ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

साम्राज्यवादीहरूद्वारा नेपाललाई युद्ध अखडा बनाउने प्रयास

२५ असार २०८१, मंगलवार
२५ असार २०८१, मंगलवार

सर्वोच्च अदालतले राष्ट्रको हित विपरित हुन्छ भनी गत माघ २४ गते खारेज गरिदिएको गिरीबन्धु टी स्टेट सम्बन्धी जग्गा घोटाला प्रकरण फेरि नयाँ रूपमा उठान हुने सम्भावना छ । केपी शर्मा ओलीको तत्कालीन सरकारले सो जग्गा साटफेर गरेर बिक्री वितरण गर्न पाउने प्रावधान राखी सरकारको निर्णयको नाममा चलखेल गर्दा सर्वोच्चको फैसलाले त्यसमा रोक लगाएपछि अब नयाँ रूपबाट फेरि अर्को चलखेल सुरु हुन थालेको छ । सुन्नमा आए अनुसार चर्को दबाबमा परेर वर्तमान सरकारले सर्वोच्चको फैसलालाई नै माथ गर्ने गरी फेरि एकाएक अध्यादेश जारी गर्दे नयाँ तरिकाबाट सो जग्गा बेच्ने राष्ट्रको हित विपरित काम हुन थालेको छ । अध्यादेशबाट मनपरी भित्र्याउने आजको मूल राष्ट्रिय चिन्ता सबै सरकारका कुर्कमका परिणाम आज देशले अनेक समस्या भोग्नु परिरहेको छ । संसद्मा विधिवत् रूपमा लैजादा फिर्ता हुने डरले चोरबाटोबाट काम फत्ते गर्ने शासकहरूको यस किसिमको कानुनी डकैतीका विरुद्ध अब आम नागरिक सडकमा नओर्लने हो भने देश बर्बाद छ । राज्यका शासकहरू ने भ्रष्ट भएपछि भ्रष्टहरूलाई तह लगाउन सचेत जनता सडकमा ओर्लनुको विकल्प हुँदैन । सीमित नेताहरूको स्वार्थसिद्धिका लागि यस किसिमका हर्कतहरू लगातार हुन थालेपछि यी घिनौना असंगतिहरूको निरन्तरताले भोलिका दिनमा यो देशको हविगत कस्तो होला ? सबैले गम्भीर भएर सोच्नुपर्ने भएको छ । सत्तासीन तथा उनका आसेपासेबाट राष्ट्रको हित विपरीत गरिने यस्ता हर्कतलाई बेलैमाथि रोकेर असफल गराउन सकेनौं भने भोलीको पुस्ताले हामीलाई पनि देशमा जे हुन लाग्दा पनि चुपचाप रमिते भएर बस्ने नालायक, नीच, पापी र कालो कलंंकको रूपमा मूल्यांकन गर्नेछन् । तसर्थ कमसेकम सामन्ती राजाले आफ्नो शासनकालमा थोरै मात्र सुधार ल्याउनको लागि भएपनि जमिन्दारहरूको हदबन्दीभन्दा वढी जग्गा खोसेर चियावगान बनाई कृषिलाई उद्योगमा रूपान्तरण गर्दा आफूलाई क्रान्तिकारी पाटीका नेता भन्नेहरूले त्यसलाई बेचेर आफ्ना खोल्टी भर्न मरिहत्ते गरिरहेको अवस्था छ । यसको निम्ति उनीहरू अनेक उपायको खोजीमा छन् । उनीहरूको यो दाउलाई कुनैपनि हालतमा सफल पार्न दिनु हुदैन भन्ने पंक्तिकारको बिनम्र आग्रह छ । यो त भयो देश भित्रबाट उत्पन्न समस्या । देश बाहिरबाट यो परिस्थितिमा अर्को समस्या माथि पनि विचार गर्ने हो भने देशमा धेरै डरलाग्दो अर्को समस्याबाट गुज्रिन बाध्य