ट्रेंडिंग:

>> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो , कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति

टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता प्रजिना गुरुङ्ग घोषित

२६ असार २०८१, बुधबार
२६ असार २०८१, बुधबार

काठमाडौं, २६असार ।

ःनिर्भया फाउण्डेसनद्वारा आयोजित टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता घोषणा भएको छ । ‘वुमन ईन कन्सर्ट’ अत्याधिक रुचाईएको कार्यक्रम हो जहाँ महिला गायिका तथा संगीतकारहरुलाई सशक्त बनाईन्छ । यो वर्ष प्रजिना गुरुङ्गले शीर्ष उपाधि हात पारेकी छन् । उनले टीभीएस एनटर्क १२५ सँगै नगद रु १ लाख जितेकी छन् भने निर्भया फाउण्डेसनको वूमन ईन कन्सर्टसँग दुई गीत, एक म्युजिक भिडियो र एक वर्षको सम्झौता गरेकी छन् ।

त्यसैगरी उक्त प्रतियोगितामा रिदम राईले दोश्रो स्थान प्राप्त गरेका छन् भने सुजिता डङ्गोल तेश्रो भएकी छन् ।

वूमन ईन कन्सर्ट २०२४ को शीर्ष प्रायोजक र मुख्य लगानीकर्ताको रूपमा रहेको टीभीएस एनटर्कले उदियमान महिला कलाकारहरूलाई प्रवद्र्धन गर्ने, उनीहरुलाई प्लेटफर्म प्रदान गर्ने समर्थन गर्न प्रतिबद्ध छ । टीभीएस र वूमनईन कन्सर्टको यो सहकार्यले कम्पनीको संगीतमा महिलाहरूका लागि सुरक्षित ठाउँ र समान अवसरहरू सिर्जना गर्न प्रतिबद्धतालाई जोड दिएको छ ।

रक ब्यान्ड अभया र स्टीम इन्जिनका प्रख्यात गायिका तथा गीतकार अभया सुब्बाद्वारा स्थापना गरिएको वूमन ईन कन्सट, सन् २००३ मा स्थापना भएदेखि नै महिला संगीतकारहरूको लागि काम गर्दै आएको छ ।

काठमाडौं वल्र्ड स्कुलमा आयोजित यस वर्षको कार्यक्रममा १ हजार भन्दा बढी सहभागीहरूको उत्साहजनक सहभागिता थियो, सबैले संगीतको माध्यमबाट महिला सशक्तिकरणको भावना मनाउन एकसाथ आएका थिए ।

यो ट्यालेन्ट हन्टको दोश्रो संस्करण हो जहाँ महिला संगीतकार तथा गायिकाहरुलाई तीन महिनाको बृहत् प्रशिक्षण दिँदै उनीहरुलाई संगीत उद्योगमा फस्टाउन आवश्यक सीप र आत्मविश्वास प्रदान गरिन्छ ।

टीभीएसले महिला सशक्तिकरणका पहलहरूलाई सधैं समर्थन गर्दै आएको छ र भविष्यमा पनि यस्ता पहलहरूलाई समर्थन गर्न तत्पर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?