ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

किन आत्महत्या गर्दैछन् विद्यार्थीहरू ?

२८ असार २०८१, शुक्रबार
२८ असार २०८१, शुक्रबार

एसईईको नतिजा प्रकाशन भएको एकसाता नबित्दै असफल भएका परिक्षार्थीले आत्महत्या गरेको दुःखद समाचार सुन्नुपरेको छ । रूपन्देहीकै देवदहमा पनि दुईजना परिक्षार्थीले परीक्षामा फेल भएपछि आत्महत्याको बाटो रोजेको कुरा सार्वजनिक भयो । रूपन्देहीसंगै प्युठान, बाँके, धनगढी, भोजपुर लगायत स्थानका केही परिक्षार्थीले पनि असफल भएको भन्दै आत्महत्याको बाटो रोजे । कति बिडम्बना छ– परिक्षामा फेल भएकै नाममा आज आत्महत्या गर्न बाध्य भएका छन् हाम्रा विद्यार्थीहरू । हामीले कस्तो शिक्षा प्रणाली अपनायौं ? वास्तवमा नेपालको शिक्षा प्रणालीका बिषयमा गंभीर बन्नैपर्दछ । हामीले अवलम्बन गरेको शैक्षिक प्रणाली र व्यवस्थाको उपज उनीहरूको आत्महत्याको कारण बनेको छ । जीवनलाई उन्नत र सफल बनाउने भनिएको त्यही शिक्षा प्राप्तिकै दौरान आफ्नो अमूल्य जीवनलाई नै समाप्त पार्ने दुःखान्त बाटो रोजे उनीहरूले । उनीहरू त यो मानव समाजबाट सदाका लागि अस्ताइसके । तर, उनीहरूको अभावले आफ्ना प्रियजनलाई कति बिझेको होला ? कल्पना गर्न पनि सकिदैन् । अर्कोतर्फ परिक्षामा फिस तिर्न नसकेकै कारण पनि कतिपय विद्यार्थीहरूले आत्महत्याको बाटो रोज्न विवस छन । दैनिक ज्याला मजदुरी गर्ने उनीहरूको परिवार चरम गरिबीमा बाँचिरहेको छ । परिक्षामा असफल भएपछि मानसिक रूपमा विक्षिप्त भएका विद्यार्थीले आत्महत्याको बाटो रोज्न थाले । सरकार भने यसप्रति कहिलेपनि सम्बेदनशील बन्न सकेन । आत्महत्याको खबरले सवैलाई चिन्तित वनाएको छ । वास्तवमा यस प्रकारका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही हुनुपर्ने हो । सामाजिक सञ्जालमा पनि यस प्रकारका घटनाले खासै स्थान पाउन सकेनन् । किन यति गम्भीर विषयमा पनि हाम्रो सरकार, शिक्षा मन्त्रालय तथा सम्वन्धित शिक्षाका विज्ञहरू किन मौन छन् ? किन उनीहरूको हकहितमा राजनीति गर्ने भनिएका संगठन, राजनीतिक दलहरूलाई यस्ता घटनाले छुँदैन ? र, सबैभन्दा महत्वपूर्ण कुरा यस्ता गम्भीर घटनाले पनि हाम्रो शिक्षा प्रणालीलाई किन परिवर्तन गर्नेतर्फ घचघच्याउन सक्दैन ? सरकारले जवाफ दिनुपर्दछ ।

त्यसो त आत्महत्या गर्नेहरूमा धेरैजसो युवा विद्यार्थी तथा बालबालिकाको संख्या डरलाग्दो गरी बढेको छ । आत्महत्या गर्ने युवा युवतीहरू परिक्षामा असफल भएकै कारणमात्रै होइन, नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याँक अनुसार गत आर्थिक वर्षमा जम्मा ७१२ बालबालिकाले आत्महत्या गरेका थिए । जसमा चार सय ५६ बालिका र दुई सय ५६ बालक छन । यस तथ्यांकले बालकभन्दा बालिकाको आत्महत्या दर झन्डै दोब्बर देखाउँछ । बारम्बार दोहोरिइरहने यस्ता घटनाले पनि हुन सक्छ, आत्महत्याजस्तो गम्भीर विषय पनि सामान्यजस्तो लाग्न थालेको छ  । यति डरलाग्दो तथ्य दिनानुदिन सार्वजनिक भइरहँदा पनि यसबारे गतिलो अनुसन्धान भएको पाइँदैन । पछिल्लोसमय विद्यार्थी संगठनहरू विद्यार्थीको हक हित र अधिकारका सवालमा गंभीर बन्नै सकेका छैनन् । नेपाली समाजको यही विभेदकारी र शोषणमूलक चरित्र फेर्न २००७ सालदेखि अनेकौँ संघर्ष भए । यी सबै संघर्षमा तिनै विभेद र शोषण भत्काउने सपना बाँडिएको थियो । अफसोच खोलो त¥यो, लौरो बिस्र्यो भनेझैँ भएको छ । जसलेगर्दा यो राज्य व्यवस्थामा कैयौँ विद्यार्थीहरू आत्महत्या गर्न विवश छन । आत्महत्याको श्रृंखला बढ्दै गएपनि समाधानतर्फ भने प्रयास नहुनु चिन्ताको बिषय हो । आत्महत्याका घटनामा कमी हुने भनेको हाम्रो परिक्षा प्रणालीमा ब्यापक परिवर्तन र सुधारबाटै हो । तर, नेपालको शिक्षा क्षेत्र कहिल्यैपनि सुधारको बाटोमा अघि बढेन् । हरेक बर्ष परिक्षा प्रणालीमा परिवर्तन गरिन्छ तर स्थायित्व नै भएन । एसईईको परिक्षा प्रणाली परिवर्तन गर्दै कसैलाई पनि फेल नगराउने ग्रेडिङ सिस्टमको नीति बसेको हो तर अहिले पुनः परिवर्तन गरियो । अवको दिनमा परीक्षामा असफल भएकै कारण कोही पनि विद्यार्थीले आत्महत्याको बाटो रोज्नुपर्ने अवस्थाको अन्त्य गर्नेतर्फ प्रयास होस् । नेपाल सरकार यस बिषयमा गंभीर बन्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?