ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सीप सिक्नेको आत्मनिर्भर हुने धोको

३१ असार २०८१, सोमबार
३१ असार २०८१, सोमबार

बुटवल, ३० असार । बुटवल रामनगरकी टिका गुरुङ्गलाई सिलाइ कटाईको सीप सिकेर आत्मनिर्भर बन्ने धोका छ । उनले गत वर्ष सिलाइ कटाईको बेसिक र यो वर्ष एड्भान्स तालिम लिएकी छन् । तालिमले आफूलाई अब धेरै प्रकारका कपडाहरू सिलाउन सक्छु भन्ने आत्मविश्वास बढेको बताईन । गुरुङ्गले अब छिट्टै आफूले सिकेको कुरालाई व्यवहारमा लागू गर्नका लागि व्यवसायका टेर्लर सञ्चालन गर्न सोच बनाएको बताईन । उनी भन्छिन्–‘सिलाई कटाई समय अनुसार परिर्वतन त भई रहन्छ डिनाईनमा तर मुख्य कुरामा आफु बलियो बनियो भने जस्तो डिजाईनलाई पनि पछ्याउन सकिने बताईन । त्यहि आत्मविश्वासले नै मैले यो पेशालाई मेरो आर्थिक पाटोसँग जोडेर हेरेकी छु । यो सिकाईले मलाई आर्थिक रूपमा सबल बन्न पक्कै सहयोग गर्ने छ ।’

नवलपरासीकी राधाकुमारी गाहाले भर्खरै मात्र केयरगिभरको तालिम लिएकी छन् । बजारको मागलाई हेरेर आफुले तालिम दिएको बताईन । गाहाले बजार माग विनाका अध्यन्न जे जस्तो भए पनि स्वरोजगार बन्न गाह्रो अवस्था भएको बताईन । केही काम गरौं भने पनि अत्यन्त न्यून तलब जसले खान पनि नपुने यस्तै यस्तै अवस्था भोगिरहेकै बेलामा मैले सीप विकासबाट यो तालिम लिन पाए । केयरगिभिङ्ग अहिलेको बजारमा माग भएको विषय हो । सामान्य रूपमा भन्ने हो भने अहिलेको विदेशी मोह भएकाहरूका लागि त यो अत्यन्त महŒवपूर्ण । विदेश त्यो पनि इजराइल र जापानमा जाँदा यो सीप सिकेर जाने कसैले पनि दुःख पाउँदैनन । त्यसैले यो मेरो रोजाईमा परेको हो । त्यहाँ गएर काम गर्न सजिलो पैसा पनि धेरै कमाउन सकिने । त्यसका साथै यहि पनि विभिन्न विद्यालयमा, अस्पतालमा र बृद्धआश्रमहरूका पनि रोजगारीको अवसर हुने भएकाले पनि मैले सीप विकासले प्रदान गरेको तालिम लिएर दक्ष बनेको छु । अब कामको खोजी गरेर रोजगार बन्ने बाटोमा छु ।
रूपन्देहीको योगीकुटीकी विविसा पाण्डेयले गएको तीन महिना देखि ब्यूटीपार्लरको एडभान्स तालिम लिएकी छन् । उनी भन्छ्नि मेरो सानै देखिको राम्रो व्यतित्व हुनु पर्छ भन्ने सोच हो । मानिसको गुणसँगै सुन्दरता पनि महत्वपुर्ण हुन्छ त्यसैले पनि यो पेशा मेरो प्राथमिकतामा परेको हो ।
यसबाट मैले जीवनलाई आर्थिक रूपमा सबल बनाउने प्रण गर्दछु । यो व्यवसाय जहाँ जस्तो ठाँउमा पनि गर्न सकिने पछिल्लो पुस्ता युवतीहरू इसको लक्षित समुह हुन् उनीहरू जहाँ पनि हुन्छ र सिगांरलाई प्राथमिकतामा राख्ने भएकाले पनि यो सीप अत्यन्त बजारमा बिकाउ हुन्छ । यो मेरो रोजाईमा सबै घर परिवारको साथ छ । अब म चाडै नै व्यवसायीक रूपमा स्थानिपत हुने सोचमा छु । यो व्यवसायमा जति काम र अभ्यास गरिदै गयो त्यति नै अभ्यास्त भईछ । तालिम सीप विकासबाट लिदा अत्यन्त राम्रो भएको छ । सबै सामान सहित सिक्न पाउदा खुशी छु । बाहिर कतै सिकन परेको भए ७० हजार देखि १ लाख रुपियाँ सम्म खर्च लाग्दथियो ।
बुटवलको पथ्थरगञ्जकी मिना महत्राले सिलाईकटाईको एड्भान्स लिएर आफूलाई आर्थिक रूपमा बलियो बनाउने सोचमा छिन् । उनले सीप विकासबाट लिएको तालिम अत्यन्त राम्रो र जीवन परिर्वतनमा सहज हुने विश्वास व्यतm गरिन । पहिले बेसिक निजिबाट तालिम लिएकी महत्राले यहाँ धेरै सुविधाका साथमा आफुले तालिम लिन पाएकोले पनि धेरै ज्ञान भएको बताईन । अबका दिनमा तालिमलाई व्यवहारिक जीवनमा लागु गर्दै आर्थिक जोहो गर्ने उनको धोका छ ।

