Butwal Today

कर्णाली सरकारले साउन १ गते बिदा दिने

३० असार २०८१, आइतबार
अ+
अ-

सुर्खेत, ३० असार ।

कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने भएको छ । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिइएको बताएको छ । ‘साउने सक्रान्ति तथा देउडा पर्वका अवरमा कर्णाली प्रदेश स्थित सम्पूर्ण सरकारी तथा सार्वजनिक संस्थाहरुमा बिदा दिने कर्णाली सरकारको २०८० वैशाख १७ गते बसेको मन्त्रीपरिषद्को बैठकबाट निर्णय भएको हुँदा सम्बन्धित सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ’ मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।