भैरहेको छ । अदूरदर्शी नेताहरूका भ्रष्ट व्रिmयाकलापका कारण नेपालको आफ्नै आन्तरिक समस्याहरूले जटिलता ग्रहण गर्दै गइरहेको बेला बाहिरबाट थोपरिन थालेका थप जटिल समस्याले देश आक्रान्त अवस्थामा छ । त्यो हो नेपालमा विदेशीहरूको बढ्दो प्रभाव र संख्या । एकातिर भारतीयहरू जताहे¥यो उतै छयाप्छ्याप्ति छन। भने अर्कोतिर अमेरिका, दक्षिण कोरिया र युरोपेली युनियनको फण्डिङबाट चलेका विभिन्न नामधारी व्रिmस्चियन मिसनरीहरू विभिन्न रूपबाट देशका कुना कुनामा छयापछ्याप्ति फैलिएका छन् । मानिसहरू आफ्नै विवेकले जुनसुकै धर्म अपनाउन सक्दछन्, यो उनीहरूको वैयक्तिक स्वतन्त्रता हो । कुनैपनि व्यक्तिले धर्म मान्न पनि सक्छ, नमान्न पनि सक्छ र जुनसुकै धर्ममा आफ्नो आस्था राख्न र नराख्न सक्छ । यसमा कसैले कसैलाई हस्तक्षेप गर्ने कुरो आउँदैन । तर, विदेशीको पैसा खाएर देशभित्र संगठित रूपमा धर्म परिवर्तन गराउदै हिड्नुलाई जायज मान्न सकिदैन । अहिले देशमा जताततै आर्थिक अवस्थाबाट विभिन्न समस्याले थिल्चिएका गरीबहरूलाई केही रकम दिएर उनीहरूले परम्परादेखि मान्दै आएका आफ्ना धर्म परम्पराहरू परिवर्तन गराई किस्चियन वनाउने जोडदार प्रयास भैरहेको देखिन्छ । यसैगरी दीर्घरोगी विरामीहरूलाई इसाई धर्म स्वीकार गर्ने हो भने यसुले यो रोगबाट तुरुन्तै छुटकारा दिनु हुन्छ भन्दै इसाई पास्टरहरू विरामीहरूलाई झारफुक गर्न दौडादौड गरिरहेको पनि देखिदैछ । साथै केही शिक्षकहरूलाई पकेट खर्च दिएर उनीहरूलाई आफ्नो अभियानमा हिडाइरहेको अवस्था पनि व्यापक छ । हो यस देशका जनता दुःख, अभाव, भोक, रोग, अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडनबाट चरम अवस्थामा पिल्सिएका छन् । यस अवस्थामा ती जनतालाई साथ दिन सर्वप्रथम उनीहरूको अधिकार र अवस्थाको वारेमा सही कुरा बोध गराउनु पर्दछ । आफूमाथि आइलागेका विपत्तिका कारणहरू के हुन् र त्यो विपत्तिसित जुध्न उनीहरूको कर्तव्य के हो ? यस बारेमा सही प्रशिक्षण दिइनुपर्दछ । आम जनतामा सुख शान्ति र अमन चैन कायम राख्न यो पूँजीवादी व्यवस्था असफल भएको बेला धर्मको विवादले समाजमा गम्भीर आन्तरिक संघर्ष तथा कलहको स्थिति उत्पन्न हुने छ । यो देशको गरिबी तथा यहाँका जतनामाथि भैरहेका अमानवीय क्रियाकलापको कारण यहाँको कुशासन हो । यो कुशासनलाई अन्त्य गरी जनताको जनवादी गणतन्त्र ल्याएमा मात्र पीडित जनताले मुक्तिको सास फेर्न पाउनेछन् । जनतालाई तमाम किसिमका समस्या, आपतबिपत् र अन्याय अत्याचारबाट मुक्ति न येशुले दिन सक्छन् न त कुनै राम, कृष्ण, शिव, देवी, परमेश्वर