ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

कपिलवस्तु पूर्ण खोप सुनिश्चित

३१ असार २०८१, सोमबार
३१ असार २०८१, सोमबार

कपिलवस्तु, ३० असार । कपिलवस्तु जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । अघिल्लो बर्ष घोषणा हुन नसकेर प्रदेशनै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश हुन नसकेको कपिलवस्तु जिल्लालाई लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र पुन मगरले तोकिएको सुचक पुरा गरे पछि सो घोषणा गरेका हुन । जिल्ला खोप समन्वय समिती कपिलवस्तुको आयोजनामा तौलिहवामा आयोजित कार्यक्रममा मन्त्री पुनले घोषणा सगै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।

खोप लगाएको सुनिश्चित गर्न खोज र खोप अभियान चलाएर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सफल भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले जानकारी दिए । उनले जिल्लाभरका जन्मिए देखी १५ महिना सम्मका १४ हजार ७ सय ८४ बालबालिका र १६ देखी ५९ महिनाका ३२ हजार १ सय ९९ गरि ४६ हजार ९ सय ८३ बालबालिकाको लाईनलिस्टिङ्ग गरिएको जनाए । जसमा १५ महिना मुनीका १३ जना र १६ देखी ५९ महिनाका ४ जना गरि १७ जनाले कुनै खोप नलाएको भेटिएको प्रष्ट्याए । त्यसै गरि १५ महिना मुनीका १ सय ५७ जना र १६ देखी ५९ महिनाका ६ सय २६ जना गरि ७ सय ८३ जनाले पुरा खोप नलगाएको भेटिएको उनले जनाए । ति बालबालिकालाई छुटेका १३ प्रकारको खोप पुरा गरिए सगै खोप सुनिश्चितताको बातावरण बनेको चौधरीले जानकारी दिए । अभियानकै कारण जिल्लाका सबै बालबालिकामा पूर्ण खोप सुनिश्चितताको बातावरण बनेको उनको भनाई थियो ।

अघिल्लो बर्ष कपिलवस्तुकै कारण प्रदेशनै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हुन नसकेको र यस बर्ष अन्तिम समयमा कपिलवस्तु घोषणा हुदाँ प्रदेश घोषणालाई बाटो खुलेको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र पुन मगरले बताए । उनले स्वास्थ्य क्षेत्रका सुचकहरू कमजोर रहेको बताउदै जिम्मेवार निकायलाई समयमै आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिए । बिजयनगर गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक यज्ञ भट्टाई र बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी पन्थीले आगामी समयमा घोषणाका कार्य समयमै हुनेमा बिश्वास दर्शाए । बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले आफ्नो नगरले घरमा हुने प्रसुती शुन्य घोषणा गरेको र पुर्ण पोषणमैत्री पालिका घोषणाको कार्यक्रम अन्तिम चरणमा पुर्याएको जानकारी दिईन । स्वास्थ्यमन्त्रीले स्थानिय तहको गुनासो सुन्न समय नदिएको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले बताए । स्वास्थ्यको सुचक पुरा गर्न कर्मचारी, जनप्रतिनिधी सगै नागरिक पनि उत्तिकै सचेत हुनु पर्नेमा उनको जोड् थियो । कपिलवस्तु जिल्ला स्वास्थ्यका धेरै सुचकमा पछाडी रहेकोले सबैको मेहनत आवश्यक रहेकोमा जिल्ला समन्वय समिती कपिलवस्तुका उपप्रमुख रमेश कुर्मीले जोड् दिए । जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएकोमा जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले सन्तोष व्यक्त गरे । बिगतमा भन्दा स्वास्थ्यका सुचकमा प्रगतीहरू घट्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे । कार्यक्रमलाई कतिपय पालिकाका स्वास्थ्य प्रमुखले चासो नदिएको भन्दै उनले गुनासो गरे । कार्यक्रममा जिल्लाका १० पालिकाका ७० जना ६० बर्ष पुरा भएका र स्वईच्छाले छोडेका राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई प्रमाणपत्र दिई बिदाई गरिएको थियो । त्यसरी स्वयंसेविकाबाट अवकास लिएकाहरूलाई प्रदेश सरकारले जनही ५० हजार रूपैया र जिल्लाले २० हजार गरि कुल ७० हजार प्रोत्साहन रकम सम्बन्धितको खातामा पठाईएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?