Butwal Today

मनसुनी रेखा नेपालबाट केही टाढा स-यो, अब ३ दिन वर्षा घट्ने सम्भावना

२९ असार २०८१, शनिबार
अ+
अ-

काठमाडौँ ।

आज (शनिबार) देखि मनसुनको सक्रिय केही कम भएको र वर्षाको मात्रा घट्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

गत बुधबार रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपालनजिकै आउँदा बिहीबार र शुक्रबार देशभर व्यापक वर्षा भएको थियो।

तर आजदेखि भने मनसुनको न्यून चापीय रेखा नेपालबाट केही तल सरेकाले वर्षाको मात्रा घट्ने सम्भावना देखिएको महाशाखाकी मौसमविद् बिनु महर्जनले बताइन्।

‘आजदेखि हिजोअस्तिको जस्तो धेरै ठूलो वर्षा हुँदैन’, मौसमविद् महर्जनले शनिबार दिउँसो नेपालखबरसँग भनिन्, ‘अब कम्तीमा ३ दिनलाई वर्षाको मात्रा अलि कम नै हुन्छ।’

तर आज कोसी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक÷दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको उनले बताइन्।  आज काठमाडौँ उपत्यकामा पनि घाम लागेको छ। ‘अपराह्नतिर बादल बढेर वर्षा हुने सम्भावना छ’, उनले भनिन्।