ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

ओली नेतृत्वको सरकार र अपेक्षा

३१ असार २०८१, सोमबार
३१ असार २०८१, सोमबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आईतवार प्रधानमन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री नियुक्त भएसंगै सरकारले गर्नुपर्ने कामको बिषयमा आमरूपमा चासो र चिन्ता सुरू भएको छ । ओलीको प्रधानमन्त्रीको रूपमा यो चौथो कार्यकाल अरू कार्यकालभन्दा श्रेष्ठ हुने आशा एवं विश्वास गरिएको छ । किनभने देशले धेरै दुःख भोगीसकेको छ । नेताहरूले पनि धेरै सवक सिकेको अवस्था छ । तसर्थ ओलीको प्रधानमन्त्रीको यो कार्यकाललाई सफल र प्रभावकारी बनाउनेतर्फ कुनै आनाकानी नहोस् । खासगरि नेकपा एमालेले मुलुक गंभीर अवस्थाबाट अघि बढेको अवस्थामा दूरगामी सोचका साथ आफ्नो नेतृत्वको सरकारलाई सफल बनाउने काममा कुनै कसर बाँकी नराखोस् । त्यसो त कांग्रेस र एमालेको यो गठबन्धन सरकारको कार्यभार पार्टीभन्दा पनि धेरै माथि छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसंगै अहिलेसम्मका अनुभव, उपलब्धि र त्यसका कमजोरीका बिषयमा समीक्षा गर्दै संविधान संशोधनमार्फत सुधारको प्रकृयामा अघि बढ्ने प्रतिवद्धता पूरा होस् । नयाँ सरकारलाई शुभकामना । नयाँ सरकारले विकास, समृद्धि र सामाजिक न्यायको आधारस्तम्भ खडा गर्न मुलुकमा राजनीतिक स्थायित्व अपरिहार्य हुने भएकोले सशक्त र प्रभावकारी ढंगले काम अघि बढाओस् । मुलुकका दुई ठूला दल नै सत्तामा भएकोले काम गर्ने हो भने कुनै असहज तथा बाधा अवरोध हुनेछैन । तसर्थ कसरी हुन्छ जनताको दूरगामी हित र भविष्यका लागि सरकारले काम गरोस् । संसद्को अहिलेसम्मको गणितले निम्त्याएको अस्थिरता र अनिश्चितताको भुमरीलाई चिर्न दुई दलले जसरी सहयात्रा अघि बढाएका छन, त्यसलाई किनारमा पु¥याउने दायित्व पनि कांग्रेस र एमालेलाई नै जान्छ । यो वा त्यो बहानामा अव काम नगर्ने छुट छैन । तसर्थ दुई दल सत्ताका लागि भन्दा पनि देश र जनताको हितमा एकताबद्ध भएर राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरेर अघि बढून् ।

कुनै पनि दल नेतृत्वको सरकारले सेवा प्रवाहमा जनतालाई सन्तुष्ट बनाउन नसक्दा चरम निराशा पैदा भई राजनीतिक दलप्रतिको भरोसा कमजोर बन्न पुगेको यथार्थलाई हामीले भुल्नुहुँदैन । विद्यमान अस्थिरताको सङ्कट अन्त्य गर्न प्रमुख शक्ति एक ठाउँमा उभिनुपरेको अवस्था मुलुकका लागि पनि सुखद हो । प्रजातान्त्रिक आदर्श बोकेको कांग्रेस र जनताको बहुदलीय जनवाद (जबज) चिन्तन अँगालेको एमालेबीचको सहकार्यले मुलुकले निकास पाउने आशा र विश्वास गरिएको छ । फरक राजनीतिक आदर्श र सिद्धान्त अँगालेका कांग्रेस र एमालेबीचको यसपटकको मिलनले राजनीतिक अस्थिरताको अन्त्यसँगै लोकतन्त्रको सुदृढीकरण, भ्रष्टाचार न्यूनीकरण, सुशासन प्रवद्र्धन र विकास निर्माणका कार्यले तीव्रता पाउने अपेक्षा गरिएको छ । राजनीतिक नेतृत्व सत्ता स्वार्थमा बढी लिप्त भएकै कारण एक वर्षमा तीनवटा सरकार फेरबदल भएको भन्ने आरोप खेपिरहेका प्रमुख दलबीच यसपटक भएको पछिल्लो सहकार्यले जनतामा बढेको निरासा साम्य पार्ने विश्वास गरिएको छ । सरकार चलाउने कुरामात्रै होइन, प्रणालीगत सुधारको पक्षमा दुवै पार्टी मिलेर गरिएको आह्वानले राष्ट्रिय सहमतिको मार्गलाई सहज तुल्याउने छ भन्नु अत्युक्ति हुँदैन । विगतमा एक–अर्कालाई प्रतिद्वन्द्वी र प्रतिस्पर्धी दलका रूपमा प्रस्तुत गर्दै आएका नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको यस पटकको सहकार्यलाई कतिपय राजनीतिक विश्लेषकले सत्ता स्वार्थबाट प्रेरित रहेको आरोप लगाइरहेका छन् । संसदका दुवै प्रमुख दल सत्तामा रहने कार्य संसदीय लोकतन्त्रको मूल्य, मान्यता र मर्मविपरीत भए पनि मुलुकको विषम परिस्थितिमा दुवै ठूला शक्ति एक ठाउँमा उभिनु देश र जनताका लागि हितकर छ भन्ने कुरा सवैले मनन गर्नु जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?