ट्रेंडिंग:

>> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने

दाङ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषित

२८ असार २०८१, शुक्रबार
२८ असार २०८१, शुक्रबार

दाङ, २८ असार ।

दाङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा भएको छ । जिल्लाका १० वटै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि आज जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषित गरिएको हो ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि ५९ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो । जिल्लाका सबै स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनका आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

जिल्ला खोप समन्वय समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी खोपको सुनिश्चिततासँगै यसको दीगोपनाका लागि सबै पक्षले काम गर्ने प्रतिवद्धतासहित घोषणा गरिएको हो । कार्यक्रममा स्वास्थ्यमन्त्री पुनले शिक्षा र स्वास्थ्य राज्यको पहिलो दायित्व भएको हुँदा सबैलाई यसको पहुँचमा पुर्याउने प्रयास जारी रहेको बताएका छन् ।

समुदायमा सामाजिक तथा चेतना जागरुकता अभावमा चुनौति रहेपनि दायित्व पूरा गर्न राज्य लागि परेको उनले बताए । हरेक सुचकांकमा लुम्बिनी प्रदेश पछि परेको हुँदा सुचकांक सुधारका लागि वृहत समीक्षा जरुरी रहेको उनको भनाई थियो । यसैगरी जिल्ला खोप समन्वय समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख शर्माले नेपाल सरकारले लिएको लक्ष्यलाई पूरा गर्न सबै तह र तप्का निरन्तर लाग्नुपर्ने बताए ।

स्वस्थ शरीर नै व्यस्त जनशक्तिको मुख्य आधार भएको भन्दै उनले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिन नेपाल सरकारले अघि सारेको अभियानलाई सबैले आत्मसात गर्नुपर्ने बताए । कार्यक्रममा स्वास्थ्य निर्देशनालय बुटवलका खोप फोकल कुमार थापाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना भएको प्रमाण पत्र पढेर सुनाउँदै स्वास्थ्यमन्त्री मार्फत जिल्ला खोप समन्वय समितिलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

जिल्लामा बिसिजी खोप कभरेज ९४.५ प्रतिशत, पेन्टाभ्यालेन्ट पहिलो कभरेज ९५ प्रतिशत, दादुरा रुबेला दोश्रो कभरेज १०५ प्रतिशत, पूर्ण खोप कभरेज १०५ प्रतिशत रहेको छ । स्वास्थ्य कार्यालयका अनुसार, १६ देखि ५९ महिनासम्मका शून्य डोज बच्चा १२ जना र १६ देखि ५९ महिनासम्मका ड्रप आउट बच्चा ७२ जना रहेका छन् । पालिकागत तथ्यांक अनुसार, यो वर्ष जिल्लाको घोराही उपमहानगरपालिकामा ७६ दशमलव ५ प्रतिशत, तुलसीपुर उपमहानगरपालिकामा ११३ दशमलव १ प्रतिशत, लमही नगरपालिकामा ११८ दशमलव ३ प्रतिशत, बंगलाचुली गाउँपालिकामा १०५ दशमलव ५ प्रतिशत, शान्तिनगर गाउँपालिकामा १०६ दशमलव ५ प्रतिशत खोप कभरेज भएको छ ।

यसैगरी, बबई गाउँपालिकामा ७३ दशमलव ८ प्रतिशत, दंगीशरण गाउँपालिकामा ९४ दशमलव ८ प्रतिशत, राप्ती गाउँपालिकामा १०८ दशमलव २ प्रतिशत, गढवा गाउँपालिकामा १०५ दशमलव ६ प्रतिशत र राजपुर गाउँपालिकामा ९० दशमलव ६ प्रतिशत खोप कभरेज भएको छ । सो अवसरमा, घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले मानिसले खुशी र समृद्धि चाहने हो भने स्वास्थ्यमा सुधार हुन जरुरी रहेको बताए । पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगको जोखिम डर लाग्दो अवस्थामा बढेको बताउँदै रोग पहिचानपछिको निदानमा राज्यले ध्यान दिन आवश्यक रहेको उनको भनाई थियो ।

दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले मानिसले आफ्नो शरीर स्वस्थ राख्न आनीबानी र जीवनशैलीमा ध्यान दिनु आवश्यक रहेको बताए । सरकारले अघि सारेको स्वास्थ्य नीतिलाई सबै पक्षबाट सहयोग हुनुपर्ने उनको भनाई थियो । दाङमा २०६९–०७० बाट यो अभियान थालनी भएपनि जिल्लालाई पहिलो पटक २०७४ पुस २३ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको थियो । स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण फोकल पर्सन कमल चन्दले गरेका थिए ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?