आईतबार बुटवलमा व्यवसायिक प्रशिक्षण केन्द्र बुटवलको आयोजनामा भएको वार्षिक समिक्षा कार्यक्रममा भेटिएका सहभागीले यस्तो बताएका थिए । श्रम तथा रोजगार बुटवल शाखाका उपसचिव कृण्णप्रसाद खनालले सीप सिकेर मात्रे नहुने भन्दै त्यसलाई दैनिनक जीवनमा प्रयोग गर्न सके मात्र त्यसको उपल्बधी देखिने भएकाले सबै प्रशिक्षर्थीहरूलाई दैनिक जीवनमा प्रयोग गर्दे आर्थिक उपार्जनमा लाग्न सके मात्रै केन्द्रको उदेश्य पुरा हुने विश्वास व्यतm गरे । व्यवसायिक प्रशिक्षण केन्द्र बुटवलका प्रमुख उर्मिला गुभाजुुले केन्द्रले सीप सिकेका सबैले आर्थिक उपार्जनलाई महत्व दिएर व्यवसाय बन्नुपर्नेमा जोड दिए । उनले तालिम मात्रै लिने र व्यवहारमा लागु भएन भने त्यसको प्रतिफल राम्रो नहुनी भन्दै त्यसका लागि सबैले आफनो जीवनलाई सार्थक बनाउन पनि सिकेका कुरा व्यवहारमा लगाउन अनुरोध गरिन । व्यवसायिक प्रशिक्षण केन्द्र बुटवलका शाखा अधिकृत सुमन पन्थले सीपले जहिले पनि व्यतिmलाई सफल र आर्थिक रूपमा सबल बनाउने भन्दै सिकेको सीपलाई वास्तविक जीवनमा प्रयोग गर्न अनुरोध गरे ।

व्यवसायिक प्रशिक्षण केन्द्र बुटवलका सुचना अधिकारी धनिश्वर पन्थीले वर्षभरीमा गरेका कामका बारेमा जानकारी दिदै केन्द्रले सीपमुलक कार्यक्रमम मार्फत स्वरोजगार बनाउने लक्ष्य लिएको बताए । उनले जनशक्ति र प्राविधिक नीतिगत समस्या हुदा पनि आफुहरूले सके सम्म उपलब्धीमुलक तालिमहरू सञ्चालन गरेको र आगामी वर्षका लागि पनि विभिन्न शिर्षकमा विद्यार्थीहरूको माग र बजारलाई ध्यानमा राखेर तालिमहरू आयोजना गर्ने जानकारी दिए । उनले स्वदेशी तथा विदेशी बजारमा प्रतिस्पर्धा गर्ने श्रमशक्ति विकास गरी बेरोजगारी अन्तय गर्ने निःशुल्क तालिमको लक्ष्य र उद्देश्य भन्दै व्यहारमा उतार्न सबै प्रशिक्षर्थीहरूलाई अनुरोध गरे ।

उनले व्यवसायिक प्रशिक्षण केन्द्र बुटवलले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिमका नवलपरासी, रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम, पुर्वीभाग, रोल्पा, प्यूठान, दाङ्ग, बाके, बर्दिया, हुम्ला, मुगु, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, सल्यान डडेलधुरा अछाम, डोटी, बाजुरा लयागतका ३१ जिल्लामा तालिम सञ्चालन बताए । व्यवसायिक तथा सीपमूलक तालिमका लागि सामान्य तया ८ कक्षा उत्तिीर्ण गरेको र १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनु पर्ने रहेको छ । त्यसैगरी आर्थिक वर्ष २०८१ ÷८२ मा विद्युत जडान आभारभुत, व्यूटिसियन आधारभुत, एडभान्स, सिलाइ आधारभुत र एड्भान्स, कम्यूटर आधारभुत, कुक आधारभुत, प्लम्बीङ्ग आधारभुत, सिकर्मी आधारभुत, डकर्मी आधारभुत, मन्टेश्वरी आधारभुत, केयर गिभर आधारभुत, इसी फ्रिज मर्मत आधारभुत फेशन डिजाइन आधारभुत, टायल्स एण्ड मार्वल नसरी एण्ड गार्डन व्यवस्थापन, एलेक्ट्रिक मोटर रिवाण्डीङ तालिम सञ्चालन हुने व्यवसाहिक प्रशिक्षण केन्द्रका अधिकृत पन्थीले जानकारी दिए ।

कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका नविनकिशोर गेरैले अब नयाँ खालका तालिमलाई सहभागीहरूले आफनो रोजाईमा पार्नु पर्नेमा जोड दिए । उनले जहाँ केहि जोखिम हुन्छ त्यहाँ अवसर पनि धेरै हुने भएकाले देश भित्र मात्रै नभएर विदेशमा बढी माग हुने विषयमा तालिम लिन सके विदेशमा पनि श्रम सजिलै बेचेर आम्दानी गर्न सकिने विश्वास व्यतm गरे । वार्षिक समिक्षा कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका सहसचिव धनकुमारी खनाल, व्यवसाहिक प्रशिक्षण केन्द्र बुटवलका भोजराज न्यौपाने, विभिन्न विषयका प्रशिक्षक,तालिममा सहभागी प्रशिक्षर्थी लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?