परमेश्वरीले । जनतालाई दुःखबाट मुक्ति दिलाउने शक्ति जनतामै छ भन्नेतर्फ घोरिएर विचार गरी जनतालाई राजनीतिक रूपमा सचेत गराउनुपर्दछ । जनतालाई अन्धविश्वासमा पारी आफूले गलत श्रोतबाट पैसा बुझ्नु निन्दनीय अपराध हो । आज धर्म परिवर्तन गराउने नाममा जे जस्ता अपराध कर्म भैरहेका छन् । त्यसलाई रोक्नैपर्छ र नियन्त्रणमा लिनै पर्दछ । साथै लोकतन्त्रको खोल ओढेर आएको यो लूटतन्त्रको विकल्पमा अब जनतालाई जनवादी गणतन्त्रको निम्ति प्रशिक्षित र संगठित गर्नुृपर्दछ । हाम्रो देशमा धर्म परिवर्तन गराउनेको विगविगीको चर्चा गर्दा अहिले भारतको पूर्वोतिर राज्यका विभिन्न ठाउँहरूमा भैरहेका सांप्रदायिक हिंसाहरूको प्रसंग पनि उठाउन सकिन्छ । अहिले भारतको त्रिपुरा राज्य लगायत पूर्वोत्तरका विभिन्न जिल्लाहरू इसाइ र हिन्दू धार्मिक सम्प्रदाय बीचको द्वन्द्वले त्यहाँ आगो बलेको छ । त्यहाँको अनुभवबाट हामीले सही शिक्षा लिन सकेनौं भने भोलि त्यो आगो यहाँ पनि दन्किने छ । त्यसैले अहिले हाम्रो देश हाम्रा दुराचारी नेताहरूको खराब आचरणबाट जुन किसिमको उकुस तथा असमञ्जसताको वातावरणबाट गुज्रिरहेको छ, त्यसलाई ध्यानमा राखेर मौकामा चौका दाऊ हान्न खोज्ने विदेशीहरूको व्यापक चलखेलको वास्तविकतालाई जनताका सामु यथार्थ रूपमा राखिदिनु पर्दछ र उनीहरूको नियत के हो ? यस सम्बन्धमा जनतालाई सही कुरा बुझाउनु पर्दछ । आफू सत्तामा जान पाए र सत्तामा टिकिरहन पाए अरू सबै कुराहरू भाँडमा जाऊन भन्ने हाम्रा नेताहरूको चरित्र तथा उनको अभिप्रायलाई चिरेर देशमा आउन सक्ने आसन्न संकटका बारेमा सम्पूर्ण नेपालीलाई बेलैमा सुसूचित गर्नुृ हाम्रो कर्तव्य हो । हामीमा त्योे कर्तव्यबाट बिचलन आउनु हुँदैन । यसै मेसोमा एकपटक इतिहासतिर फर्केर हेर्ने हो भने विगत २०३१ श्रावण १७ गते देखि खम्पा विद्रोही माथि कारवाही गर्ने व्रmममा नेपाल प्रहरी र नेपाली सेनाले उनीहरूसित ठूलो परिमाणमा अमेरिकाबाट आयातित आधुनिक हतियार र खरखजानाका साथै वायरलेस सेटहरू पनि बारमद गरेका थिए । खम्पा शिविरहरूमा सैन्यतालिम दिने गरिएको सूचना नेपाल प्रहरीले पाएपछि शरणार्थीको रूपमा नेपालमा आश्रय लिइरहेका खम्पाहरू अमेरिकाको उक्साहरूमा नेपालभित्रबाट चीनतर्फ आक्रमण गर्ने जुन रणनीति अख्तियार गर्दै थिए त्यसलाई हाम्रा सुरक्षा निकायहरूले असफल बनाएर देशलाई द्वन्द्वको चपेटोबाट जोगाएका थिए । आज पुनः अमेरिका र युरोपेली युनियन एमसीसी र धर्मको नाममा नेपाललाई अप्ठेरो पार्दैछन् । सचेत बनौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?