ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

संकटमा गैडा, चोरी शिकारी नियन्त्रण गर

३० असार २०८१, आइतबार
३० असार २०८१, आइतबार

नेपालमा पछिल्लोसमय बढ्दो चोरी शिकारीका कारण गैंडाको अस्तित्व संकटमा परेको छ । गैँडा संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गर्न विश्व वन्यजन्तु कोषले निरन्तर पहल गर्दै आएको छ तर गैंडाको संरक्षणमा भन्दा यसको चोरी तस्करीमा बृद्धि भैरहेको छ नेपालमा पाइने एकसिङे गैँडाको अस्तित्व त्यसैपनि खतरामा छ । नेपालका चार राष्ट्रिय निकुञ्जमा गैँडा पाइन्छन । खागकै लागि गैंडाको शिकार गर्ने क्रम बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा खाग सुनभन्दा महंगो मूल्यमा कारोबार हुने गर्छ । त्यसैले खागका लागि गैँडाको चोरी सिकार हुने गरेको छ । वन्यजन्तु र तिनका अङ्गहरूको व्यापार नियमन गर्न कार्यान्वयनमा ल्याइएको साइटिस महासन्धिले सन् १९७७ देखि नै गैँडाको खाग ओसारपसारमा प्रतिबन्ध लगाएको छ । तर, प्रतिवन्धले पनि गैडाको चोरी शिकारी रोकिएको छैन । गैंडाको संरक्षणमा धेरै पहिलेदेखि नै पहल गरिदै आएको छ । जस अनुसार गैँडालाई एक ठाउँमा मात्रै जोगाएर राख्दा कुनै रोगव्याधि, बाढी वा चोरी सिकारका कारण विनास हुन सक्ने सम्भावना रहेकाले गैँडाको दोस्रो बासस्थान कायम गर्न सन् १९८६ देखि गैँडा स्थानान्तरण गर्न थालियो । खागका लागि विश्वभर दैनिक तीनवटा गैँडाको चोरी सिकार हुने गरेको छ । नेपालमा समेत सबैभन्दा बढी संख्यामा चोरी सिकार गरिने वन्यजन्तु गैँडा हो । गैँडा संरक्षणको चुनौतीहरूमा बासस्थानको क्षेत्रफल घट्दै जानु र उपलब्ध बासस्थानको उचित व्यवस्थापन नहुनु तथा मानव–गैँडा द्वन्द्व मूख्य रहेका छन । साबिकका घाँस मैदानहरू वन र झाडीमा रूपान्तरण भएका छन । रैथाने घाँसका प्रजातिहरू लोप हुँदै गएका छन । जसका कारण गैंडा बचाउन समस्या परेको छ ।

गैडा संरक्षणका लागि सरकारले प्रयोग गरेको तीनखम्बे संयन्त्र निकै प्रभावकारी देखिएको छ । निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गरी तीनखम्बे संयन्त्रले गैँडाको चोरी सिकार नियन्त्रण, यसको बासस्थानको व्यवस्थापन र गैँडाका कारण उत्पन्न हुने द्वन्द्व न्यूनीकरण तथा संरक्षणमा स्थानीय समुदायको सहभागिता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यो संयन्त्रलाई थप सहयोग पु¥याउन जिल्लास्तरमा वन्यजन्तु अपराध नियन्त्रण समिति गठन हुने गर्छ भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले समेत वन्यजन्तु अपराधका घटना हेर्ने व्यवस्था गरिएको छ । वन्यजन्तुसम्बद्ध अपराधीसमेत नेपाल प्रहरीको उच्च निगरानीमा रहने हुँदा पछिल्ला बर्षहरूमा गैँडाको चोरी सिकारमा संलनहरू पक्राउ पर्ने क्रम बढेको छ । फलस्वरूप पछिल्लो एक दशकमा छिटपुट घटनाबाहेक गैँडाको चोरी सिकार रोकिएको छ ।
नेपालले गैँडा संरक्षणमा विगत पाँच दशकदेखि उच्च प्राथमिकता दिँदै आएको भए पनि गैँडाको खागको अन्तर्राष्ट्रिय बजारमा हुने अवैध कारोबारका कारण यसको संरक्षण सधैँभर चुनौतीपूर्ण हुने देखिएको छ । सहरीकरण र खेतियोग्य जमिनको उपयोगमा आएको परिवर्तनका कारण गैँडाको विचरण क्षेत्र बर्सेनि साँघुरिँदै गएको छ । जसले गर्दा गैँडालाई मङ्सिरदेखि फागुनसम्मका चार महिना आहाराको कमी हँुदै गएको छ । चारैतर्फ निर्माण गरिएको तारबारका कारण गैंडा संकुचनमा पर्दै गएका छन । आहाराको अभावमा गैँडाको मृत्युदर बढ्दै जाने देखिएको छ । पूर्वी चितवनबाट गैँडाहरू पश्चिमतर्फ बसाइँ सर्दै जानु र गैँडाको मृत्युदर बढ्नुमा हिउँदमा गैँडालाई आहाराको कमी हुनु मुख्य कारक तत्व रहेको छ । अर्कोतर्फ गैँडाको मुख्य बासस्थान निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाँडिएको छ । यसले संरक्षणमा सहयोग पुगेको छ तर चोरी शिकारी नरोकिँदा गैडाको अस्तित्व संकटमा परेको छ । आगामी दिनमा गैंडाको संरक्षण गर्ने हो भने चोरी शिकारी नियन्त्रणमा सरकारको पहिलो ध्यान जानु जरूरी छ । चोरी शिकारी नियन्त्रणमा अहिलेसम्मको प्रयास काफी छैन । अतः गैंडाको बासस्थानको सुरक्षाका साथै उनीहरूको चरन क्षेत्र विस्तार गरेर गैंडाको संख्या बढाउनेतर्फ थप पहलको खाँचो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?