्रमा फरक उदाहरणसहित पर्यावरण संरक्षणमा विशेष टेवा पुग्नेगरी रबरजन्य फोहरलाई पुनः प्रयोग गरी नयाँ उत्पादन गर्दै आएको छ ।

रोहिणी गाउँपालिका–१ स्थित सेज भित्र रहेको यस उद्योगले स्थानीय कच्चापदार्थमा आधारित फोहर र खेर गैरहेका रबरजन्य बस्तुहरु संकलनगरि औद्योगिक तेल, ब्ल्याक कार्वन तथा स्टिल तारहरु उत्पादन गर्दै आएको प्रा.लिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । यहाँ उत्पादन हुने फर्नेस आयल अर्थात पाइरोलाइसिस आयल सडक निर्माण, बिस्कुट उद्योग, सिमेन्ट कारखाना, स्टील कारखाना, सेरामिक उद्योग, ईट्टा कारखाना, हटवाटर जेनरेटर, हट एअर जेनरेटर आदिमा उपयोग हुँदै आएको श्रेष्ठले बताए । यस बाहेक प्रशोधनका क्रममा निस्कने बाइप्रोडक्टहरु ब्ल्याक क्याट ब्राण्डको ब्ल्याक कार्बन र स्टील तारहरु अन्य उद्योगहरुका लागि कच्चा पदार्थका रूपमा उत्पादन गर्दै आएको उनले बताए । उद्योगले आर्थिक लाभ मात्र नभई पर्यावरण संरक्षण तथा फोहर व्यवस्थापनमा समेत सहयोग गरेको श्रेष्ठको दाबी छ ।

हाल ५० जनालाई प्रत्यक्ष तथा २ सय जना बढीलाई अप्रत्यक्ष रुपमा रोजगार सिर्जना गरिहेको उद्योगको क्षमता निकट भविष्यमै वृद्धि गरिने अध्यक्ष श्रेष्ठले बताए । ‘रोजगार सिर्जना मात्र होइन, काम नलाग्ने भनेर फालिएका गाडीका टायर, ट्युब जस्ता रबरजन्य फोहर बस्तुलाई पुनः प्रयोग गरेर पर्यावरण सफा राख्न टेवा पुगेको छ ।’–उनले भने ।

सेज भित्र ११ हजार ५६९ दशमलव ५ स्क्वायर मिटर क्षेत्रफलमा अवस्थित उद्योगमा प्रतिदिन १० हजार लिटर तेल उत्पादन गर्न सक्ने २ वटा प्लाण्ट जडान गरिएको छ । उद्योगबाट उत्पादन हुने तेल साना–ठूला उद्योगहरु, रोड कन्सट्रक्सन आदिमा प्रयोग हुँदै आएकाले बजारको समेत समस्या नभएको उद्योगी श्रेष्ठ बताउँछन् । यसको गुणस्तर बजारमा पाइने अन्य फर्नेस आयल र हल्का डिजल भन्दा कम नभएको उनको दाबी छ । बजारमा पाउने अन्य उत्पादनभन्दा यस उद्योगको उत्पादन मुल्यका हिसाबले समेत सस्तो पर्न जाने उनको दाबी छ ।

उद्योगले उत्पादनका क्रममा उत्सर्जन हुने फोहरलाई समेत कम गर्न अत्याधुनिक मेशिन जडान गरेको छ । उक्त मेशिनको सहायताले फोहर मिश्रित कणहरुलाई पानीबाट अलग गरी उक्त पानीलाई पुनः प्रयोग गर्न सकिने बनाउछ । उक्त प्लाण्टको जडानसँगै उद्योगबाट कुनै पनि प्रदुषित पानी वा वायु उत्सर्जन नहुने दाबी गरिएको छ ।

यसैगरी उद्योगमा कार्यतर कर्मचारीहरुको सुरक्षालाई समेत विशेष ध्यान दिइएको छ । उत्पादनको दौरानमा मानवीय कमजोरी, हेलचेक्र्याइ वा विद्युत सर्ट सर्किटबाट प्लाण्टमा अत्यधिक ताप प्रसार भई हुनसक्ने बिष्फोट वा आगलागी जस्ता खतराबाट बच्न पिएलसी बेस प्लान जडान गरिएको छ । यसबाट सम्भावित खतरामा अटोमेटिक आलाराम वा हुटर बजेर अप्रेटर र सम्बन्धित कर्मचारीहरुलाई अलर्ट गर्ने आधुनिक प्रबिधि जडान गरिएको छ । यसको सन्देश मोबाइलमा समेत बज्ने प्रणालीको ब्यवस्थाले उद्योगको सुरक्षा ब्यवस्था अझै प्रभावकारी हुने दाबी गरिएको छ ।

इको नेपालले जस्तै अन्य निजी क्षेत्रहरु समेत लगानीका लागि तत्पर भए पनि सरकारले सो अनुसारको वातावरण निर्माण गर्न नसकेको उद्योगी श्रेष्ठ बताउँछन् । वर्गीकृत आधारमा उद्योगहरुको बिकास गर्न आवश्यक बित्तीय ब्यवस्थापनमा सरकार, निजी क्षेत्र, घरेलु बैंकहरुका बिचमा समन्वय र प्रतिवद्धता आवश्यक रहेको उनको तर्क छ । आयातित बस्तुहरुसँग हाम्रा उत्पादनहरुलाई सक्षम, प्रतिस्पर्धी बनाउन सरकारले प्रतिस्पर्धात्मक क्षमता मैत्री नीती बनाउनु पर्ने सुझाब दिन्छन् । यसैगरी रुग्ण उद्योगको स्पष्ट परिभाषा र तदनुसार उद्धारका उपायको ब्यवस्था गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?