ट्रेंडिंग:

>> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग 

केरवानी स्वास्थ्य चौकी बन्यो देवदहको पहिलो किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था

२५ असार २०८१, मंगलवार
२५ असार २०८१, मंगलवार

देवदह, २५ असार ।

देवदह नगरपालिका वडा नं २ मा अवस्थित केरवानी स्वास्थ्य चौकीलाई किशोर–किशोरीमैत्री स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्था घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमबीच देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेल र उप–प्रमुख विद्यालक्ष्मी गुरुङ्गले संयुक्त रूपमा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्था घोषणा भएको प्रमाण पत्र स्वास्थ्य चौकीलाई प्रदान गरे ।

घोषणासंगै केरवानी स्वास्थ्य चौकी देवदहको पहिलो किशोर–किशोरीमैत्री स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्था बनेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र देवदह नगरपालिकाको अनुगमनमा संस्थाले आवश्यक सबै मापदण्ड पुरा गरेको देखिएको हुनाले प्रमाण–पत्र प्रदान गरिएको नगर प्रमुख ध्रुवप्रसाद खरेलले बताए । किशोर–किशोरीमैत्री स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्था घोषणा हुन आवश्यक मापदण्डको ८० प्रतिशत मात्रै मापदण्ड पुरा गरेको अवस्थामा प्रमाणपत्र दिन सकिने भएपनि केरवानी स्वास्थ्य चौकीले ९७.७७ प्रतिशत मापदण्ड पुरा गरेकोले यसलाई स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्था घोषणा गरिएको नगर प्रमुख विद्यालक्ष्मी गुरुङले बताइन् ।

स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री स्वास्थ्य सेवायुक्त हुनको लागि किशोरकिशोरीलाई जाँच गर्ने अलग्गै कक्ष लगायतका मापदण्ड पुरा गरिएको हुनुपर्छ । जसमा उनीहरूको गोपनीयतालाई ख्याल गरिनुपर्ने लगायतका शर्त राखिएको हुन्छ ।

वि. सं. २०५९ सालमा उपस्वास्थ्य चौकीको रूपमा स्थापना भएको केरवानी स्वास्थ्य चौकी २०७१ सालदेखि स्वास्थ्य चौकीको रूपमा संचालित छ ।

स्वास्थ्य चौकीमा नियमित विरामी जाँचसंगै समुदायमा आधारित नवजात तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच, सुत्केरी महिलाको जाँच, प्रयोगशाला लगातका सेवा दिंदै आएको प्रमुख काशीनाथ रेग्मीले जानकारी दिए ।

गतवर्ष ७ हजार बढी विरामीलाई सेवा दिएको स्वास्थ्य चौकीले यो वर्ष ८ हजार जनाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएको छ ।

स्वास्थ्य चौकीलाई किशोर–किशोरीमैत्री स्वास्थ्य सेवायुक्त स्वास्थ्य संस्था घोषणा गर्ने कार्यक्रममा देवदह नगरपालिका वडा नं २ का वडा अध्यक्ष दलबहादुर राकस्कोटी, कार्यपालिका सदस्य गीता भण्डारी, वडा सदस्यहरू, नगर स्वास्स्थ्य शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?